मुख्य समाचार
विश्व चर्चित गायिका टेलर स्विफ्ट र उनका अमेरिकी फुटबल खेलाडी तथा मंगेतर ट्राभिस केल्सेको विवाह उत्सव
विश्व चर्चित गायिका टेलर स्विफ्ट र उनका अमेरिकी फुटबल खेलाडी तथा मंगेतर ट्राभिस केल्सेको विवाह उत्सव

विश्व चर्चित गायिका टेलर स्विफ्ट र उनका अमेरिकी फुटबल खेलाडी तथा मंगेतर ट्राभिस केल्सेको विवाह उत्सव न्यूयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेनबाट सुरु भएको चर्चा छ ।

बिहीबार साँझ अभिनेत्री लेना डनहाम, स्विफ्टका लामो समयदेखि सहकार्य गर्दै आएका निर्माता ज्याक एन्टोनोफलगायत दम्पतीका चर्चित साथी औपचारिक पोशाकमा कार्यक्रममा पुगेका देखिएका थिए ।

हवाई दृश्यमा कालो एसयूभीहरूको लामो लर्को सेतो क्यानोपी टेन्टमुनि अतिथिलाई ओर्लाउँदै गरेको देखिएको थियो । अमेरिकी सञ्चारमाध्यमले यसलाई विवाहअघिको कार्यक्रम वा सम्भावित ’रिहर्सल डिनर’ का रूपमा वर्णन गरेका छन् ।

बिहीबारको कार्यक्रममा करिब १०० जना अतिथि सहभागी हुने अपेक्षा गरिएको थियो । त्यसपछि शुक्रबार सोही स्थलमा करिब १,००० अतिथि सहभागी हुने ठूलो समारोह हुने बताइएको छ ।

दिनभरि उच्च तापक्रमका बीच प्रहरी र सञ्चारकर्मी म्याडिसन स्क्वायर गार्डेन बाहिर तैनाथ थिए । उनीहरूले भित्र के भइरहेको छ भन्ने पुष्टि गर्ने कुनै दृश्य भेटिन्छ कि भनेर निगरानी गरिरहेका थिए ।

मनोरञ्जन समाचार वेबसाइट टीएमजेडले गार्डेनको लोडिङ क्षेत्रतर्फ केन्द्रित प्रत्यक्ष प्रसारणसमेत गरेको थियो । त्यस क्रममा फोर्कलिफ्ट, कार्यक्रमका कर्मचारी र भ्यानबाट कार्डबोर्डका बाकस झार्दै गरेका मानिस मात्र देखिएका थिए ।

पत्रकारहरूले प्रहरीले राखेका सुरक्षा अवरोध र अतिथिका लागि बाटो खाली गराउन गरिएको प्रत्येक व्यवस्थाको पनि निरन्तर रिपोर्टिङ गरेका थिए ।

स्थलको एक प्रवेशद्वार नजिक राखिएको सूचनापाटीमा २९ जुनदेखि ३ जुलाईसम्म भित्र प्रवेश गर्नेले कार्यक्रममा भिडियो र फोटो खिच्न सहमति दिएको मानिने उल्लेख थियो । यसले तयारीकै क्रममा पनि छायांकन भइरहेको हुन सक्ने अनुमानलाई बल दिएको छ।

एसोसिएटेड प्रेसले प्राप्त गरेको अनुमति पत्रअनुसार बिहीबार साँझ ५ः३० बजेबाट ‘प्रि-पार्टी नाइट’ सुरु भई राति १०ः३० बजेसम्म चल्ने कार्यक्रम तय गरिएको थियो, जसमा करिब १०० अतिथि सहभागी हुने उल्लेख छ ।

बीबीसीका अनुसार स्थल बाहिर राखिएको ठूलो सेतो क्यानोपी टेन्ट अतिथिको स्वागतका लागि प्रयोग गरिनेछ । तर स्विफ्ट र केल्सेजस्ता विशिष्ट अतिथि गोपनीयताका लागि भूमिगत प्रवेशद्वार प्रयोग गर्ने योजना बनाइएको थियो ।

