मुख्य समाचार
विश्वकप २०२६ मा खराब प्रदर्शन गरेपछि जर्मनीका प्रशिक्षक जुलियन नागेल्सम्यानले पदबाट राजीनामा दिए
विश्वकप २०२६ मा खराब प्रदर्शन गरेपछि जर्मनीका प्रशिक्षक जुलियन नागेल्सम्यानले पदबाट राजीनामा दिए

। फिफा विश्वकप २०२६ मा खराब प्रदर्शन गरेपछि जर्मनीका प्रशिक्षक जुलियन नागेल्सम्यानले पदबाट राजीनामा दिएका छन् । विश्वकपबाट बाहिरिएपछि उनले एक विज्ञप्ती जारी गर्दै पद छाडेको घोषणा गरेका हुन् ।

जर्मनी राउन्ड अफ ३२ मा पाराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । समूह चरणमा कुरासाओलाई ७–१ र आइभरी कोष्टलार्य २–१ ले पराजित गरेको जर्मनी इक्वेडरसँग २–१ ले पराजित भएको थियो ।

उनले एक विज्ञप्तिमा भनेका छन, ‘प्रतियोगिताबाट बाहिरिएपछिका दिनहरूमा मैले धेरै सोचविचार गरेँ र व्यक्तिगत रूपमा तथा महासंघभित्रका आफ्ना विश्वसनीय व्यक्तिहरूसँग परामर्श गरेँ । यो निर्णय मेरा लागि कत्ति पनि सजिलो थिएन । मेरो मुख्य प्राथमिकता सधैं टोलीको सफलता नै रह्यो । यस्तो तितो निराशापछि, उनीहरू (खेलाडीहरू) नयाँ सुरुवातको अवसर पाउन योग्य छन् ।’

उनी विश्वकपबाट बाहिरिएपछि राजीनामा दिने छैटौं प्रशिक्षक हुन् । नागेल्सम्यान सेप्टेम्बर २०२३ मा हान्सी फ्लिकको उत्तराधिकारीका रूपमा जर्मनीको प्रशिक्षक बनेका थिए । उनले जर्मनीलाई आफ्नै देशमा भएको यूईएफए यूरो २०२४ को क्वार्टरफाइनल र २०२५ को यूईएफए नेसन्स लिगको सेमिफाइनलसम्म पु¥याएका थिए । नागेल्सम्यानसँगै उनका सहायकहरू बेन्जामिन ग्लक र बेन्जामिन ह्युब्नरले पनि टोली छाड्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम