मुख्य समाचार
टोकियोस्थित प्रसिद्ध पर्यटकीय थलो ओदाइबामा जुलाई १८, १९ र २० गते तीनदिने ‘नेपाल फेस्टिभल २०२६’ आयोजना हुने
टोकियोस्थित प्रसिद्ध पर्यटकीय थलो ओदाइबामा जुलाई १८, १९ र २० गते तीनदिने ‘नेपाल फेस्टिभल २०२६’ आयोजना हुने

। जापानको राजधानी टोकियोस्थित प्रसिद्ध पर्यटकीय थलो ओदाइबामा जुलाई १८, १९ र २० गते तीनदिने ‘नेपाल फेस्टिभल २०२६’ आयोजना हुने भएको छ ।

नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघ, आदिवासी जनजाति महासंघको संयुक्त आयोजनामा १५ औं संस्करणको महोत्सव आयोजना हुन लागेको हो ।

एनआरएनए जापानका प्रवक्ता सचिन आचार्यका अनुसार यसपटकको फेस्टिभललाई नेपाली समुदायभन्दा पर विस्तार गर्ने लक्ष्य छ । ‘जापान घुम्न आएका हजारौं विदेशी पर्यटकसमक्ष नेपालको संस्कृति, पर्यटन, कला र सभ्यतालाई प्रत्यक्ष रूपमा परिचित गराउने महत्वपूर्ण अवसर हुनेछ’ उनले भने ।

उनले भने, ‘ओदाइबा जापानी तथा विदेशी पर्यटकको अत्यन्त लोकप्रिय गन्तव्य हो । यसपटक फेस्टिभल जापानमा बस्ने नेपालीमाझ मात्र होइन, संसारका विभिन्न देशबाट टोकियो भ्रमणमा आएका पर्यटकमाझ पनि पुग्नेछ ।’

फेस्टिभलले मौलिक नेपाली संस्कृति, पर्यटन र राष्ट्रिय पहिचानलाई विश्वसामु प्रस्तुत गर्ने आशा आचार्यले लिए । फेस्टिभलमा मौलिक परिकार, जातजातिका सांस्कृतिक झाँकी, परम्परागत नृत्य, लोकसंस्कृति, हस्तकला तथा ख्यातिप्राप्त कलाकारको सांगीतिक प्रस्तुति हुनेछ ।

एनआरएनए जापानका अध्यक्ष सुवास लामिछानेका अनुसार करिब २ करोड जापानी येन लागत अनुमान गरिएको यस फेस्टिभलबाट संकलित रकम नेपाल हाउस जापान निर्माण अभियानमा लगानी गरिनेछ ।

चिबामा निर्माणाधीन नेपाल हाउसलाई नेपाली समुदायको साझा पहिचान, संस्कृति र पर्यटन प्रवद्र्धनको केन्द्रका रूपमा विकास गर्ने योजना छ । पशुपतिनाथ मन्दिर र बौद्ध स्तूपाका प्रतिरूपसहित नेपालको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदालाई झल्काउने संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानमा रेलको ठक्करबाटा रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार टोकियोको उत्तरमा रहेको कानुमा शहरको शिन–कानुमा स्टेशनमा रेलको लिक वरपरका झारपात हटाइरहेको समयमा कर्मचारीलाई एक्सप्रेस रेलले ठक्कर दिएको जनाइएको छ । रेलले ठक्कर दिएका चारै जनाको मृत्यु पुष्टि भएको अग्नि नियन्त्रक विभागका अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ ...
। जापानले विदेशी श्रमिक लैजान सुरु गर्न लागेको नयाँ ‘इम्प्लोयमेन्ट फर स्किल डेभलपमेन्ट’ (ईएसडी) कार्यक्रमका लागि नेपालसँग गर्नुपर्ने सम्झौता हुन सकेको छैन । जापानले पठाएको सम्झौताको मस्यौदामा रहेको सेवा शुल्कसम्बन्धी प्रावधानमा नेपालले सहमति जनाउन नसक्दा सम्झौता प्रक्रिया लम्बिएको हो । जापानले नयाँ कार्यक्रम कार्यान्वयनअघि नै नेपाललाई सम्झौता गर्न मस्यौदा पठाएको थियो । नेपाललाई तीन महिनाको समय ...
वासिङ्टन (रासस/एएफपी) । अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले जापानी येनको स्थिरता केवल जापान वा अमेरिकाका लागि मात्र नभई समग्र एसियाली अर्थतन्त्रका लागि पनि महत्त्वपूर्ण रहेको बताएका छन्। उनले कमजोर येनका कारण क्षेत्रीय मुद्राबजारमा अस्थिरता फैलिन सक्ने चेतावनी दिएका छन् । उनले यही कारणले संयुक्त राज्य अमेरिका र जापानले येनलाई समर्थन गर्न संयुक्त रूपमा हस्तक्षेप गरेको स्पष्ट पारेका ...
। जापानले सैन्य क्षमता विस्तारलाई तीव्र बनाएको भन्दै उत्तर कोरियाले त्यसलाई आफ्नो सुरक्षामाथिको गम्भीर चुनौतीका रूपमा व्याख्या गर्दै आवश्यक परे थप सैन्य विकल्प अपनाउने चेतावनी दिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले बुधबार सार्वजनिक वक्तव्यमा जापान दोस्रो विश्वयुद्धपछिको शान्तिवादी नीतिबाट टाढिँदै ‘युद्ध राज्य’ मा रूपान्तरण भइरहेको आरोप लगाउँदै प्योङयाङ त्यसको ...
। जापानको दक्षिणी कुमामोटो प्रदेशमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा सपिङ मलमा भएको विस्फोट र विभिन्न संरचना भत्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । अन्य दर्जनौं घाइते भएका छन् । कुमामोटो प्रान्तीय सरकारले बुधबार बिहान दिएको जानकारीअनुसार भूकम्पपछि एइअन मलमा भएको विस्फोटपछि रातभर सञ्चालन गरिएको उद्धार अभियानमा आठ जनालाई जीवित उद्धार गरिएको छ । ...