न्यूयोर्कका मेयरले अत्यधिक गर्मीका कारण घरभित्र बस्न आग्रह गरे पनि धेरै प्रशंसक म्याडिसन स्क्वायर गार्डेन बाहिर जम्मा भएका थिए ।

१५ वर्षभन्दा बढी समयदेखि स्विफ्टका प्रशंसक रहेका रायन वेङले भने, ‘म यहाँ कथित विवाह हेर्न आएको हुँ । यो मेरो जीवनकै अविस्मरणीय अनुभव हुनेछ ।’

अर्की प्रशंसक रस्टी कारबगले ट्राभिस केल्से खेल्ने कान्सास सिटी चिफ्सलाई सम्मान गर्दै कान्सास विषयवस्तु भएको टी–सर्ट लगाएकी थिइन् । उनले भनिन्, ‘मेरो संगीत रुचि पनि उनीसँगै विकसित भयो । उनको लागि सही व्यक्ति उनी आफैंले रोज्ने व्यक्ति नै हो ।’

पछिल्ला केही दिनदेखि सञ्चारमाध्यमले स्थल बाहिरको गतिविधिमाथि कडा निगरानी गरिरहेका थिए । ‘जीपी’ र ‘गार्डेन पार्टी’ लेखिएका ट्रक, कार्यक्रमका सामग्री, ठूलो सेतो भर्‍याङ र विशाल मिरर बलजस्ता सामग्री उतारिँदै गरेको दृश्य पनि देखिएको थियो । यसअघि बिछ्याइएको रातो कार्पेट भने केही समयमै हटाइएको थियो ।

न्यूयोर्कका मेयर जोहरान मामदानीले पनि पत्रकार सम्मेलनका क्रममा विवाहसम्बन्धी चर्चालाई संकेत गर्ने अभिव्यक्ति दिएका थिए । सहरका अधिकारीले बीबीसीलाई सो क्षेत्रमा सडक बन्द गर्न अनुमति मागिएको पुष्टि गरे पनि आवेदन कसले दिएको हो भन्ने खुलाएनन् ।

यो सप्ताहन्त अमेरिकाको स्वतन्त्रता दिवस अर्थात् जुलाई ४ को अवसरसँगै देशको २५०औँ जन्मजयन्ती र फिफा विश्वकप आयोजना भइरहेकाले पनि विवाहसम्बन्धी अनुमान झन् बढेको छ ।

यसपछि चर्चित व्यक्तिहरू एकपछि अर्को गर्दै कार्यक्रममा पुग्न थाले ।

पापाराजीले स्विफ्टका लामो समयदेखिका निर्माता ज्याक एन्टोनोफलाई टक्सिडो लगाएर कार्यक्रमतर्फ जाँदै गरेको तस्बिर खिचेका थिए । उनकी बहिनी तथा डिजाइनर रेचल एन्टोनोफ गुलाबी पोशाकमा देखिएकी थिइन् ।

अमेरिकी खेल प्रस्तोता एरिन एन्ड्र्युज चाँदी रङको चम्किलो गाउनमा देखिइन् भने स्विफ्टकी लामो समयदेखिकी प्रचारप्रमुख ट्री पेन हल्का निलो पोशाकमा कार्यक्रममा पुगेकी थिइन् ।

पेज सिक्सका अनुसार अभिनेता ब्राडली कुपर र मोडल जिजी हदिद पनि कार्यक्रममा सहभागी भएका थिए ।

गायिका तथा अभिनेत्री सेलेना गोमेजले इन्स्टाग्राममा कालो गाउन लगाएको आफ्नो तस्बिर साझा गरेकी थिइन्, तर उनी कुन कार्यक्रममा जाँदै थिइन् भन्ने खुलाइनन् ।

पिपल म्यागजिनले अभिनेत्री लेना डनहामलाई कालो एसयूभीमार्फत म्यानह्याटन हुँदै कार्यक्रमतर्फ लगिँदै गरेको भिडियो पनि सार्वजनिक गरेको छ ।

