मुख्य समाचार
जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माणका लागि स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १० हजार भन्दा बढी योगदान गर्नेलाई प्रमाणपत्र दिने
जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माणका लागि स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १० हजार भन्दा बढी योगदान गर्नेलाई प्रमाणपत्र दिने

। सरकारले २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माणका लागि स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १० हजार भन्दा बढी योगदान गर्नेलाई प्रमाणपत्र दिने भएको छ ।

अर्थ मन्त्रालयले एक सूचना प्रकाशित गर्दै यसरी योगदान गर्नेहरूका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरेको धन्यवाद ज्ञापन प्रमाणपत्र तयार पारिएको समेत मन्त्रालयले जनाएको छ ।

प्रमाणपत्र सम्बन्धित व्यक्ति र संस्थाको ठेगनामा पठाउन स्पष्ट ठेगाना र फोन नम्बर नभएको भन्दै मन्त्रालयले मन्त्रालयमा सम्पर्क गरी प्रमाणपत्र लिन आउन आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त भएका छन् । कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले सात वटा विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका हुन् । जस अनुसा, त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल ...
। काठमाडौं महानगरपालिका पूर्ण खोप सुनिश्चित महानगर घोषणा भएको छ । शुक्रबार काठमाडौं महानगरपालिकाले एक कार्यक्रम गरी पूर्ण खोप सुनिश्चित महानगरको रूपमा घोषणा गरेको हो । १२ महिनादेखि २३ महिनासम्मका बालबालिकाहरूले पूर्ण खोप पाएको सुनिश्चित भएपछि काठमाडौं महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता महानगर घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले खोप सबै बालबालिकाको नैसर्गिक अधिकार ...
। नेपाली कांग्रेसको संस्थापनइतर समूह(देउवा)ले १५ औं महाधिवेशन ‘एकता महाधिवेशन’ हुने सम्भावना क्षीण भएको निष्कर्ष निकालेको छ । शुक्रबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गल्फुटारस्थित निवासमा बसेको शीर्ष नेताहरूको बैठकले विशेष महाधिवेशनबाट चयन भएको संस्थापन पक्ष पार्टीभित्र बृहत्तर एकता पनि अनिच्छुक देखिएको निष्कर्ष निकालेको हो । ‘आज हामी जुन पोजिसनमा छौं, त्यहीँ पोजिसनमा एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण ...
। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन् । काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति समेत रहेका थापालाई प्रधानमन्त्रीसमेत रहेका कुलपति बालेन शाहले उपकुलपतिमा नियुक्त गरेका हुन् । थापा इन्जिनियरिङ शिक्षा, जलविद्युत् प्रविधि, ऊर्जा अनुसन्धानमा सक्रिय छन् । इन्जिनियरिङमा स्नातक सकेपछि सरकारी कामको सुरु गरेका उनले काठमाडौं विश्वविद्यालयबाट उपप्राध्यापकमा नाम निकालेका थिए । प्राध्यापक, सहायक डिन, कार्यकारी डिन र ...
। कपिलवस्तुमा पंखाको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मायादेवी गाउँपालिका–७ रतनपुर बस्ने ३२ वर्षीय रमेश यादवको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको हो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, आफ्नै घरमा पंखाको तार जोड्ने क्रममा करेन्ट लागेर यादव गम्भीर घाइते भएका थिए । जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले ...