मुख्य समाचार
एआईबाट गीत तोडमोड गर्ने ९५ युट्युब च्यानलविरुद्ध साइबर ब्यूरोमा उजुरी
एआईबाट गीत तोडमोड गर्ने ९५ युट्युब च्यानलविरुद्ध साइबर ब्यूरोमा उजुरी

। एआईबाट आफ्ना मौलिक गीतलाई तोडमोड गरेर पुनरुत्पादन गर्ने तथा प्रतिलिपि अधिकार उल्लंघन गर्ने ९५ युट्युब च्यानलविरुद्ध कलाकार विमल अधिकारीले प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन् ।

केही दिनअघि उनले दर्ता गराएको उजुरीमा ती युट्युब च्यानलबाट क्षतिपूर्ति पाउनुपर्ने र कार्वाही हुनुपर्ने माग गरेका छन् । आफ्ना डेढसय जति गीतलाई एआईबाट तोडमोड गरेर सोसल मिडियामा हालिएको र अडियो प्लाटफर्ममा आफ्नो नाम दर्ता गरिएको गुनासो उनले गरे ।

‘मेरै आफ्नै ३ गीतमा कपिराइट स्ट्राइक आएका छन्’ विमलले अनलाइनखबरसँग भने, ‘क्षतिपूर्ति र कार्वाहीको माग गरेको छु ।’ आफ्नो यो अभियानमा वसन्त सापकोटा, शिव हमाल लगायतका अन्य कलाकारको साथ रहेको पनि उनले बताए ।

अन्य कलाकारलाई समेटेर सामूहिकरुपमा पनि उजुरी दिने तयारी रहेको उनले बताए । कामको कुरा गर्दा, विमल ‘ए होर माया ७’को म्यूजिक भिडियो छायांकनका लागि मनाङ जाँदैछन् । उनले अहिले ७ वटा तीजको गीतमा काम गरिसकेका छन् ।



गायक हमालले पनि संस्थागतरुपमै प्रतिलिपि अधिकार उल्लंघनविरुद्ध आफूहरू साइबर ब्यूरोमा जाने बताए । पपगायक सुगम पोखरेल र एक्स ब्यान्डका शिव मुखियाले सोसल मिडियाबाट यस्तो कार्यविरुद्ध आफू कानुनी उपचारमा जाने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अभिनेत्री तथा भाजपा सांसद कंगना रनावतले योगगुरु बाबा रामदेवको टिप्पणीप्रति आक्रोश व्यक्त गर्दै आफ्नो जवानी वा बेडरुमबारे सपना नदेख्न भनेकी छन् । कंगनाले ‘जेनेरेसन गटर’ सम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर बाबा रामदेवले त्यसलाई ‘बिग्रिएको दिमागको संकेत’ भनेपछि उनले प्रतिक्रिया जनाएकी हुन् । कंगनाले इन्स्टाग्राम स्टोरीमार्फत बाबा रामदेवलाई जवाफ दिँदै लेखेकी छन्, ‘बाबाजी, मेरो जवानी वा बेडरुमबारे ‘डे-ड्रिम’ ...
हलिउडमा शक्तिशाली जोडी धेरै छन्, तर यस गर्मी याममा जेन्डाया र टम हल्यान्डले एकैसाथ विश्वव्यापी बक्स अफिसमा कायम गरेको दबदबा फरक देखिएको छ । हलिउडमा दुई कलाकारले एकै समयमा विश्वव्यापी बक्स अफिसमा यसरी प्रभुत्व जमाएको विरलै देखिन्छ । टम हल्यान्ड र जेन्डाया अभिनीत ‘स्पाइडर-म्यानः ब्रान्ड न्यूडे’ले उत्तर अमेरिकामा ३५५ मिलियन डलर र विश्वभर ९२७ मिलियन डलरको ...
। गणेश पाण्डेद्वारा निर्देशित डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ ले अमेरिकाको जर्जियास्थित कोब इन्टरनेसनल फिल्म फेस्टिभलमा बेस्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ । अगस्ट ६ देखि ९ सम्म जर्जियाको मारिएट्टा सहरमा आयोजना भएको महोत्सवमा नेपालबाट सो फिल्म मात्र छनोट भएको थियो । महोत्सवका कार्यकारी निर्देशक तथा फेस्टिभल डाइरेक्टर डा. रिचर्ड टाभेनारोका अनुसार संसारभरबाट प्राप्त फिल्मको प्रतिस्पर्धामा ...
। सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका नवनियुक्त पदाधिकारीले सोमबार पदभार ग्रहण गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले शुक्रबार ब्रजेश खनाललाई कुलपतिको सपथ खुवाएका थिए । त्यसपछि खनालले सोमबार अन्य पदाधिकारीलाई सपथ ग्रहण गराएका हुन् । प्रतिष्ठानको उपकुलपतिमा ‘काफ्ले’ गीतबाट चर्चित गायिका झुमा लिम्बु, सदस्यसचिवमा भूपेन्द्रसिंह रायमाझी र प्राज्ञपरिषद् सदस्यमा राजन मुकारुङ, रेखा शाह गुरुङ, ...
। ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ नेपालमा धेरै कमाउने छैटौं विदेशी फिल्म बनेको छ । प्रदर्शनको ११ औं दिन आइतबारसम्म टम हल्यान्ड स्टारर फिल्मको ग्रस कलेक्सन १४ करोड रुपैयाँ नाघेको छ । शीर्ष १० को सूचीमा छैटौं स्थानमा उक्लिएको फिल्मले नेपाली बक्सअफिसमा धुरन्धर, कान्तारा, कल्की र धुरन्धर २ लाई उछिनेको छ । अब यसअघि जवान, एनिमल, आरआरआर, ...