मुख्य समाचार
रुसी मिसाइल र ड्रोन आक्रमणमा युक्रेनको राजधानी किभमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते
रुसी मिसाइल र ड्रोन आक्रमणमा युक्रेनको राजधानी किभमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते

: रुसी मिसाइल र ड्रोन आक्रमणमा युक्रेनको राजधानी किभमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । यो आक्रमण युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले मस्कोबाट ‘ठूलो आक्रमण’ हुन सक्ने चेतावनी दिएको केही घण्टापछि भएको हो । किभ सैन्य प्रशासनका प्रमुख तिमुर तकाचेन्कोका अनुसार बिहीबार राति र बिहान भएको आक्रमणले सहरभरका करिब तीन दर्जन स्थानलाई निशाना बनाएको थियो । किभका मेयर भित्ताली क्लिच्कोले टेलिग्राममार्फत ३४ जना घाइते भएको जानकारी दिएका छन् ।

क्लिच्कोले सुरुमा नै ‘किभमाथि ब्यालिस्टिक मिसाइल र ड्रोनबाट आक्रमण भइरहेको छ’ भन्दै जानकारी दिएका थिए । उनले प्रत्यक्ष आक्रमणमा परेको ९ तले आवासीय भवनमा मानिसहरू फसेको र एउटा अग्लो अपार्टमेन्ट भवनको ठूलो भाग भत्किएको पनि बताएका छन् । समाचार संस्था एएफपीका पत्रकारहरूले किभको मध्य र पूर्वी क्षेत्रमा एक दर्जनभन्दा बढी विस्फोटको आवाज सुनेका थिए । त्यसैबेला युक्रेनी वायुसेनाले ब्यालिस्टिक मिसाइलहरू किभतर्फ आइरहेको चेतावनी दिएको थियो ।

अनौपचारिक टेलिग्राम च्यानलहरूमा सार्वजनिक तस्बिरहरूमा रुसी आक्रमणबाट जोगिन सर्वसाधारण भूमिगत मेट्रो स्टेशनहरूमा आश्रय लिन भीड लागेको देखिएको छ। एएफपीका अनुसार धेरै नागरिकहरू हातमा सुत्ने म्याट बोकेर आश्रयस्थलतर्फ जाँदै गरेको पनि देखिएका थिए ।

आक्रमणअघि जेलेन्स्कीको चेतावनी
घातक आक्रमण हुनुभन्दा केही घण्टाअघि राष्ट्रपति जेलेन्स्कीले आयरल्यान्डको भ्रमण छोट्याएर स्वदेश फर्किने घोषणा गर्दै रुसले ‘ठूलो आक्रमण’ गर्ने तयारी गरिरहेको चेतावनी दिएका थिए । उनले बुधबार डब्लिनमा आयरल्यान्डका प्रधानमन्त्री काइकल मार्टिनसँगको संयुक्त पत्रकार सम्मेलनमा भने, ‘हामीसँग रुसले अर्को ठूलो आक्रमण गर्ने तयारी गरेको विश्वसनीय गुप्तचर सूचना छ ।’
सामाजिक सञ्जाल एक्समा उनले ‘यस भेटवार्तापछि म तत्काल युक्रेन फर्कँदैछु’ भन्दै नागरिकहरूलाई हवाई आक्रमणको साइरन बज्दा विशेष सतर्क रहन, सुरक्षित स्थानमा जान र आफ्ना परिवार तथा बालबालिकाको सुरक्षा गर्न आग्रह गरेका थिए । जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादीमिर पुटिनले लामो समयदेखि युक्रेनमाथि ठूलो आक्रमणको तयारी गरिरहेको दाबी गर्दै, ‘आज राति हामीले त्यही खतरा सामना गरिरहेका छौं’ भने ।

उनले सन् २०२२ को फेब्रुअरीमा सुरु भएको युद्ध अन्त्य गर्न युक्रेनले औपचारिक तथा अनौपचारिक सबै माध्यमबाट वार्ताको प्रयास गरे पनि रुसले त्यसलाई अस्वीकार गरेको आरोप लगाए । उनका अनुसार पुटिनले युक्रेन मात्र होइन, छिमेकी देशहरू र समग्र युरोपविरुद्ध पनि आक्रामक नीति अपनाइरहेका छन् । यसैबीच, युक्रेनमाथिको आक्रमणका क्रममा छिमेकी देश पोल्यान्डले सुरक्षा सतर्कताका रूपमा केही समयका लागि आफ्ना लडाकु विमानहरू परिचालन गरेको थियो । पछि पोलिस अधिकारीहरूले आफ्नो हवाई क्षेत्रमा कुनै उल्लंघन नभएको पुष्टि भएपछि ती विमानहरू फिर्ता बोलाइएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम