मुख्य समाचार
‘सहकारी (पहिलो संशोधन) विधेयक–२०८३’ प्रतिनिधिसभाबाट पारित
‘सहकारी (पहिलो संशोधन) विधेयक–२०८३’ प्रतिनिधिसभाबाट पारित

‘सहकारी (पहिलो संशोधन) विधेयक–२०८३’ प्रतिनिधिसभाबाट पारित भएको छ । बिहीबार बसेको बैठकमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।

त्यसअघि विधेयकमाथि परेका संशोधनमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री रावतले अहिले बचतकर्ताको रकम सरकारले नभई सम्बन्धित सहकारीबाट असुल गरेर फिर्ता गरिरहेको बताइन् । यद्दपी राज्य अभिभावक भएकाले आगामी दिनमा बचककर्ताको समस्या समाधान गर्न पछि नहट्ने उनले बताइन् ।

उनले विधेयकमाथि आएका सुझावहरुलाई आगामी दिनमा सरकारले सम्बोधन गर्दै लैजाने उल्लेख गरिन् । सहकारी क्षेत्रमा देखिएका नीतिगत बिषयहरुलाई सुधारका लागि सरकारले उक्त विधेयक ल्याएको उनको भनाइ छ । यसअघि संशोधनकर्ता सांसदहरुले बचतकर्ताको रकम सरकारले नभई सम्बन्धित सहकारीले फिर्ता दिनुपर्ने, सहकारीलाई दर्ता गरेको स्थानमा मात्रै काम गर्न पाउने र नियमनलाई कडाई गर्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक गाडी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाइ भएको छ । नदीमा जलसतह बढेको र गाडी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कप्र ०२-००१ ख १०५५ नम्बरको ...
— रास्वपाले चितवन महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने बहस अघि सारेपछि मधेशकेन्द्रित दलहरू अहमति राखेका छन् । उनीहरूले औपचारिक रूपमै राष्ट्रिय स्वतन्त्र पार्टी र सरकारको धारणा माग गरेका छन् । संघीयताका लागि मधेश तराईमा ठूला आन्दोलन गरेका दलहरूले आपत्ति जनाउँदै रास्वपाको त्यो प्रस्ताव स्थगित गर्न आग्रह गरेका छन् । सरकारले प्रदेशसभा खारेजीको प्रस्ताव औपचारिक रूपमा ...
— सन् २०२६ को जुन महिनामा नेपालमा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन्। अध्यागमन विभाग र नेपाल पर्यटन बोर्डले जारी गरेको तथ्यांकका अनुसार हवाईमार्गबाट आउने विदेशी पर्यटकको संख्या गत वर्षको सोही अवधिको तुलनामा १९.५ प्रतिशतले वृद्धि भएको हो। बोर्डद्वारा जारी विज्ञप्तिअनुसार, गत वर्षको जुन महिनामा ७६ हजार ४२५ विदेशी पर्यटक नेपाल आएका थिए। त्यस्तै, कोभिड–१९ ...
— ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार डोल्पाको जगदुल्ला गाउँपालिकास्थित १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको कार्यालय तथा आवास भवन र बेलिब्रिज उद्घाटन गरेका छन् । बिहीबार जगदुल्ला गाउँपालिकाको काइगउँमा आयोजित एक कार्यक्रमबीच जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा निर्माण गरिएको कार्यालय तथा आवास भवनसँगै आयोजनासम्म पुग्ने बेलिब्रिज पुल उद्घाटन गरेका हुन् । यससँगै उनले ड्यामसाइटदेखि पावरहावससम्मको सुरुङमार्गको ...
: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको नवनियुक्त अध्यक्ष किशोर थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन्। सिंहदरबारस्थित मन्त्रालयमा आज विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षा मन्त्री पोखरेलले त्रिवि सेवा आयोगमा नियुक्त थापालाई शपथ गराएका हुन्। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापालाई ...