मुख्य समाचार
विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने पाँच जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ
विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने पाँच जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ

। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने पाँच जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौंका ४१ वर्षीय रामदास महर्जन, काठमाडौंकै २९ वर्षीय सरिब गिरी, धादिङकी ३४ वर्षीया सन्तोषी लामा , सिन्धुपाल्चोकका ४२ वर्षीय वाङ्दी लामा र रामेछापका ३८ वर्षीय ललित बहादुर तामाङ रहेका छन् ।


महर्जनले संयुक्त अरब इमिरेट्स युएई पठाइदिने भन्दै ७ जना पीडितबाट कुल ४५ लाख रुपैयाँ ठगी गरेको, गिरीले क्यानडा पठाइदिने प्रलोभन देखाइ एक जना पीडितबाट २० लाख रुपैयाँ ठगी गरेको, धादिङकी लामाले स्पेन पठाइदिने भन्दै एक जनाबाट १५ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको, तामाङले कोसोभो पठाउने आश्वासन दिएर २ लाख ५० हजार रुपैयाँ ठगी गरेको र सिन्धुपाल्चोकका लामाले अजरबैजान पठाइदिने भन्दै ५० हजार रुपैयाँ ठगी गरेको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ परेका व्यक्तिहरूले पीडितहरूलाई वैदेशिक रोजगारीमा राम्रो कमाइ हुने प्रलोभन देखाइ लामो समयसम्म झुक्काएर राख्ने र रकम लिएपछि सम्पर्कविहीन हुने गरेको अनुसन्धानबाट खुलेको छ। पीडितहरूले दिएको जाहेरी दरखास्तका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सप्तरीमा आत्महत्या दुरुत्साहन मुद्दामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–४ सिलहट प्रसाहीका ४० वर्षीय रामेश्वर राम रहेको जनाएको छ । प्रहरीका अनुसार बोदेबरसाईन नगरपालिका–४ सिलहट प्रसाहीकी सरस्वती राम २०८३ असार १२ गते राति आफ्नै घरको सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको शव असार १३ गते बिहान ...
। उच्च अदालत जनकपुरले मधेश आन्दोलनका बेला घाइते सशस्त्र प्रहरी थमन विकलाई सांघातिक आक्रमण गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई ५ वर्ष कैद सजाय तोकेको छ । कामू मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले केही आरोपितहरुलाई सफाई दिने भनी जिल्ला अदालतले गरेको फैसला उल्ट्याउँदै कोइरीको हकमा पाँच वर्ष ...
। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका कारण उत्पन्न प्राकृतिक विपद् तथा खाद्य सुरक्षामा देखिएका चुनौतीप्रति अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराएकी छन् । उनले हिमनदीहरू तीव्र पग्लिने क्रम, हिमताल विस्फोटको जोखिम, जैविक विविधताको क्षयजस्ता विषयमा विश्वको ध्यानाकर्षण गराएकी हुन् । संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको वातावरण तथा विकास समितिको ...
: राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले लामो संघर्ष र योगदानबाट बनेको संविधानको भविष्यमाथि नै प्रश्न उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बुधबार काठमाडौंमा आयोजित पूर्व सांसद मञ्च, नेपालको २६ औैं वार्षिक साधारणसभामा अध्यक्ष दाहालले देशमा संघीयता र राष्ट्रिय सभाको औचित्यलाई लिएर विभिन्न कोणबाट बहसहरू भइरहेको र ठूलो संघर्ष र योगदानबाट बनेको संविधानको भविष्यमाथि नै प्रश्न ...
। ७३ वर्षीया वृद्धालाई भरुवा बन्दुक देखाएर धाकधम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङले दुई युवालाई पक्राउ गरेको छ । लेनदेनको विषयमा जन्तेढुंगा गाउँपालिका–५ चिसापानी छेतुवा खानीडाँडाकी वृद्धा दिलमायाँ बुढाथोकीलाई घरैमा गएर भरुवा बन्दुक देखाएर धाकधम्की दिने सोही ठाउँका सन्तोष राई र सन्देश राईलाई पक्राउ गरेको हो । असार १५ गते धाकधम्की दिएको जाहेरीको आधारमा राईद्वयलाई भरुवा ...