मुख्य समाचार
वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न सरकारले कारबाहीलाई तीव्र
वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न सरकारले कारबाहीलाई तीव्र

। वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न सरकारले कारबाहीलाई तीव्र बनाएको छ । वैदेशिक रोजगार विभागले एकैदिन २५ वटा नयाँ मुद्दा दर्ता गर्दै १९ जना फरार अभियुक्तविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

विभागका अनुसार वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा आज मात्रै ८ जना अभियुक्तलाई पक्राउ गरी अनुसन्धानका लागि उपस्थित गराइएको छ । फरार रहेका अन्य १९ जनाविरुद्ध पक्राउ पूर्जी जारी गर्दै खोजी कार्यलाई समेत तीव्र बनाइएको विभागले जनाएको छ ।

म्यानपावर कम्पनीहरूको गतिविधिमाथि पनि विभागले निगरानी बढाएको छ । संस्था अनुगमन शाखाले विभिन्न विषयमा ३ वटा म्यानपावर कम्पनीलाई स्पष्टीकरण तथा आवश्यक पत्राचार गरेको छ । साथै, ४७ वटा म्यानपावर कम्पनी र ७ वटा पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी) प्रदायक संस्थाको नवीकरण गरिएको छ ।

ठगी तथा समस्यामा परेका श्रमिकको उद्दार र न्यायका लागि पनि विभाग सक्रिय देखिएको छ । विभागले एकैदिन २ जना श्रमिकको उद्दार गरेको, ५ वटा उजुरी फस्र्योट गरेको तथा विदेशमा रहेका श्रमिकका लागि सम्झौताअनुसार सेवा–सुविधा उपलब्ध गराउने सम्बन्धमा २ वटा प्रतिबद्धता प्राप्त गरेको जनाएको छ । त्यस्तै, ८ पटक दुईपक्षीय छलफल गरी एक जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराइएको छ ।

श्रमिकका गुनासो सम्बोधनमा पनि विभागले चासो देखाएको छ । ‘हेलो सरकार’ मार्फत प्राप्त ९ वटा गुनासोमध्ये ५ वटाको समाधान गरिएको दाबी गरेको छ । विभागको कल सेन्टरमा दर्ता भएका ४६ गुनासोमध्ये ४४ वटाको तत्काल सम्बोधन गरिएको विभागले जानकारी दिएको छ ।

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन ठगीमा संलग्न व्यक्ति वा संस्थामाथि कानुनअनुसार कडा कारबाही जारी रहने स्पष्ट पारेको छ । विभागले वैदेशिक रोजगारीका नाममा श्रमिक ठग्ने जोकोहीलाई कानुनको दायरामा ल्याइने चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सिरहाका विभिन्न सीमावर्ती क्षेत्रबाट अवैध सामानहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छलेर भित्र्याइँदै गरेका र भारततर्फ लैजाँदै गरिएका करिब ११ लाख १० हजार ४२५ बराबरका मोटरसाइकल, किराना सामान र मदिरा सशस्त्र प्रहरीले बरामद गरेको हो । शुक्रबार मात्र न. ७ गण हेडक्वार्टर सिरहाले शुक्रबार जिल्लाका विभिन्न सीमा क्षेत्रमा सञ्चालन गरेको गस्ती तथा निगरानीका ...
। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली नदीमा खसेको गाडी र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालले विशेष उपकरणसहित थप गोताखोर टोली परिचालन गरेको छ । सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको कमाण्डमा चार सदस्यीय गोताखोर टोली शुक्रबार घटनास्थलतर्फ पठाइएको हो। टोलीले आज शनिबार घटनास्थल पुगेर खोजी ...
: विगतमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलो भ्रमण चर्चामा रहन्थ्यो, कूटनीतिका बाँकी सबै काम ओझेलमा रहन्थे। प्रधानमन्त्री वालेन्द्र शाहले विगतको परम्परा तोडेका छन्। छिमेकी भारतको भ्रमणका लागि विभिन्न चरणमा तयारी भए पनि भ्रमणको अझै टुंगो लाग्न सकेको छैन। परराष्ट्रमन्त्री शिशिर खनालले भारत र चीनको भ्रमण गरे। उनले उच्चस्तरीय संवादलाई तीव्र बनाउनुका साथै लगानी, व्यापार, प्रविधि र ऊर्जा ...
: पछिल्लो २४ घण्टामा दुई हजार ४२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १३ लाख ३३ हजार राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ५६,नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२१, सङ्केत बत्ती उल्लङ्घनकर्ता ८७ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १७३ जनालाई कारबाही गरिएको हो । यसैगरी,‘लेन’अनुशासन पालना ...
। नेपाल डेरी एशोसिएसनले दुग्धजन्य पदार्थमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन सरकारसँग माग गरेको छ । भ्याटका कारण डेरी उद्योगको उत्पादन लागत बढेको, बजारमा स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनेको तथा त्यसको प्रत्यक्ष असर दुग्ध उत्पादक किसान र उपभोक्तामा परेको भन्दै एशोसिएसनले कर नीति पुनरावलोकन गर्न आग्रह गरेको हो । बुटवलमा सम्पन्न एशोसिएसनको तेस्रो ...