मुख्य समाचार
स्विट्जरल्यान्डले अल्जेरियालाई हराउँदै राउन्ड अफ १६ मा प्रवेश
स्विट्जरल्यान्डले अल्जेरियालाई हराउँदै राउन्ड अफ १६ मा प्रवेश

: फिफा विश्वकप २०२६ को नकआउट चरण अन्तर्गत स्विट्जरल्यान्डले अल्जेरियालाई हराउँदै राउन्ड अफ १६ मा प्रवेश गरेको छ।भ्यानकुभरमा भएको खेलमा स्विजरल्यान्डले अल्जेरियालाई २-० ले पराजित गरेको हो।‌

खेलको १०औं मिनेटमा स्विट्जरल्यान्डले पहिलो गोल गर्यो। स्विट्जरल्यान्डको लागि ब्रेल एम्बोलोले गोल गरे।‌ अल्जेरिया २ पटक राम्रो मौका सदुपयोग गर्न सकेन।

पहिलो हाफमा स्विट्जरल्यान्डले १-० को अग्रता बनाएको थियो। दोस्रो हाफको सुरुवाती मिनेटमा नै स्विट्जरल्यान्डले अग्रता दोब्बर बनायो। खेलको ४६ औं मिनेटमा स्विट्जरल्यान्डको‌ लागि डान एन्डोएले गोल गरे।

दोस्रो हाफमा अल्जेरियाले केही प्रयासहरू गर्यो। तर सफल भने हुन सकेन। यो हारसँगै अल्जेरिया विश्वकपबाट बाहिरिएको छ। स्विट्जरल्यान्डले भने कोलम्बिया र घानाको खेलको विजेतासँग राउन्ड अफ १६ मा खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) अन्तर्गत स्पेनले अस्ट्रियालाई पराजित गर्दै राउन्ड अफ १६ मा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा भएको खेलमा स्पेनले अस्ट्रियालाई ३-० ले हराएको हो। खेलको पहिलो हाफमा स्पेनले १-०को अग्रता बनाएको थियो। पहिलो हाफमा स्पेनको दबदबा रह्यो। केहि राम्रो अवसरहरू पाए पनि स्पेनले सदुपयोग पनि ...
: फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) मा पोर्चुगलले क्रोएसियालाई पराजित गरेको छ। टोरोन्टो स्टेडियममा भएको खेलमा पोर्चुगलले क्रोएसियालाई २-१ले पराजित गर्दै अन्तिम १६मा स्थान बनाएको हो। पहिलो हाफमा दुवै टोलीले केही प्रयास गरे पनि गोल भने निस्किन सकेको थिएन। ‌खेलको ५३ औं मिनेटमा क्रोएसियाले गोल गर्यो क्रोएसियाको लागि इभान पेरिसिचले गोल गरेका ...
नेपाली राष्ट्रिय टी२० टोलीका कप्तान तथा अलराउण्डर दीपेन्द्र सिंह ऐरीले आम्सरडम फ्लेम्सबाट युरोपियन टी-२० प्रिमियर लिग खेल्ने भएका छन् । फ्लेम्सले बुधबार इन्स्टाग्रामार्फत ऐरीलाई अनुबन्ध गरेको घोषणा गरेको छ । फ्लेम्सले अस्ट्रेलियाका मिचेल मार्श कप्तान रहेको यस टिमले अस्ट्रेलियाकै स्टिम स्मिथ र टिम डेविडलाई पनि अनुबन्ध गरेको छ । बिहीबारै रोटरडम डर्कसले नेपाली लेग स्पीनर सन्दीप लामिछानेलाई अनुबन्ध ...
: फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) को खेलमा इङ्ल्यान्डले डिआर कंगोलाई पराजित गर्दै राउन्ड अफ १६ मा प्रवेश गरेको छ। एटलान्टा स्टेडियममा भएको खेलमा इङ्ल्यान्डले डिआर कंगोलाई २–१ ले हराएको हो ‌ सौखेलको पहिलो हाफमा इङ्ल्यान्डविरुद्ध डिआर कंगोले १-० को अग्रता बनाएको थियो। दोस्रो हाफमा इङ्ल्यान्डले २ गोल गर्दै खेलमा जित दर्ता ...
: फिफा विश्वकप २०२६ को नकआउट चरण अन्तर्गत सेनेगललाई पराजित गर्दै बेल्जियम राउन्ड अफ १६ मा प्रवेश गरेको छ।सियाटल स्टेडियममा भएको खेलमा बेल्जियमले सेनेगललाई ३-२ले पराजित गरेको हो। पहिलो हाफमा सेनेगलले १-० को अग्रता बनाएको थियो। दोस्रो हाफको सुरुवातमा नै सेनेगलले अग्रता दोब्बर बनायो। दोस्रो हाफमा सेनेगलले सुरुवाती दुई गोलको अग्रता जोगाउन सकेन। जसको फलस्वरूप सेनेगलले ...