मुख्य समाचार
एआईबाट गीत तोडमोड गर्ने ९५ युट्युब च्यानलविरुद्ध साइबर ब्यूरोमा उजुरी
एआईबाट गीत तोडमोड गर्ने ९५ युट्युब च्यानलविरुद्ध साइबर ब्यूरोमा उजुरी

। एआईबाट आफ्ना मौलिक गीतलाई तोडमोड गरेर पुनरुत्पादन गर्ने तथा प्रतिलिपि अधिकार उल्लंघन गर्ने ९५ युट्युब च्यानलविरुद्ध कलाकार विमल अधिकारीले प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन् ।

केही दिनअघि उनले दर्ता गराएको उजुरीमा ती युट्युब च्यानलबाट क्षतिपूर्ति पाउनुपर्ने र कार्वाही हुनुपर्ने माग गरेका छन् । आफ्ना डेढसय जति गीतलाई एआईबाट तोडमोड गरेर सोसल मिडियामा हालिएको र अडियो प्लाटफर्ममा आफ्नो नाम दर्ता गरिएको गुनासो उनले गरे ।

‘मेरै आफ्नै ३ गीतमा कपिराइट स्ट्राइक आएका छन्’ विमलले अनलाइनखबरसँग भने, ‘क्षतिपूर्ति र कार्वाहीको माग गरेको छु ।’ आफ्नो यो अभियानमा वसन्त सापकोटा, शिव हमाल लगायतका अन्य कलाकारको साथ रहेको पनि उनले बताए ।

अन्य कलाकारलाई समेटेर सामूहिकरुपमा पनि उजुरी दिने तयारी रहेको उनले बताए । कामको कुरा गर्दा, विमल ‘ए होर माया ७’को म्यूजिक भिडियो छायांकनका लागि मनाङ जाँदैछन् । उनले अहिले ७ वटा तीजको गीतमा काम गरिसकेका छन् ।



गायक हमालले पनि संस्थागतरुपमै प्रतिलिपि अधिकार उल्लंघनविरुद्ध आफूहरू साइबर ब्यूरोमा जाने बताए । पपगायक सुगम पोखरेल र एक्स ब्यान्डका शिव मुखियाले सोसल मिडियाबाट यस्तो कार्यविरुद्ध आफू कानुनी उपचारमा जाने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘काठमाडौं फिल्म फेस्टिभल २०८३’ शुक्रबारबाट सुरु हुँदैछ । काठमाडौंको मौलिक संस्कृति, परम्परा र सम्पदालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवको उद्‍घाटन शुक्रबार वसन्तपुरमा गरिने भएको छ । फेस्टिभलका भेन्यू वसन्तपुर, राष्ट्रिय सभा गृह, जय नेपाल हल, नेपाल पर्यटन बोर्ड र तारागाउँ नेक्स्ट म्युजियम बौद्ध रहेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै ...
। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई सबै चलचित्रकर्मीको साझा संस्था बनाउँदै चलचित्र क्षेत्रको विकासका लागि ठोस काम गर्न आग्रह गरेका छन् । बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितलाई आज मन्त्रालयलमा नियुक्तिपत्र हस्तान्तरणका अवसरमा उहाँले चलचित्रकर्मीहरूले बोर्ड सबैको साझा हुन सकेन भन्ने गुनासो रहेको उल्लेख गर्र्दै चलचित्रकर्मीहरूले वर्तमान सरकारबाट ठूलो अपेक्षा राखेको बताए । ‘चलचित्र ...
हलिउडका दिग्गज अभिनेता टम स्केरिटको निधन भएको छ । उनी ९३ वर्षका थिए । ‘एलियन’ र ‘टप गन’ जस्ता चर्चित फिल्ममा निर्वाह गरेका सम्झनलायक भूमिकाका कारण उनी दर्शकमाझ लोकप्रिय थिए । एमी अवार्ड विजेता स्केरिट टेलिभिजन शृङ्खला ‘पिकेट फेन्सेस’मा अभिनय गरेपछि झनै चर्चित बनेका थिए । छ दशक लामो अभिनय यात्रामा स्केरिटले फिल्म र टेलिभिजन दुवै ...
रियालिटी टेलिभिजन स्टार काइली जेनरले ५० मिलियन अमेरिकी डलर (करिब सात अर्ब ५९ करोड ७९ लाख रुपैयाँ) मूल्यको ब्रा लगाएर भिक्टोरियाज सिक्रेट फेसन शोमा डेब्यु गरेकी छन् । उनको यो प्रस्तुतिलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेको छ । मेकअप उद्योगकी चर्चित हस्ती जेनरले आइतबार लन्जरी ब्रान्ड भिक्टोरियाज सिक्रेटको वार्षिक फेसन शोमा सबैको ध्यान खिचिन् । डिजाइनरका ...
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...