: सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
शिक्षामन्त्री समेत रहेका पोखरेलले क-कसलाई सरुवा गरिएको भनेर नाम भने खुलाएका छैनन्।