मुख्य समाचार
विना कुनै उचित कारण पेट्रोल पम्प बन्द गरेर इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीहरूलाई सरकारले कारबाही गर्ने
विना कुनै उचित कारण पेट्रोल पम्प बन्द गरेर इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीहरूलाई सरकारले कारबाही गर्ने

। विना कुनै उचित कारण पेट्रोल पम्प बन्द गरेर इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीहरूलाई सरकारले कारबाही गर्ने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको ‘पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५’ लाई संशोधन गर्दै अभाव सिर्जना गराउने व्यवसायीलाई कारबाही गर्न सकिने नियम ल्याएको हो ।
यो नियमअनुसार यस्तो गल्ती गर्ने व्यवसायीलाई ३ लाखदेखि १० लाख रुपैयाँसम्म जरिबाना तिराउनुका साथै ५ देखि १५ दिनसम्म इन्धन आपूर्तिमै रोक लगाउन सकिने आयल निगमले जनाएको छ ।

इन्धनको मूल्य घट्ने अनुमान गर्दै व्यवसायीहरूले मंगलबार निगमको डिपोबाट पेट्रोलियम पदार्थ नउठाउँदा बुधबार देशभरि इन्धनको आपूर्ति प्रणाली प्रभावित भएको थियो।

अत्यावश्यक वस्तुको आपूर्तिमा नियतवश अवरोध सिर्जना भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले त्यस्ता गतिविधि रोक्न तत्काल कदम चाल्न निगमलाई निर्देशन दिएकी थिइन् ।

मन्त्रीको सोही निर्देशनबमोजिम निगमको सञ्चालक समिति बैठकले विनियमावली संशोधन गर्दै पम्पको ‘नोजल सुक्खा’ (ड्राई) राखेर अभाव गराउन नपाइने’ प्रावधान थपेको हो । संशोधित नयाँ व्यवस्थाअनुसार अब कसुर गर्ने व्यवसायीलाई गल्ती दोहोर्‍याएको पटकका आधारमा दण्डित गरिनेछ ।

जसअन्तर्गत पहिलो पटक यस्तो गल्ती गर्नेलाई ३ लाख रुपैयाँ जरिबाना र पाँच दिनका लागि इन्धन आपूर्ति रोक्का गरिनेछ । सोही गल्ती दोस्रो पटक दोहोर्‍याएमा ६ लाख रुपैयाँ जरिबानासहित १० दिनका लागि आपूर्ति रोकिनेछ भने तेस्रो पटक पनि उल्लंघन गर्ने व्यवसायीलाई १० लाख रुपैयाँ जरिबाना र १५ दिनसम्म इन्धन आपूर्ति पूर्णरूपमा बन्द गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त भएका छन् । कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले सात वटा विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका हुन् । जस अनुसा, त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल ...
। काठमाडौं महानगरपालिका पूर्ण खोप सुनिश्चित महानगर घोषणा भएको छ । शुक्रबार काठमाडौं महानगरपालिकाले एक कार्यक्रम गरी पूर्ण खोप सुनिश्चित महानगरको रूपमा घोषणा गरेको हो । १२ महिनादेखि २३ महिनासम्मका बालबालिकाहरूले पूर्ण खोप पाएको सुनिश्चित भएपछि काठमाडौं महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता महानगर घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले खोप सबै बालबालिकाको नैसर्गिक अधिकार ...
। नेपाली कांग्रेसको संस्थापनइतर समूह(देउवा)ले १५ औं महाधिवेशन ‘एकता महाधिवेशन’ हुने सम्भावना क्षीण भएको निष्कर्ष निकालेको छ । शुक्रबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गल्फुटारस्थित निवासमा बसेको शीर्ष नेताहरूको बैठकले विशेष महाधिवेशनबाट चयन भएको संस्थापन पक्ष पार्टीभित्र बृहत्तर एकता पनि अनिच्छुक देखिएको निष्कर्ष निकालेको हो । ‘आज हामी जुन पोजिसनमा छौं, त्यहीँ पोजिसनमा एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण ...
। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन् । काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति समेत रहेका थापालाई प्रधानमन्त्रीसमेत रहेका कुलपति बालेन शाहले उपकुलपतिमा नियुक्त गरेका हुन् । थापा इन्जिनियरिङ शिक्षा, जलविद्युत् प्रविधि, ऊर्जा अनुसन्धानमा सक्रिय छन् । इन्जिनियरिङमा स्नातक सकेपछि सरकारी कामको सुरु गरेका उनले काठमाडौं विश्वविद्यालयबाट उपप्राध्यापकमा नाम निकालेका थिए । प्राध्यापक, सहायक डिन, कार्यकारी डिन र ...
। कपिलवस्तुमा पंखाको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मायादेवी गाउँपालिका–७ रतनपुर बस्ने ३२ वर्षीय रमेश यादवको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको हो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, आफ्नै घरमा पंखाको तार जोड्ने क्रममा करेन्ट लागेर यादव गम्भीर घाइते भएका थिए । जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले ...