मुख्य समाचार
इङ्ल्यान्डले डिआर कंगोलाई पराजित गर्दै राउन्ड अफ १६ मा
इङ्ल्यान्डले डिआर कंगोलाई पराजित गर्दै राउन्ड अफ १६ मा

: फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) को खेलमा इङ्ल्यान्डले डिआर कंगोलाई पराजित गर्दै राउन्ड अफ १६ मा प्रवेश गरेको छ।

एटलान्टा स्टेडियममा भएको खेलमा इङ्ल्यान्डले डिआर कंगोलाई २–१ ले हराएको हो ‌ सौखेलको पहिलो हाफमा इङ्ल्यान्डविरुद्ध डिआर कंगोले १-० को अग्रता बनाएको थियो। दोस्रो हाफमा इङ्ल्यान्डले २ गोल गर्दै खेलमा जित दर्ता गरेको हो ‌। इङ्ल्यान्डको लागि दुवै गोल कप्तान ह्यारी केनले गरे।

खेलको ७ औं मिनेटमा डिआर कंगोले इङ्ल्यान्ड विरुद्ध गोल गर्दै अग्रता बनायो। कंगोको लागि ब्रायन सिपेंगाले बायाँ तर्फबाट निकै राम्रो फिनिस गरे।‌ यो गोल उनको पहिलो अन्तर्राष्ट्रिय गोल हो। खेलको ३५ औं मिनेटमा इङ्ल्यान्डले गरेको प्रहार कंगोका डिफेन्डरले गोल लाइनबाट क्लियर गरिदिए।

खेलको दोस्रो हाफको सुरुवाती समयदेखि नै इङ्ल्यान्ड पहिलो गोलको खोजीमा रहेको थियो।
दोस्रो हातको सुरुवाती समयदेखि नै इङ्ल्यान्डले दबाब बनाउँदा कंगो भने डिफेन्समा उत्रिएको थियो। खेलको ७५ औं मिनेटमा इङ्ल्यान्डले गोल फर्कायो। ल्यान्डका लागि कप्तान हरिकेनले हेडर मार्फत गोल गर्दै इङ्ल्यान्डलाई खेलमा फर्काए।

कप्तान केनले खेलको ८६ औं मिनेटमा दोस्रो गोल गर्दै टिमलाई अग्रतामा ल्याए। ३ जना डिफेन्डरलाई बिट गर्दै केनले उत्कृष्ट फिनिस गरे।

सुरुवाती अग्रता जोगाउन नसक्दा डिआर कंगो भने विश्वकपबाट बाहिरिएको छ। डिआर कंगोलाई हराएसँगै आइतबार मेक्सिकोसँग मेक्सिको सिटी स्टेडियममा खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...