मुख्य समाचार
कञ्चनपुर र कैलाली जिल्लाबाट एकैदिन ५ जना युवा लागुऔषध खैरो हेरोइनसहित पक्राउ
कञ्चनपुर र कैलाली जिल्लाबाट एकैदिन ५ जना युवा लागुऔषध खैरो हेरोइनसहित पक्राउ

। सुदूरपश्चिमका कञ्चनपुर र कैलाली जिल्लाबाट एकैदिन ५ जना युवा लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जनसम्पर्क तथा मिडिया समन्वय शाखाका अनुसार कञ्चनपुरबाट चार र कैलालीबाट एक जना पक्राउ परेका हुन् ।

उनीहरूलाई प्रहरीले बिहीबार बेलुकी छुट्टाछुट्टै स्थानबाट खैरो हेरोइनसहित पक्राउ गरेको मिडिया समन्वय शाखाले जनाएको छ ।

प्रहरीका अनुसार कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ नयाँबस्तीबाट ३० ग्राम ९३० मिलिग्राम हेरोइनसहित चार जनालाई बिहीबार साँझ पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा स्थानीय ४० वर्षीय लालबहादुर सुनार, ३१ वर्षीय हेमराज जोशी, वेदकोट नगरपालिका–७ दैजीका ३१ वर्षीय बिमल पाण्डे र कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरका २५ वर्षीय अशोक पाण्डे रहेका छन् ।

यस्तै कैलालीको लम्कीचुहा नगरपालिका–१ थकालिपुरबाट १५० मिलिग्राम हेरोइनसहित स्थानीय २३ वर्षीय ललित रानाक्षेत्रीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको मिडिया समन्वय शाखाले जनाएको छ5

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसको संस्थापनइतर समूह(देउवा)ले १५ औं महाधिवेशन ‘एकता महाधिवेशन’ हुने सम्भावना क्षीण भएको निष्कर्ष निकालेको छ । शुक्रबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गल्फुटारस्थित निवासमा बसेको शीर्ष नेताहरूको बैठकले विशेष महाधिवेशनबाट चयन भएको संस्थापन पक्ष पार्टीभित्र बृहत्तर एकता पनि अनिच्छुक देखिएको निष्कर्ष निकालेको हो । ‘आज हामी जुन पोजिसनमा छौं, त्यहीँ पोजिसनमा एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण ...
। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन् । काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति समेत रहेका थापालाई प्रधानमन्त्रीसमेत रहेका कुलपति बालेन शाहले उपकुलपतिमा नियुक्त गरेका हुन् । थापा इन्जिनियरिङ शिक्षा, जलविद्युत् प्रविधि, ऊर्जा अनुसन्धानमा सक्रिय छन् । इन्जिनियरिङमा स्नातक सकेपछि सरकारी कामको सुरु गरेका उनले काठमाडौं विश्वविद्यालयबाट उपप्राध्यापकमा नाम निकालेका थिए । प्राध्यापक, सहायक डिन, कार्यकारी डिन र ...
। कपिलवस्तुमा पंखाको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मायादेवी गाउँपालिका–७ रतनपुर बस्ने ३२ वर्षीय रमेश यादवको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको हो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, आफ्नै घरमा पंखाको तार जोड्ने क्रममा करेन्ट लागेर यादव गम्भीर घाइते भएका थिए । जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले ...
। संयुक्त राष्ट्र संघ (युएन)को कार्यक्रममा अमेरिका जाने तयारीमा रहेका चार प्रहरी अधिकारीको नाम सरकारले काटेको छ । संयुक्त राष्ट्र संघको आयोजनामा हरेक वर्ष हुने ‘चिफ अफ पुलिस समिट’मा अमेरिका जान लागेका नेपाल प्रहरीका दुई अधिकृत र सशस्त्र प्रहरी बलका दुई अधिकृतको नाम सरकारले काटेको हो । सरकारी खर्चको मितव्ययिता भन्दै चार प्रहरी अधिकृतको नाम काटिएको छ ...
। नेपाली कांग्रेसको संस्थापनइतर पक्षले काठमाडौंको चुनदेवीमा सोमबार सम्पर्क कार्यालय खोल्ने भएको छ । शुक्रबार निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काको गल्फुटारस्थित निवासमा बसेको नेताहरूको बैठकले यस्तो निर्णय लिएको हो । ‘चुनदेवीमा सम्पर्क कार्यालय स्थापना हुन्छ । १५ औं महाधिवेशनका सम्पूर्ण तयारीहरू, छलफलहरू, बैठकहरू त्यहीँबाट हुन्छन् । सम्पर्क, सम्बन्ध र संगठन बिस्तारका काम पनि सम्पर्क कार्यालयबाटै हुन्छन्,’ ...