मुख्य समाचार
गृहमन्त्री सुधन गुरुङ गएराति अबेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षणमा पुगे
गृहमन्त्री सुधन गुरुङ गएराति अबेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षणमा पुगे

: गृहमन्त्री सुधन गुरुङ गएराति अबेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षणमा पुगेका छन्। पटक–पटक सर्वसाधारणबाट विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री गुरुङ विमानस्थलमा पुगेर सरोकारवाला निकायका उच्च अधिकारीसँग छलफल गरेका हुन्।

स्रोतका अनुसार गृहमन्त्री गुरुङले गएराति १०:३० बजे आकस्मिकरुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर त्यहाँबाट हुने सेवा प्रवाहको बारेमा उच्चअधिकारीसँग झण्डै एक घण्टा छलफल भएको छ।

उनले अध्यागमन कार्यालय, भन्सार कार्यालय, सुरक्षा निकाय, नागरिक उड्ययन प्राधिकरणको कार्यालयका अधिकारीसँग सेवा प्रवाहका बारेमा छलफल गरे। गृहमन्त्री गुरुङले विमानस्थलबाट हुने सेवाप्रवाह चुस्तदुरुस्त राख्न र सरसफाईमा समेत ध्यान दिन निर्देशन दिए। उनले केही समस्या भए आफूलाई तत्काल जानकारी गराउन र सेवाग्राहीलाई दुःख नदिई समयमै काम सम्पन्न गर्न आग्रह गरे।

केही दिन अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणको गरगहनासहित दुई जना पक्राउ परेका थिए । जुत्ता, पाइन्ट, सारी र अन्य कपडा उल्लेख भएको कार्गो बाकस एक्सरे गर्दा सुन तथा चाँदीको जस्तो देखिने धातुका गरगहना फेला परेपछि पेक्स लजिस्टिकका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गोका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाललाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल डेरी एशोसिएसनले दुग्धजन्य पदार्थमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन सरकारसँग माग गरेको छ । भ्याटका कारण डेरी उद्योगको उत्पादन लागत बढेको, बजारमा स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनेको तथा त्यसको प्रत्यक्ष असर दुग्ध उत्पादक किसान र उपभोक्तामा परेको भन्दै एशोसिएसनले कर नीति पुनरावलोकन गर्न आग्रह गरेको हो । बुटवलमा सम्पन्न एशोसिएसनको तेस्रो ...
: कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी कैलालीबाट पक्राउ परेका छन्। कैलाली जिल्ला अदालतको २०५६ चैत १३ गतेको फैसलाअनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका कैलालीको टीकापुर नगरपालिका–१ बनगाउँ निवासी अन्दाजी ४५ वर्षीय धनबहादुर घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार घर्ती मगर २०६१ माघ २७ गते कैलाली कारागारबाट ...
। अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन् । पञ्चदेवल बिनायक नगरपालिका–८ को गनिउलेमा शुक्रबार साँझ चट्याङ लाग्दा चार जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) ओमप्रकाश खनालले घाइते चार जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जानकारी दिए । उनकाअनुसार जैसरा मिजार, कर्ण मिजार, शेरे मिजार र मना कसेरा मिजारको ...
चैत १३ गते मन्त्री बनेकी प्रतिभा रावललाई सुरुमा दुई मन्त्रालयको जिम्मेवारी थियो- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेसँगै यी दुवै मन्त्रालय एकापसमा गाभिए । हाल एकीकृत मन्त्रालयका रूपमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला र तथा सामान्य प्रशासन मन्त्रालय बनेको छ । रावलले सम्हालेको ...
: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को नाम दुरुपयोग गरेर इमेलमार्फत स्क्याम गर्ने गतिविधि बढेको पाइएको छ। सिआइबी प्रमुखको नाम प्रयोग गरी विभिन्न व्यक्तिलाई धम्कीपूर्ण इमेल पठाएर ठगी तथा भ्रम सिर्जना गर्ने प्रयास भएपछि प्रहरीले अनुसन्धान थालेको छ। सिआइबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार स्क्यामरहरूले सिआइबी प्रमुखको नाममा इमेल पठाउँदै 'तुरुन्त यो ...