मुख्य समाचार
विश्व चर्चित गायिका टेलर स्विफ्ट र उनका अमेरिकी फुटबल खेलाडी तथा मंगेतर ट्राभिस केल्सेको विवाह उत्सव
विश्व चर्चित गायिका टेलर स्विफ्ट र उनका अमेरिकी फुटबल खेलाडी तथा मंगेतर ट्राभिस केल्सेको विवाह उत्सव

विश्व चर्चित गायिका टेलर स्विफ्ट र उनका अमेरिकी फुटबल खेलाडी तथा मंगेतर ट्राभिस केल्सेको विवाह उत्सव न्यूयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेनबाट सुरु भएको चर्चा छ ।

बिहीबार साँझ अभिनेत्री लेना डनहाम, स्विफ्टका लामो समयदेखि सहकार्य गर्दै आएका निर्माता ज्याक एन्टोनोफलगायत दम्पतीका चर्चित साथी औपचारिक पोशाकमा कार्यक्रममा पुगेका देखिएका थिए ।

हवाई दृश्यमा कालो एसयूभीहरूको लामो लर्को सेतो क्यानोपी टेन्टमुनि अतिथिलाई ओर्लाउँदै गरेको देखिएको थियो । अमेरिकी सञ्चारमाध्यमले यसलाई विवाहअघिको कार्यक्रम वा सम्भावित ’रिहर्सल डिनर’ का रूपमा वर्णन गरेका छन् ।

बिहीबारको कार्यक्रममा करिब १०० जना अतिथि सहभागी हुने अपेक्षा गरिएको थियो । त्यसपछि शुक्रबार सोही स्थलमा करिब १,००० अतिथि सहभागी हुने ठूलो समारोह हुने बताइएको छ ।

दिनभरि उच्च तापक्रमका बीच प्रहरी र सञ्चारकर्मी म्याडिसन स्क्वायर गार्डेन बाहिर तैनाथ थिए । उनीहरूले भित्र के भइरहेको छ भन्ने पुष्टि गर्ने कुनै दृश्य भेटिन्छ कि भनेर निगरानी गरिरहेका थिए ।

मनोरञ्जन समाचार वेबसाइट टीएमजेडले गार्डेनको लोडिङ क्षेत्रतर्फ केन्द्रित प्रत्यक्ष प्रसारणसमेत गरेको थियो । त्यस क्रममा फोर्कलिफ्ट, कार्यक्रमका कर्मचारी र भ्यानबाट कार्डबोर्डका बाकस झार्दै गरेका मानिस मात्र देखिएका थिए ।

पत्रकारहरूले प्रहरीले राखेका सुरक्षा अवरोध र अतिथिका लागि बाटो खाली गराउन गरिएको प्रत्येक व्यवस्थाको पनि निरन्तर रिपोर्टिङ गरेका थिए ।

स्थलको एक प्रवेशद्वार नजिक राखिएको सूचनापाटीमा २९ जुनदेखि ३ जुलाईसम्म भित्र प्रवेश गर्नेले कार्यक्रममा भिडियो र फोटो खिच्न सहमति दिएको मानिने उल्लेख थियो । यसले तयारीकै क्रममा पनि छायांकन भइरहेको हुन सक्ने अनुमानलाई बल दिएको छ।

एसोसिएटेड प्रेसले प्राप्त गरेको अनुमति पत्रअनुसार बिहीबार साँझ ५ः३० बजेबाट ‘प्रि-पार्टी नाइट’ सुरु भई राति १०ः३० बजेसम्म चल्ने कार्यक्रम तय गरिएको थियो, जसमा करिब १०० अतिथि सहभागी हुने उल्लेख छ ।

बीबीसीका अनुसार स्थल बाहिर राखिएको ठूलो सेतो क्यानोपी टेन्ट अतिथिको स्वागतका लागि प्रयोग गरिनेछ । तर स्विफ्ट र केल्सेजस्ता विशिष्ट अतिथि गोपनीयताका लागि भूमिगत प्रवेशद्वार प्रयोग गर्ने योजना बनाइएको थियो ।

न्यूयोर्कका मेयरले अत्यधिक गर्मीका कारण घरभित्र बस्न आग्रह गरे पनि धेरै प्रशंसक म्याडिसन स्क्वायर गार्डेन बाहिर जम्मा भएका थिए ।

१५ वर्षभन्दा बढी समयदेखि स्विफ्टका प्रशंसक रहेका रायन वेङले भने, ‘म यहाँ कथित विवाह हेर्न आएको हुँ । यो मेरो जीवनकै अविस्मरणीय अनुभव हुनेछ ।’

अर्की प्रशंसक रस्टी कारबगले ट्राभिस केल्से खेल्ने कान्सास सिटी चिफ्सलाई सम्मान गर्दै कान्सास विषयवस्तु भएको टी–सर्ट लगाएकी थिइन् । उनले भनिन्, ‘मेरो संगीत रुचि पनि उनीसँगै विकसित भयो । उनको लागि सही व्यक्ति उनी आफैंले रोज्ने व्यक्ति नै हो ।’

पछिल्ला केही दिनदेखि सञ्चारमाध्यमले स्थल बाहिरको गतिविधिमाथि कडा निगरानी गरिरहेका थिए । ‘जीपी’ र ‘गार्डेन पार्टी’ लेखिएका ट्रक, कार्यक्रमका सामग्री, ठूलो सेतो भर्‍याङ र विशाल मिरर बलजस्ता सामग्री उतारिँदै गरेको दृश्य पनि देखिएको थियो । यसअघि बिछ्याइएको रातो कार्पेट भने केही समयमै हटाइएको थियो ।

