मुख्य समाचार
जोकोभिच विम्बल्डनको अन्तिम १६ मा
जोकोभिच विम्बल्डनको अन्तिम १६ मा

। सर्बियाका स्टार टेनिस खेलाडी नोभाक जोकोभिचले रोजर फेडेरेरको विम्बल्डन पुरुष एकलमा सर्वाधिक जितको कीर्तिमान बराबरी गर्दै प्रतियोगिताको अन्तिम १६ मा स्थान बनाएका छन् ।

सात पटकका विम्बल्डन च्याम्पियन जोकोभिचले फ्रान्सका आर्थर रिन्डरक्नेखलाई कडा प्रतिस्पर्धामा पराजित गर्दै चौथो चरणमा प्रवेश गरेका हुन् । जोकोभिच ७-५, ६-४, १-६ र ७-६(७-४) ले विजयी भए ।

यस जितसँगै उनले विम्बल्डनमा पुरुष एकलतर्फ १०५ औं जित दर्ता गर्दै स्विट्जरल्यान्डका रोजर फेडेरेरको कीर्तिमान बराबरी गरेका छन् । अब अर्को खेल जित्न सके जोकोभिच १०६ जितसहित विम्बल्डन पुरुष एकल इतिहासकै सर्वाधिक खेल जित्ने खेलाडी बन्नेछन् ।

खेलपछि प्रतिक्रिया दिँदै जोकोभिचले अन्त्यमा जित निकाल्न सीपसँगै केही भाग्यको पनि साथ आवश्यक परेको बताए । ‘अन्त्यमा केही भाग्य र केही सीप दुवै चाहियो। टाइब्रेकरमा मैले लगभग त्रुटिरहित खेलें। नियन्त्रणमा रहेका सबै पक्षमा आफूले सक्दो राम्रो प्रदर्शन गरें,’ उनले भने ।

जोकोभिचले अधिकांश समय आफ्नो सर्भ उत्कृष्ट रहेको उल्लेख गर्दै टाइब्रेकरमा केही कठिनाइ भए पनि त्यसको श्रेय प्रतिद्वन्द्वीको प्रदर्शनलाई दिए । ‘उनी निकै अग्ला छन्, उत्कृष्ट सर्भ गर्छन् र आजको प्रदर्शनका लागि प्रशंसाका हकदार छन्’ उनले भने ।

रिन्डरक्नेखलाई पहिलो पटक सामना गरेका जोकोभिचले ठूलो मञ्चमा प्रतिद्वन्द्वी सहज हुने खेलाडी रहेको आफूलाई थाहा भएको बताए ।

जोकोभिचले क्वाटरफाइनल प्रवेशका लागि रसियाका रोमान साफुलिनसँग खेल्ने छन् ।

आजै भएको अर्को खेलमा साविक विजेता यानिक सिनरले अमेरिकी खेलाडी जेन्सन ब्रुक्सबीलाई ६-४, ६-३ र ६-४ को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को खेलहरु सकिएको छ। यो सँगै २३ औं संस्करणको विश्वकपले आफ्नो अन्तिम १६ टोली पाएको छ। अन्तिम १६ का खेलहरु शनिबार रातीबाट सुरु हुँदैछन्। शनिबार बिहान भएको कोलम्बिया र घानाको खेल राउन्ड अफ ३२ को अन्तिम खेल थियो। जसमा कोलम्बियाले घानालाई १–० ले पराजित गरेको हो। शनिबार ...
। कोलम्बिया फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा शनिबार बिहान भएको खेलमा घानालाई १–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो । कोलम्बियाको जितमा जोन एरियासले निर्णायक गोल गरे । जोनले खेलको १४औं मिनेटमा लुइस स्वारेजको पासमा गोल गरेका थिए । योसँगै अन्तिम १६ मा पुग्ने ...
। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले केप भर्डेलाई राम्रोसँग दबाबमा राख्न नसकेको बताएका छन् । फिफा विश्वकप २०२६ को शनिबार बिहान भएको खेलमा कठिन जित निकालेपछि कप्तान मेसीले खेलमा तालमेल बिग्रिएको बताएका हुन् । ‘मलाई लाग्छ हामीले उनीहरूलाई राम्रोसँग दबाबमा राख्न सकेनौँ । कतिपय अवस्थामा हाम्रा खेलाडीहरू बीचको दूरी अलि बढी नै थियो । जब हामी डिफेन्सिभ पिभोटबाट ...
। अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले केप भर्डेले आफु एक उत्कृष्ट टोली भएको प्रमाणित गरेको बताएका छन् । फिफा विश्वकप २०२६ को शनिबार बिहान भएको खेलपछि प्रशिक्षक स्कालोनीले केप भर्डे एक उत्कृष्ट टोली रहेको बताएका हुन् । उक्त खेलमा अर्जेन्टिनाले केप भर्डेलाई ३–२ को संघर्षपूर्ण जित निकालेको थियो । ‘निक्कै कठिन खेल, तर तपाईंले सधैँ सकारात्मक पक्षहरूमा ...
। केप भर्डेका प्रशिक्षक बुबिस्टाले विश्वकपमा आफुहरुले पहिचान देखाएको बताएका छन् । फिफा विश्वकप २०२६ मा साविक विजेता अर्जेन्टिनाविरुद्ध प्रदर्शन गरेपछि बुबिस्टाले खेलाडीहरुबाट विश्वकपमा गौरव र मर्यादित प्रदर्शन गरेको बताएका हुन् । ‘हाम्रा खेलाडीहरू जसले विश्वकपमा गौरव र मर्यादित प्रदर्शन गरे । हामीले आफ्नो पहिचान देखायौँ,’ उनले भने । पहिलोपटक विश्वकप खेलेको केप भर्डेले दुईपटकको विश्वविजेता उरुग्वे, सन् ...