मुख्य समाचार
साइकलमा आँप बेच्दै गरेका एक भारतीय नागरिक ठूलो परिमाणको लागू औषध ब्राउन सुगर (खैरो हेरोइन) सहित पक्राउ
साइकलमा आँप बेच्दै गरेका एक भारतीय नागरिक ठूलो परिमाणको लागू औषध ब्राउन सुगर (खैरो हेरोइन) सहित पक्राउ

: वीरगन्जको बजारमा साइकलमा आँप बेच्दै गरेका एक भारतीय नागरिक ठूलो परिमाणको लागू औषध ब्राउन सुगर (खैरो हेरोइन) सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्यको बेतिया थानाको गोपालपुर ग्राम पञ्चायतको वडा नम्बर–२ घोघा स्थायी घर भई हाल वीरगन्ज महानगरपालिका–८ मा डेरा भाडामा बस्दै आएका ३० वर्षीय गुड्डु आलम रहेका छन् ।

वीरगन्ज महानगरपालिका–९ स्थित सडकपेटीमा एक भारतीय नागरिकले साइकलमा आँप बेच्दै ब्राउन सुगरपनि बेचिरहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । त्यहि सूचनाको आधारमा मंगलबार साँझ वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक बिक्रम सुबेदीको नेतृत्वमा प्रहरी टोली खटिएको थियो ।

सुबेदी नेतृत्वको टोलीले सडक पेटीमा आलमले आँप बेचिरहेको साइकल खानतलासी गर्दा साइकलको पछाडिको चक्का नजिक झुण्डयाइएको प्लाष्टिकको बोरामा कालो प्लाष्टिक भित्र सेतो प्लाष्टिकमा लुकाइ छिपाइ राखिएको अवस्थामा २७ ग्राम २९० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो ।

त्यसपछि प्रहरीले बरामद ब्राउन सुगरसहित आलमलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए । आलमलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सप्तरीमा आत्महत्या दुरुत्साहन मुद्दामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–४ सिलहट प्रसाहीका ४० वर्षीय रामेश्वर राम रहेको जनाएको छ । प्रहरीका अनुसार बोदेबरसाईन नगरपालिका–४ सिलहट प्रसाहीकी सरस्वती राम २०८३ असार १२ गते राति आफ्नै घरको सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको शव असार १३ गते बिहान ...
। उच्च अदालत जनकपुरले मधेश आन्दोलनका बेला घाइते सशस्त्र प्रहरी थमन विकलाई सांघातिक आक्रमण गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई ५ वर्ष कैद सजाय तोकेको छ । कामू मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले केही आरोपितहरुलाई सफाई दिने भनी जिल्ला अदालतले गरेको फैसला उल्ट्याउँदै कोइरीको हकमा पाँच वर्ष ...
। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका कारण उत्पन्न प्राकृतिक विपद् तथा खाद्य सुरक्षामा देखिएका चुनौतीप्रति अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराएकी छन् । उनले हिमनदीहरू तीव्र पग्लिने क्रम, हिमताल विस्फोटको जोखिम, जैविक विविधताको क्षयजस्ता विषयमा विश्वको ध्यानाकर्षण गराएकी हुन् । संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको वातावरण तथा विकास समितिको ...
: राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले लामो संघर्ष र योगदानबाट बनेको संविधानको भविष्यमाथि नै प्रश्न उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बुधबार काठमाडौंमा आयोजित पूर्व सांसद मञ्च, नेपालको २६ औैं वार्षिक साधारणसभामा अध्यक्ष दाहालले देशमा संघीयता र राष्ट्रिय सभाको औचित्यलाई लिएर विभिन्न कोणबाट बहसहरू भइरहेको र ठूलो संघर्ष र योगदानबाट बनेको संविधानको भविष्यमाथि नै प्रश्न ...
। ७३ वर्षीया वृद्धालाई भरुवा बन्दुक देखाएर धाकधम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङले दुई युवालाई पक्राउ गरेको छ । लेनदेनको विषयमा जन्तेढुंगा गाउँपालिका–५ चिसापानी छेतुवा खानीडाँडाकी वृद्धा दिलमायाँ बुढाथोकीलाई घरैमा गएर भरुवा बन्दुक देखाएर धाकधम्की दिने सोही ठाउँका सन्तोष राई र सन्देश राईलाई पक्राउ गरेको हो । असार १५ गते धाकधम्की दिएको जाहेरीको आधारमा राईद्वयलाई भरुवा ...