मुख्य समाचार
१०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको कार्यालय तथा आवास भवन र बेलिब्रिज उद्घाटन
१०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको कार्यालय तथा आवास भवन र बेलिब्रिज उद्घाटन

— ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार डोल्पाको जगदुल्ला गाउँपालिकास्थित १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको कार्यालय तथा आवास भवन र बेलिब्रिज उद्घाटन गरेका छन् ।

बिहीबार जगदुल्ला गाउँपालिकाको काइगउँमा आयोजित एक कार्यक्रमबीच जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा निर्माण गरिएको कार्यालय तथा आवास भवनसँगै आयोजनासम्म पुग्ने बेलिब्रिज पुल उद्घाटन गरेका हुन् ।

यससँगै उनले ड्यामसाइटदेखि पावरहावससम्मको सुरुङमार्गको ब्लास्टिङ कार्यको शिलान्यास गरेका हुन् । मन्त्री श्रेष्ठले सुरुमा मुड्केचुला गाउँपालिका स्थित इलमा बनाइएका भवनसंरचना,बेलिब्रिज पुललगायतका पूर्वाधार निरीक्षण गरेका थिए ।

मन्त्री श्रेष्ठले डोल्पाको आर्थिक उन्नति र समृद्धिको प्रमुख आधार नै जलविद्युत् क्षेत्र बन्न सक्ने बताए। जिल्लामा रहेका प्रचुर जलस्रोतको उपयोग गर्न सके आर्थिक विकासले गति लिने उल्लेख गर्दै उनले जलविद्युत् आयोजना विद्युत् उत्पादनमा मात्र सीमित नरही रोजगारी सिर्जना, पूर्वाधार विकास र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने माध्यम भएको बताए ।

दुर्गम हिमाली जिल्लामा ठूला ऊर्जा आयोजनाको निर्माणले विकासका सम्भावनालाई थप उजागर गरेको बताउँदै उनले जगदुल्ला आयोजना निर्धारित समयमै सम्पन्न गर्न सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए।

आयोजनाको पहुँचमार्गमा निर्माण गरिएका बेलिब्रिज र सडकले जिल्लाभित्र तथा बाहिर सडक सञ्जाल विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको कम्पनीले जनाएको छ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले आयोजनाअन्तर्गत निर्माण गरिएको पहुँचमार्गका रूपमा रहेको सडक र यस मार्गमा बनाइएका सातवटा बेलिब्रिजले स्थानीयवासीको आवतजावत सहज बनाउनुका साथै जिल्लाको सडक विस्तार अभियानलाई समेत टेवा पुर्‍याएको बताए।

उनका अनुसार आयोजनाको निर्माणसँगै स्थानीयस्तरमा रोजगारीका अवसर बढेका छन् भने व्यापारिक तथा आर्थिक गतिविधि समेत विस्तार हुँदै गएको छ। १०६ मेगावाट क्षमताको जगदुल्ला आयोजना डोल्पाका ठूला जलविद्युत् आयोजनामध्ये एक हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक गाडी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाइ भएको छ । नदीमा जलसतह बढेको र गाडी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कप्र ०२-००१ ख १०५५ नम्बरको ...
— रास्वपाले चितवन महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने बहस अघि सारेपछि मधेशकेन्द्रित दलहरू अहमति राखेका छन् । उनीहरूले औपचारिक रूपमै राष्ट्रिय स्वतन्त्र पार्टी र सरकारको धारणा माग गरेका छन् । संघीयताका लागि मधेश तराईमा ठूला आन्दोलन गरेका दलहरूले आपत्ति जनाउँदै रास्वपाको त्यो प्रस्ताव स्थगित गर्न आग्रह गरेका छन् । सरकारले प्रदेशसभा खारेजीको प्रस्ताव औपचारिक रूपमा ...
— सन् २०२६ को जुन महिनामा नेपालमा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन्। अध्यागमन विभाग र नेपाल पर्यटन बोर्डले जारी गरेको तथ्यांकका अनुसार हवाईमार्गबाट आउने विदेशी पर्यटकको संख्या गत वर्षको सोही अवधिको तुलनामा १९.५ प्रतिशतले वृद्धि भएको हो। बोर्डद्वारा जारी विज्ञप्तिअनुसार, गत वर्षको जुन महिनामा ७६ हजार ४२५ विदेशी पर्यटक नेपाल आएका थिए। त्यस्तै, कोभिड–१९ ...
: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको नवनियुक्त अध्यक्ष किशोर थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन्। सिंहदरबारस्थित मन्त्रालयमा आज विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षा मन्त्री पोखरेलले त्रिवि सेवा आयोगमा नियुक्त थापालाई शपथ गराएका हुन्। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापालाई ...
: सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई रिहा गर्न अस्वीकार गरेको छ। सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट खारेज गरेको हो। पौडेलकी पत्नी दोमाया पौडेलले दायर गरेको रिट सर्वोच्चले खारेज गरेको हो। सम्पत्ति शुद्धीकरण कसूरमा पक्राउ परेका पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबीसहित पौडेलले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। पूर्वअर्थमन्त्री समेत ...