मुख्य समाचार
फ्रान्समा जुन महिनाको अन्तिम सातातिर आएको अभूतपूर्व गर्मीका कारण मृत्युको सङ्ख्यामा झन्डै ३० प्रतिशत वृद्धि
फ्रान्समा जुन महिनाको अन्तिम सातातिर आएको अभूतपूर्व गर्मीका कारण मृत्युको सङ्ख्यामा झन्डै ३० प्रतिशत वृद्धि

फ्रान्समा जुन महिनाको अन्तिम सातातिर आएको अभूतपूर्व गर्मीका कारण मृत्युको सङ्ख्यामा झन्डै ३० प्रतिशत वृद्धि भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ । सार्वजनिक स्वास्थ्य निकायले यो वृद्धि अझै पूर्ण विवरण नआएकाले वास्तविक सङ्ख्या यसभन्दा बढी हुन सक्ने जनाएको छ ।
पब्लिक हेल्थ फ्रान्सका अनुसार जुन २२ देखि सुरु भएको सातामा अघिल्लो साताको तुलनामा दुई हजार २५ जना थपको मृत्यु भएको छ । यो २९.१ प्रतिशतको वृद्धि हो । संस्थाले हाल उपलब्ध तथ्याङ्क अपूर्ण रहेकाले वास्तविक प्रभाव अझ गम्भीर हुन सक्ने जनाएको छ ।
सबैभन्दा बढी प्रभाव पेरिस क्षेत्रमा देखिएको छ । पेरिसमा सोही अवधिमा मृत्यु ६२ प्रतिशतले बढेको छ । पेस डे ला लोयर क्षेत्रमा पनि उल्लेखनीय वृद्धि रेकर्ड गरिएको प्रतिवेदनमा उल्लेख छ ।
गत जुनमा फ्रान्सले करिब ११ दिनसम्म जारी रहेको इतिहासकै तीव्र गर्मीको लहर सामना गरेको थियो । देशका धेरै स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । यस घटनापछि जलवायु परिवर्तनसँग जुध्न सरकारले प्रभावकारी तयारी नगरेको भन्दै केही राजनीतिक दलले आलोचना गरेका छन् । हरित दलले यसै विषयलाई लिएर सरकारविरुद्ध अविश्वास प्रस्तावसमेत दर्ता गरेको छ ।
स्वास्थ्यमन्त्री स्टेफनी रिस्टले यसपटकको अवस्था सन् २००३ को विनाशकारी गर्मीको लहरसँग प्रत्यक्ष तुलना गर्न नमिल्ने बताउनुभयो । सन् २००३ को गर्मीका कारण फ्रान्समा करिब १५ हजार जनाको मृत्यु भएको थियो । तिनमा अधिकांश वृद्धवृद्धा थिए ।
पेरिस सार्वजनिक अस्पताल प्रणालीका महानिर्देशक निकोलस रेभेलले यस वर्षको गर्मीका कारण हुने कुल मृत्यु सन् २००३ भन्दा कम रहने अपेक्षा गरिएको भए पनि गत वर्षको गर्मीको घटनाको तुलनामा भने बढी हुन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम