मुख्य समाचार
टोकियोस्थित प्रसिद्ध पर्यटकीय थलो ओदाइबामा जुलाई १८, १९ र २० गते तीनदिने ‘नेपाल फेस्टिभल २०२६’ आयोजना हुने
टोकियोस्थित प्रसिद्ध पर्यटकीय थलो ओदाइबामा जुलाई १८, १९ र २० गते तीनदिने ‘नेपाल फेस्टिभल २०२६’ आयोजना हुने

। जापानको राजधानी टोकियोस्थित प्रसिद्ध पर्यटकीय थलो ओदाइबामा जुलाई १८, १९ र २० गते तीनदिने ‘नेपाल फेस्टिभल २०२६’ आयोजना हुने भएको छ ।

नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघ, आदिवासी जनजाति महासंघको संयुक्त आयोजनामा १५ औं संस्करणको महोत्सव आयोजना हुन लागेको हो ।

एनआरएनए जापानका प्रवक्ता सचिन आचार्यका अनुसार यसपटकको फेस्टिभललाई नेपाली समुदायभन्दा पर विस्तार गर्ने लक्ष्य छ । ‘जापान घुम्न आएका हजारौं विदेशी पर्यटकसमक्ष नेपालको संस्कृति, पर्यटन, कला र सभ्यतालाई प्रत्यक्ष रूपमा परिचित गराउने महत्वपूर्ण अवसर हुनेछ’ उनले भने ।

उनले भने, ‘ओदाइबा जापानी तथा विदेशी पर्यटकको अत्यन्त लोकप्रिय गन्तव्य हो । यसपटक फेस्टिभल जापानमा बस्ने नेपालीमाझ मात्र होइन, संसारका विभिन्न देशबाट टोकियो भ्रमणमा आएका पर्यटकमाझ पनि पुग्नेछ ।’

फेस्टिभलले मौलिक नेपाली संस्कृति, पर्यटन र राष्ट्रिय पहिचानलाई विश्वसामु प्रस्तुत गर्ने आशा आचार्यले लिए । फेस्टिभलमा मौलिक परिकार, जातजातिका सांस्कृतिक झाँकी, परम्परागत नृत्य, लोकसंस्कृति, हस्तकला तथा ख्यातिप्राप्त कलाकारको सांगीतिक प्रस्तुति हुनेछ ।

एनआरएनए जापानका अध्यक्ष सुवास लामिछानेका अनुसार करिब २ करोड जापानी येन लागत अनुमान गरिएको यस फेस्टिभलबाट संकलित रकम नेपाल हाउस जापान निर्माण अभियानमा लगानी गरिनेछ ।

चिबामा निर्माणाधीन नेपाल हाउसलाई नेपाली समुदायको साझा पहिचान, संस्कृति र पर्यटन प्रवद्र्धनको केन्द्रका रूपमा विकास गर्ने योजना छ । पशुपतिनाथ मन्दिर र बौद्ध स्तूपाका प्रतिरूपसहित नेपालको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदालाई झल्काउने संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मनाङको गंगापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता भएका दुईजना जापानी नागरिकको शव फेला परेको छ। मनाङको डिस्याङ गाउँपालिका वडा नम्बर ६ मा पर्ने उक्त हिमाल आरोहणका क्रममा उनीहरू बेपत्ता भएका थिए। जापानको टोकियो निवासी दुईजना पर्वतारोहीको शव शुक्रबार फेला परेको हो। उनीहरूको शव काठमाडौं ल्याउने तयारी भइरहेको छ। काठमाडौंमा पोस्टमार्टम गरेपछि नेपालस्थित जापानी ...
: मनाङको गंगापूर्ण हिमाल आरोहणका क्रममा २ जापानी नागरिक बेपत्ता भएका छन्। मनाङको डिस्याङ गाउँपालिका वडा नम्बर ६ मा पर्ने उक्त हिमाल आरोहणका क्रममा जापानको टोकियो निवासी २ जना पर्वतारोही बेपत्ता भएका हुन्। बेपत्ता हुनेहरूमा हिदे सुके टेनिसी र तेचु हासिमुदो रहेका छन्। बेपत्ता दुबैजना पुरुष हुन्। काठमाडौंस्थित कस्मो एडभेन्चरबाट नेपाली गाइडसहित भदौ २७ गते ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी, चुस्त र सेवामुखी बनाउन नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई निर्देशन दिएका छन् । विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडामा आयोजित आन्तरिक कार्यालयसम्बन्धी छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले विद्युत आपूर्ति, उपभोक्ता सेवा, डिजिटल भुक्तानी, ऊर्जा माग, लोड व्यवस्थापन, विद्युत् चुहावट नियन्त्रण तथा पूर्वाधारको नियमित मर्मतसम्भारमा ...
। जापानको बेरोजगारी दर अगस्टमा बढेर २.५ प्रतिशत पुगेको छ । जुलाईमा २.४ प्रतिशत रहेको बेरोजगारी दर पाँच महिनापछि पहिलोपटक बढेको जापान सरकारद्वारा शुक्रबार सार्वजनिक तथ्याङ्कले देखाएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अगस्टमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या अघिल्लो महिनाको तुलनामा ३० हजारले बढेर मौसमी रूपमा समायोजित छ करोड ८३ लाख ४० हजार ...
। जापानले बिहीबारदेखि लागू हुने गरी भिसा नवीकरण र स्थायी बसोबास (पीआर) जारी गर्ने शुल्कमा भारी वृद्धि गर्ने भएको छ। जापानको अध्यागमन सेवा एजेन्सीले तोकेको यो नयाँ शुल्क गत मे महिनामा पारित भएको अध्यागमन नियन्त्रण ऐनको संशोधनमा व्यवस्था गरिएको थियो । भिसा नवीकरण र बसोबासको हैसियत परिवर्तनका लागि लाग्ने शुल्क अब प्रदान गरिएको बसोबासको अवधिका आधारमा तय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम