मुख्य समाचार
इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको सातदिने अन्त्येष्टि प्रक्रिया तेहरानमा सुरु
इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको सातदिने अन्त्येष्टि प्रक्रिया तेहरानमा सुरु

: अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा परी गत फेब्रुअरी २८ मा मारिएका इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको सातदिने अन्त्येष्टि प्रक्रिया शुक्रबारदेखि तेहरानमा सुरु भएको छ। अन्त्येष्टि तथा शोकसभामा सहभागी हुन विश्वका १०० भन्दा बढी देशका राष्ट्रप्रमुख तथा उच्च कूटनीतिक प्रतिनिधिहरू इरान आइपुगेका छन्।

खामेनीको कफिनमा श्रद्धाञ्जली दिन पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ, सेनाप्रमुख आसिम मुनिर, साउदी अरेबियाका उपपरराष्ट्रमन्त्री वालिद अल–खुरैजी र अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकी तेहरान पुगेका छन्। सोही आक्रमणमा ज्यान गुमाएका खामेनीकी छोरी, बुहारी, ज्वाइँ र ३ वर्षीया नातिनीको शव पनि सँगै राखिएको छ। इरान र इराकका विभिन्न धार्मिक सहरहरू हुँदै आगामी ९ जुलाईमा खामेनीको जन्मस्थान मशहदमा अन्तिम संस्कार गरिनेछ।तनावपूर्ण क्षेत्रीय परिस्थितिका बीच इरानी अधिकारीहरूले कडा राजनीतिक र सैन्य सन्देशहरू जारी गरेका छन्।

इरानी संसद्का सभामुख तथा मुख्य वार्ताकार मोहम्मद बगेर गालिबाफले युद्ध अन्त्य गर्ने प्रतिबद्धताहरू पालना नभए कडा कदम चाल्ने चेतावनी दिएका छन्। ‘हामी सम्झौताहरूको पूर्ण कार्यान्वयनको जोडदार माग गर्दछौं, यदि अमेरिका र जियोनिस्ट शासक आफ्ना प्रतिबद्धताहरू पूरा गर्न असफल भएमा इरानले पुनः जवाफी कारबाही सुरु गर्नेछ,’ उनको भनाइ थियो।



सैन्य कमान्डरहरूले पनि बदला लिने संकल्प दोहो¥याएका छन्। इरानी सशस्त्र बलका कमान्डर–इन्–चिफ मेजर–जनरल अमिर हातामीले समारोहका क्रममा भने, ‘हामी इरानी राष्ट्रका शत्रुहरू—अमेरिका र अपराधी जियोनिस्ट शासनलाई अझ दृढ संकल्पका साथ यो घोषणा गर्दछौं कि, हामी हाम्रा सहिद नेता खामेनीको रगतको बदला लिनेछौं’ उनले भनेका छन्।

विश्लेषकहरूका अनुसार यो आक्रमणले इरानभित्रको आन्तरिक राजनीतिक समीकरण बदलिदिएको छ। सरकार विरोधी प्रदर्शनकारीहरूलाई पनि राष्ट्रिय झण्डामुनि ल्याएको छ। सेन्टर फर मिडल इस्ट स्ट्रेटेजिक स्टडिजका वरिष्ठ अनुसन्धानकर्ता अबास असलानीले अल जजिरासँग कुरा गर्दै भनेका छन्, ‘अमेरिका र इजरायलले जे गरे, त्यो उनीहरूका लागि प्रत्युत्पादक भयो। उनीहरू देशमा सत्ता परिवर्तन चाहन्थे, तर जे भयो त्यसले उल्टै राष्ट्रिय एकताको लहर पैदा गरिदियो।’

तर, इरानको थिलथिलो भएको अर्थतन्त्रका बीच सर्वसाधारण नागरिकको एक तप्का भने यो भव्य समारोहप्रति असन्तुष्ट देखिन्छ। तेहरानका एक ३८ वर्षीय भिजुअल आर्टिस्ट काभेहले आफ्नो आक्रोश पोख्दै भने, ‘यो समारोहले सर्वसाधारणका लागि निराशाबाहेक केही ल्याएको छैन। भूकम्प वा बाढीजस्ता वास्तविक संकटका बेला कहिल्यै यस्ता सुविधाहरू दिइएनन्। युद्धपछिको ध्वस्त अर्थतन्त्रमा जनताकै पैसा एक तानाशाहको खर्चिलो प्रचारमा उडाइँदै छ।’

यसैबीच, हर्मुज जलडमरुमा व्यापारिक जहाजहरूको आवागमनमा केही सुधार देखिए पनि अमेरिका–इरान दीर्घकालीन सम्झौताबिना यो सुरक्षा स्थायी नहुने सैन्य विश्लेषकहरूले चेतावनी दिएका छन्। अर्कोतर्फ, इजरायलले लेबनान र गाजामा युद्धविरामका बाबजुद
दैनिक रूपमा सम्झौता उल्लंघन गर्दै आक्रमण जारी राखेको छ, जसका कारण हजारौं सर्वसाधारण नागरिक मारिएका छन् र ठूलो मानवीय संकट उत्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम