मुख्य समाचार
सशस्त्र प्रहरी थमन विकलाई सांघातिक आक्रमण गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई ५ वर्ष कैद सजाय
सशस्त्र प्रहरी थमन विकलाई सांघातिक आक्रमण गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई ५ वर्ष कैद सजाय

। उच्च अदालत जनकपुरले मधेश आन्दोलनका बेला घाइते सशस्त्र प्रहरी थमन विकलाई सांघातिक आक्रमण गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई ५ वर्ष कैद सजाय तोकेको छ ।

कामू मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले केही आरोपितहरुलाई सफाई दिने भनी जिल्ला अदालतले गरेको फैसला उल्ट्याउँदै कोइरीको हकमा पाँच वर्ष कैद सजाय हुने फैसला गरेको हो ।

जिल्ला अदालत महोत्तरीले मंसीर, २०८० मा कोइरी सांसद पदमा बहाल रहेका बेला उनी लगायतलाई आरोपबाट सफाई दिएको थियो ।

घटना के हो ?

मधेश आन्दोलनका बेला २५ भदौ २०७२ महोत्तरीमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो, त्यसक्रममा सशस्त्र प्रहरी बलका असई थमन विकलगायत सख्त घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि एम्बुलेन्समा राखेर जिल्ला अस्पताल जलेश्वर लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जनकपुर पठाइयो ।

उनीहरु जलेश्वरबाट जनकपुर जाँदै थिए । महोत्तरीको सनोखडामा अप्ठेरो कच्ची बाटोमा एम्बुलेन्स अघी बढ्न सकेन । एम्बुलेन्सलाई मोटरसाइकलमा आएका आन्दोलनकारीहरुले पछ्याइरहेका थिए । एम्बुलेन्स रोकिएपछि उनीहरु त्यहाँबाट निस्केर खेतमा लुक्न गएका थिए । त्यसपछि आन्दोलनकारीहरुले लुकेको ठाँउबाट निकालेर घाइतेहरुलाई सांघातिक आक्रमण गरेका थिए ।

हत्याको आरोपमा पक्राउ परेकाहरुले आक्रमणमा संलग्नहरु रहेको भनी लक्ष्मी महतो लगायतको नाम समेत लिएका थिए । मुद्दा चलेपछि महतो फरार भए, फरार अवस्थामा नै उनी एमालेमा प्रवेश गरे र महोत्तरी–१ बाट २०७९ सालमा सांसद निर्वाचित भए ।

लक्ष्मी महतो कोइरी फरार अवस्थामा नै पटकपटक प्रतिनिधिसभा बैठकमा उपस्थित भएका थिए । उनले राज्यबाट नै संरक्षण पाएकोमा चौतर्फी प्रश्न उठिरहेको थियो । उनी सांसद पदमा रहेकी बेला २८ मंसीर, २०८० मा जिल्ला अदालतले उनीलगायत केहीलाई सफाइ दिएको थियो, त्यसपछि उनी प्रतिनिधिसभामा सहज रुपमा उपस्थित हुन थालेका थिए ।

प्रत्यक्षदर्शीलगायत केहीले घटनामा महतोको पनि संलग्नता रहेको बताएका थिए । तर महतोका साक्षीहरुले त्यो दिन उनी विरामी भएर घरमै रहेको भनी अदालतमा बकपत्र गरेका थिए ।

जिल्ला अदालतले घटनास्थलमा रहेका अरु आरोपितहरुको बयानको साटो साक्षीहरुको बयानलाई आधार मानेर सफाई दिएको थियो । उच्च अदालत जनकपुरले त्यसलाई उल्ट्याएर उनलाई पनि ५ वर्ष कैद हुने फैसला गरेको हो ।

उच्च अदालत जनकपुरले थमन विकको हत्याको घटनामा प्रदीप साह माझी, सञ्जय कुमार साह, मोहन ठाकुरलाई जन्मकैद हुने जिल्ला अदालतको फैसला नै सदर गरेको छ ।

जन्मकैदको फैसला भएका आरोपितमध्ये अभिराम शर्मा, धमेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डेको फैसला संशोधन भएर ५/५ वर्षका दरले कैद सजाय भएको छ ।

उच्च अदालतले आरोपितहरुमध्ये लक्ष्मी महतो र पवन कापरलाई सफाई दिने जिल्ला अदालतको फैसला उल्ट्याएर पाँच वर्षका दरले कैद सजाय गरेको हो ।

एमालेले कोइरीलाई गत फागुनको निर्वाचनमा पनि महोत्तरी–१ मा उनलाई उम्मेदवार बनाएको थियो, तर उनी पराजित भएर तेस्रो स्थानमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सप्तरीमा आत्महत्या दुरुत्साहन मुद्दामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–४ सिलहट प्रसाहीका ४० वर्षीय रामेश्वर राम रहेको जनाएको छ । प्रहरीका अनुसार बोदेबरसाईन नगरपालिका–४ सिलहट प्रसाहीकी सरस्वती राम २०८३ असार १२ गते राति आफ्नै घरको सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको शव असार १३ गते बिहान ...
। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका कारण उत्पन्न प्राकृतिक विपद् तथा खाद्य सुरक्षामा देखिएका चुनौतीप्रति अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराएकी छन् । उनले हिमनदीहरू तीव्र पग्लिने क्रम, हिमताल विस्फोटको जोखिम, जैविक विविधताको क्षयजस्ता विषयमा विश्वको ध्यानाकर्षण गराएकी हुन् । संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको वातावरण तथा विकास समितिको ...
: राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले लामो संघर्ष र योगदानबाट बनेको संविधानको भविष्यमाथि नै प्रश्न उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बुधबार काठमाडौंमा आयोजित पूर्व सांसद मञ्च, नेपालको २६ औैं वार्षिक साधारणसभामा अध्यक्ष दाहालले देशमा संघीयता र राष्ट्रिय सभाको औचित्यलाई लिएर विभिन्न कोणबाट बहसहरू भइरहेको र ठूलो संघर्ष र योगदानबाट बनेको संविधानको भविष्यमाथि नै प्रश्न ...
। ७३ वर्षीया वृद्धालाई भरुवा बन्दुक देखाएर धाकधम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङले दुई युवालाई पक्राउ गरेको छ । लेनदेनको विषयमा जन्तेढुंगा गाउँपालिका–५ चिसापानी छेतुवा खानीडाँडाकी वृद्धा दिलमायाँ बुढाथोकीलाई घरैमा गएर भरुवा बन्दुक देखाएर धाकधम्की दिने सोही ठाउँका सन्तोष राई र सन्देश राईलाई पक्राउ गरेको हो । असार १५ गते धाकधम्की दिएको जाहेरीको आधारमा राईद्वयलाई भरुवा ...
: सांसदहरुले न्याय निरुपणमा विश्वसनीय परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई पूर्णरुपमा कानूनी अधिकार दिनुपर्नेमा जोड दिएका छन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा मितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथिको छलफलका क्रममा उनीहरुले अपराधको न्याय निरुपणमा विश्वसनीय परीक्षण, अपराधको वर्गीकरण र प्रभावकारी अध्ययनका ...