न्यूयोर्कका मेयर जोहरान मामदानीले पनि पत्रकार सम्मेलनका क्रममा विवाहसम्बन्धी चर्चालाई संकेत गर्ने अभिव्यक्ति दिएका थिए । सहरका अधिकारीले बीबीसीलाई सो क्षेत्रमा सडक बन्द गर्न अनुमति मागिएको पुष्टि गरे पनि आवेदन कसले दिएको हो भन्ने खुलाएनन् ।

यो सप्ताहन्त अमेरिकाको स्वतन्त्रता दिवस अर्थात् जुलाई ४ को अवसरसँगै देशको २५०औँ जन्मजयन्ती र फिफा विश्वकप आयोजना भइरहेकाले पनि विवाहसम्बन्धी अनुमान झन् बढेको छ ।

यसपछि चर्चित व्यक्तिहरू एकपछि अर्को गर्दै कार्यक्रममा पुग्न थाले ।

पापाराजीले स्विफ्टका लामो समयदेखिका निर्माता ज्याक एन्टोनोफलाई टक्सिडो लगाएर कार्यक्रमतर्फ जाँदै गरेको तस्बिर खिचेका थिए । उनकी बहिनी तथा डिजाइनर रेचल एन्टोनोफ गुलाबी पोशाकमा देखिएकी थिइन् ।

अमेरिकी खेल प्रस्तोता एरिन एन्ड्र्युज चाँदी रङको चम्किलो गाउनमा देखिइन् भने स्विफ्टकी लामो समयदेखिकी प्रचारप्रमुख ट्री पेन हल्का निलो पोशाकमा कार्यक्रममा पुगेकी थिइन् ।

पेज सिक्सका अनुसार अभिनेता ब्राडली कुपर र मोडल जिजी हदिद पनि कार्यक्रममा सहभागी भएका थिए ।

गायिका तथा अभिनेत्री सेलेना गोमेजले इन्स्टाग्राममा कालो गाउन लगाएको आफ्नो तस्बिर साझा गरेकी थिइन्, तर उनी कुन कार्यक्रममा जाँदै थिइन् भन्ने खुलाइनन् ।

पिपल म्यागजिनले अभिनेत्री लेना डनहामलाई कालो एसयूभीमार्फत म्यानह्याटन हुँदै कार्यक्रमतर्फ लगिँदै गरेको भिडियो पनि सार्वजनिक गरेको छ ।

म्याडिसन स्क्वायर गार्डेन न्यूयोर्कको चर्चित स्थल भए पनि यसको स्वरूप विवाहका लागि उपयुक्त हुनेछ कि हुँदैन भन्ने विषयमा धेरैले प्रश्न उठाएका छन् । यद्यपि केही प्रशंसकले स्विफ्टसँग जुनसुकै स्थानलाई पनि आकर्षक बनाउने पर्याप्त स्रोत र क्षमता रहेको बताएका छन् ।

बेल्जियमबाट घुम्न आएकी २० वर्षीया प्रशंसक लाउरा बोनले भने, ‘मलाई यो स्थल राम्रो लाग्यो, किनभने यहाँ उनलाई धेरै गोपनीयता मिल्नेछ ।’

बीबीसीबाट ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘काठमाडौं फिल्म फेस्टिभल २०८३’ शुक्रबारबाट सुरु हुँदैछ । काठमाडौंको मौलिक संस्कृति, परम्परा र सम्पदालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवको उद्‍घाटन शुक्रबार वसन्तपुरमा गरिने भएको छ । फेस्टिभलका भेन्यू वसन्तपुर, राष्ट्रिय सभा गृह, जय नेपाल हल, नेपाल पर्यटन बोर्ड र तारागाउँ नेक्स्ट म्युजियम बौद्ध रहेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै ...
। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई सबै चलचित्रकर्मीको साझा संस्था बनाउँदै चलचित्र क्षेत्रको विकासका लागि ठोस काम गर्न आग्रह गरेका छन् । बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितलाई आज मन्त्रालयलमा नियुक्तिपत्र हस्तान्तरणका अवसरमा उहाँले चलचित्रकर्मीहरूले बोर्ड सबैको साझा हुन सकेन भन्ने गुनासो रहेको उल्लेख गर्र्दै चलचित्रकर्मीहरूले वर्तमान सरकारबाट ठूलो अपेक्षा राखेको बताए । ‘चलचित्र ...
हलिउडका दिग्गज अभिनेता टम स्केरिटको निधन भएको छ । उनी ९३ वर्षका थिए । ‘एलियन’ र ‘टप गन’ जस्ता चर्चित फिल्ममा निर्वाह गरेका सम्झनलायक भूमिकाका कारण उनी दर्शकमाझ लोकप्रिय थिए । एमी अवार्ड विजेता स्केरिट टेलिभिजन शृङ्खला ‘पिकेट फेन्सेस’मा अभिनय गरेपछि झनै चर्चित बनेका थिए । छ दशक लामो अभिनय यात्रामा स्केरिटले फिल्म र टेलिभिजन दुवै ...
रियालिटी टेलिभिजन स्टार काइली जेनरले ५० मिलियन अमेरिकी डलर (करिब सात अर्ब ५९ करोड ७९ लाख रुपैयाँ) मूल्यको ब्रा लगाएर भिक्टोरियाज सिक्रेट फेसन शोमा डेब्यु गरेकी छन् । उनको यो प्रस्तुतिलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेको छ । मेकअप उद्योगकी चर्चित हस्ती जेनरले आइतबार लन्जरी ब्रान्ड भिक्टोरियाज सिक्रेटको वार्षिक फेसन शोमा सबैको ध्यान खिचिन् । डिजाइनरका ...
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...