मुख्य समाचार
कानुनमन्त्री गौतमका सय दिन, यस्ता छन् उपलब्धि
कानुनमन्त्री गौतमका सय दिन, यस्ता छन् उपलब्धि

। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आफू मन्त्री बनेपछिका मुख्य कार्यविवरण सार्वजनिक गरेकी छिन् ।

चैत १३ गतेदेखि हालसम्म कानुन मन्त्रालयबाट भएका कामहरूको सूची उनले सचिवालयमार्फत सार्वजनिक गरेकी हुन् ।

जस अनुसार, नयाँ कानुन तर्जुमा गर्न सैद्धान्तिक सहमति दिइएका १० वटा विधेयक रहेका छन् भने तर्जुमा सहमति दिइएका १४ विधेयक रहेका छन् ।

तर्जुमाका लागि सहमति दिइएका ८ वटा अध्यादेश, २४ नियमावली, ९ वटा गठन आदेश लगायतका कार्य उनले आफ्नो कार्यसूचीमा सार्वजनिक गरेकी छिन् ।

अन्तर्राष्ट्रिय सन्धी सम्झौता सम्बन्धी कार्य अन्तर्गत कानूनी राय प्रदान गरेको सम्झौता ५ वटा, ३२ वटा सन्धी सम्झौतामा राय परामर्श भएको मन्त्रालयले जनाएको छ ।

संक्रमणकालीन न्यायसम्बन्धी कार्य अन्तर्गत नियमावली मस्यौदा तयार गरी मन्त्रिपरिषद्मा पठाइएको, पीडित र उजुरीकर्ताको विवरण तयार हुने व्यवस्था गरिएको लगायतका कार्य समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गुल्मीमा अनुदानको रासायनिक मलको कालोबजारी गरी चर्को मूल्यमा बिक्री गरेको आरोपमा प्रहरीले एक जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका-१ स्थित नव प्रगतिशील कृषि सहकारी संस्था लिमिटेडका सचिव ४४ वर्षीय प्रेमनारायण पाण्डेलाई पक्राउ गरिएको हो । उक्त सहकारीमार्फत सहुलियतमा बिक्री–वितरण गर्न अनुदान प्राप्त युरिया र डीएपी मल अनधिकृत रूपमा बढी मूल्यमा ...
। सन् २०२६ को जुन महिनामा ८० हजार २५३ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२६ को जुन महिनामा ७८ हजार ६७० जना सार्क राष्ट्रबाट र एक हजार ५८३ जना अन्य राष्ट्रका पर्यटक मुस्ताङ भ्रमणमा आएका हुन् । कूल भित्रिएका विदेशी पर्यटकमध्ये ९८ दशलमव ०२ ...
। दाङको माधगपुरस्थित तलाउमा एक व्यक्ति मृत फेला परेका छन् । राप्ती गाउँपालिका–६ माधगपुरस्थित तलाउमा सोही गाउँपालिका–६ मझेरिया बस्ने रामधनी चौधरीको शव भेटिएको हो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनको शव शुक्रबार मृत अवस्थामा फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
। अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभाबाट पास भएको सन्देश राष्ट्रिय सभामा टेबल भएको छ । शुक्रबारको बैठकमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेलले प्रतिनिधिसभाबाट पारित भएर गएका अध्यादेश प्रतिस्थापन विधेयक सहितका विधेयकहरूबारेको सन्देश टेबल गरेका हुन् । प्रतिनिधिसभाले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, सहकारी (पहिलो संशोधन) विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान ...
। विगत ६ महिनादेखि महँगी भत्ता नपाएको भन्दै प्रेस काउन्सिल नेपालका स्थायी कर्मचारीहरूले धर्ना सुरु गरेका छन् । सरकारद्वारा निर्धारित अनिवार्य दायित्वअन्तर्गत पर्ने महँगी भत्ता गत माघ महिनादेखि उपलब्ध नगराइएको भन्दै कर्मचारीहरूले बिहीबारदेखि ‘पेन डाउन’ गरी कामकाज ठप्प पारेका हुन् । काउन्सिलका सूचना अधिकारी रामशरण बोहराका अनुसार कर्मचारीहरूले लामो समयदेखि व्यवस्थापनसमक्ष भत्ता उपलब्ध गराउन माग गर्दै आएका ...