म्याडिसन स्क्वायर गार्डेन न्यूयोर्कको चर्चित स्थल भए पनि यसको स्वरूप विवाहका लागि उपयुक्त हुनेछ कि हुँदैन भन्ने विषयमा धेरैले प्रश्न उठाएका छन् । यद्यपि केही प्रशंसकले स्विफ्टसँग जुनसुकै स्थानलाई पनि आकर्षक बनाउने पर्याप्त स्रोत र क्षमता रहेको बताएका छन् ।

बेल्जियमबाट घुम्न आएकी २० वर्षीया प्रशंसक लाउरा बोनले भने, ‘मलाई यो स्थल राम्रो लाग्यो, किनभने यहाँ उनलाई धेरै गोपनीयता मिल्नेछ ।’

बीबीसीबाट ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अभिनेत्री तथा भाजपा सांसद कंगना रनावतले योगगुरु बाबा रामदेवको टिप्पणीप्रति आक्रोश व्यक्त गर्दै आफ्नो जवानी वा बेडरुमबारे सपना नदेख्न भनेकी छन् । कंगनाले ‘जेनेरेसन गटर’ सम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर बाबा रामदेवले त्यसलाई ‘बिग्रिएको दिमागको संकेत’ भनेपछि उनले प्रतिक्रिया जनाएकी हुन् । कंगनाले इन्स्टाग्राम स्टोरीमार्फत बाबा रामदेवलाई जवाफ दिँदै लेखेकी छन्, ‘बाबाजी, मेरो जवानी वा बेडरुमबारे ‘डे-ड्रिम’ ...
हलिउडमा शक्तिशाली जोडी धेरै छन्, तर यस गर्मी याममा जेन्डाया र टम हल्यान्डले एकैसाथ विश्वव्यापी बक्स अफिसमा कायम गरेको दबदबा फरक देखिएको छ । हलिउडमा दुई कलाकारले एकै समयमा विश्वव्यापी बक्स अफिसमा यसरी प्रभुत्व जमाएको विरलै देखिन्छ । टम हल्यान्ड र जेन्डाया अभिनीत ‘स्पाइडर-म्यानः ब्रान्ड न्यूडे’ले उत्तर अमेरिकामा ३५५ मिलियन डलर र विश्वभर ९२७ मिलियन डलरको ...
। गणेश पाण्डेद्वारा निर्देशित डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ ले अमेरिकाको जर्जियास्थित कोब इन्टरनेसनल फिल्म फेस्टिभलमा बेस्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ । अगस्ट ६ देखि ९ सम्म जर्जियाको मारिएट्टा सहरमा आयोजना भएको महोत्सवमा नेपालबाट सो फिल्म मात्र छनोट भएको थियो । महोत्सवका कार्यकारी निर्देशक तथा फेस्टिभल डाइरेक्टर डा. रिचर्ड टाभेनारोका अनुसार संसारभरबाट प्राप्त फिल्मको प्रतिस्पर्धामा ...
। सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका नवनियुक्त पदाधिकारीले सोमबार पदभार ग्रहण गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले शुक्रबार ब्रजेश खनाललाई कुलपतिको सपथ खुवाएका थिए । त्यसपछि खनालले सोमबार अन्य पदाधिकारीलाई सपथ ग्रहण गराएका हुन् । प्रतिष्ठानको उपकुलपतिमा ‘काफ्ले’ गीतबाट चर्चित गायिका झुमा लिम्बु, सदस्यसचिवमा भूपेन्द्रसिंह रायमाझी र प्राज्ञपरिषद् सदस्यमा राजन मुकारुङ, रेखा शाह गुरुङ, ...
। ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ नेपालमा धेरै कमाउने छैटौं विदेशी फिल्म बनेको छ । प्रदर्शनको ११ औं दिन आइतबारसम्म टम हल्यान्ड स्टारर फिल्मको ग्रस कलेक्सन १४ करोड रुपैयाँ नाघेको छ । शीर्ष १० को सूचीमा छैटौं स्थानमा उक्लिएको फिल्मले नेपाली बक्सअफिसमा धुरन्धर, कान्तारा, कल्की र धुरन्धर २ लाई उछिनेको छ । अब यसअघि जवान, एनिमल, आरआरआर, ...