मुख्य समाचार
उड्डयनमन्त्री खडकराज पौडेलले हचुवाको भरमा विमानस्थल निर्माण गर्दा राज्यलाई ठूलो नोक्सानी हुन सक्ने बताए
उड्डयनमन्त्री खडकराज पौडेलले हचुवाको भरमा विमानस्थल निर्माण गर्दा राज्यलाई ठूलो नोक्सानी हुन सक्ने बताए

: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले हचुवाको भरमा विमानस्थल निर्माण गर्दा राज्यलाई ठूलो नोक्सानी हुन सक्ने बताएका छन् ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा मन्त्री पौडेलले विमानस्थललाई केवल यातायातको साधन मात्र नभई पर्यटन प्रवद्र्धनको माध्यम बनाउनु पर्ने भन्दै हचुवाको भरमा विमानस्थल निर्माण गर्दा राज्यलाई ठूलो नोक्सानी हुन सक्ने बताएका हुन् । पोखरा र भैरहवामा अत्याधुनिक अन्तराष्ट्रिय विमानस्थल निर्माण गरे पनि यात्रु अभावका कारण सञ्चालनमा समस्या भएको उनले बताए ।

उनले लक्ष्य अनुसार पर्यटकको संख्या भित्र्याउनका लागि आवश्यक पर्ने पूर्वाधारको विकास र नीतिगत व्यवस्थाको टुङ्गो लगाउनु पर्ने धारणा राखे । समग्र नागरिक उड्डयन क्षेत्रको विकास विना पर्यटनको दिगो विकास सम्भव नरहेको मन्त्री पौडेलको भनाइ छ । उनले पूर्णरूपमा विदेशी एअरलाइन्स वा निजी कम्पनीहरूमा मात्र भर परेर नेपाल जस्तो सानो मुलुकले नागरिक उड्डयन र पर्यटन क्षेत्रमा लामो फड्को मार्न नसक्ने समेत बताए ।



त्यस्तै मन्त्री पौडेलले नियमन अभावका कारण मसाज सेन्टरहरुमा बिकृति देखिएको भन्दै यस्ता क्षेत्रहरूलाई नियमनभित्र ल्याउने काम भइरहेको जानकारी दिए । मसाज सेन्टरहरू पर्यटन विभागमा दर्ता नभई सामान्य वडा, घरेलु वा अन्य निकायमा दर्ता भएर विना कुनै नियमन, तालिम र मापदण्ड चलिरहेको उनले बताए ।

मन्त्री पौडेलले आरोग्य पर्यटन वर्ष मनाइरहँदा यस क्षेत्रमा जथाभाबी काम गरिरहेका व्यक्तिहरूलाई उचित तालिम दिनु, योग्य बनाउनु, प्राज्ञिक रूपमा सम्पन्न गराउनु र व्यावसायिक रूपमा दक्ष बनाउनु अहिलेको आवश्यकता भएको धारणा राखे । बैठकमा समिति सदस्यहरुले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय बिमानस्थलाई नियमित सञ्चालन गर्न आवश्यक कदम चाल्न सरकारलाई सुझाव दिएका थिए । समिति सदस्य अभिषेकप्रताप शाहले अर्बौ खर्च गरि बनाइएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान निकै कम भएकाले आन्तरिक उडानका लागि पनि प्रयोग गर्न सुझाव दिए ।

त्यस्तै समिति सदस्य धनन्जय रेग्मीले अर्बौको लगानीमा बनेका विमानस्थलमा पनि धेरै कमजोरी देखिएका कारण सञ्चालनमा समस्या देखिएको बताए । भैरहवा र पोखरा जस्ता विमानस्थलहरूबाट वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई लक्षित गरिए पनि आवश्यक मेडिकल सेन्टर, भिसा सेन्टर र अध्यागमन जस्ता सेवाहरू प्रभावकारी रूपमा राख्न नसकिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सप्तरीमा आत्महत्या दुरुत्साहन मुद्दामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–४ सिलहट प्रसाहीका ४० वर्षीय रामेश्वर राम रहेको जनाएको छ । प्रहरीका अनुसार बोदेबरसाईन नगरपालिका–४ सिलहट प्रसाहीकी सरस्वती राम २०८३ असार १२ गते राति आफ्नै घरको सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको शव असार १३ गते बिहान ...
। उच्च अदालत जनकपुरले मधेश आन्दोलनका बेला घाइते सशस्त्र प्रहरी थमन विकलाई सांघातिक आक्रमण गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई ५ वर्ष कैद सजाय तोकेको छ । कामू मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले केही आरोपितहरुलाई सफाई दिने भनी जिल्ला अदालतले गरेको फैसला उल्ट्याउँदै कोइरीको हकमा पाँच वर्ष ...
। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका कारण उत्पन्न प्राकृतिक विपद् तथा खाद्य सुरक्षामा देखिएका चुनौतीप्रति अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराएकी छन् । उनले हिमनदीहरू तीव्र पग्लिने क्रम, हिमताल विस्फोटको जोखिम, जैविक विविधताको क्षयजस्ता विषयमा विश्वको ध्यानाकर्षण गराएकी हुन् । संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको वातावरण तथा विकास समितिको ...
: राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले लामो संघर्ष र योगदानबाट बनेको संविधानको भविष्यमाथि नै प्रश्न उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बुधबार काठमाडौंमा आयोजित पूर्व सांसद मञ्च, नेपालको २६ औैं वार्षिक साधारणसभामा अध्यक्ष दाहालले देशमा संघीयता र राष्ट्रिय सभाको औचित्यलाई लिएर विभिन्न कोणबाट बहसहरू भइरहेको र ठूलो संघर्ष र योगदानबाट बनेको संविधानको भविष्यमाथि नै प्रश्न ...
। ७३ वर्षीया वृद्धालाई भरुवा बन्दुक देखाएर धाकधम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङले दुई युवालाई पक्राउ गरेको छ । लेनदेनको विषयमा जन्तेढुंगा गाउँपालिका–५ चिसापानी छेतुवा खानीडाँडाकी वृद्धा दिलमायाँ बुढाथोकीलाई घरैमा गएर भरुवा बन्दुक देखाएर धाकधम्की दिने सोही ठाउँका सन्तोष राई र सन्देश राईलाई पक्राउ गरेको हो । असार १५ गते धाकधम्की दिएको जाहेरीको आधारमा राईद्वयलाई भरुवा ...