मुख्य समाचार
राष्ट्रिय मानव अधिकार आयोगले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टीको सदस्यता बाँडेको विषयमा रास्वपासँग स्पष्टिकरण सोधे
राष्ट्रिय मानव अधिकार आयोगले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टीको सदस्यता बाँडेको विषयमा रास्वपासँग स्पष्टिकरण सोधे

। राष्ट्रिय मानव अधिकार आयोगले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टीको सदस्यता बाँडेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सँग स्पष्टिकरण सोधेको छ ।

विभिन्न ठाँउबाट आयोगलाई त्यसबारेमा जानकारी आएको भन्दै आयोगले गत सोमबार जानकारी पेस गर्न रास्वपाको केन्द्रिय कार्यालयमा पत्राचार गरेको हो ।

आयोगले पत्रमा ‘बालबालिकाहरूलाई पार्टी सदस्यको रूपमा संगठित गरेको’ भन्ने समाचारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रकाशित समाचारका बारेमा धारणा पेस गर्न भनेको हो ।

पार्टीको महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा बालबालिकालाई सदस्यता बाँडेको भन्ने विवरण उल्लेख भएको र त्यो काम प्रचलित कानुन र नेपालको अन्तराष्ट्रिय प्रतिबद्धताविपरीत हुने भन्दै आयोगले रास्वपाको जवाफ मागेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले सो क्षेत्रमा खानी उत्खनन सम्बन्धमा कुनै पनि पक्षसँग कुनै प्रकारको सहमति वा सम्झौता नभएको जानकारी गराएका हुन् । मन्त्री खनालले केही डिजिटल ...
। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले संसदीय शासन प्रणाली असफल भइसकेको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नेपालको सन्दर्भमा उपयुक्त विकल्प भएको बताएका छन् । बुधबार पूर्वसांसद मञ्च, नेपालको ६६ औँ वार्षिक साधारणसभामा बोल्दै उनले २०१५ सालदेखि हालसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षे कार्यकाल पूरा गर्न नसकेको र संसदसमेत पूर्ण कार्यकाल चल्न नसकेको भन्दै संसदीय ...
। सर्वोच्च अदालतले दुग्ध विकास संस्थानका तत्कालीन प्रबन्ध निर्देशक शत्रुघ्नप्रसाद साहलाई गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा दोषी ठहर गरेको छ । न्यायाधीशहरू विनोद शर्मा र शान्तिसिंह थापाको इजलासले साहलाई गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर गर्ने विषय अदालतको फैसलालाई सदर गरेको हो । अख्तियारले वैशाख, २०७३ मा दुग्ध विकास संस्थानका प्रबन्धक शत्रुघ्न प्रसाद साह ...
। नेकपा (एमाले)का पूर्वउपाध्यक्ष युवराज ज्ञवालीले बालेन शाह नेतृत्वको सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोजेको आरोप लगाउँदै यसका विरुद्ध खबरदारी आवश्यक रहेको बताएका छन् । बुधबार पूर्वसांसद मञ्च, नेपालको ६६ औँ वार्षिक साधारणसभामा सभामा बोल्दै उनले सरकारको कार्यशैली र गतिविधिले संविधान र लोकतान्त्रिक व्यवस्था संकटमा पर्नसक्ने देखिएको टिप्पणी गरे । सत्तारुढ दलले संघीयता ...
। बाजुराको मार्तडी–कोल्टी सडकखण्डअन्तर्गत ढम्कने–कोल्टी खण्डमा कालोपत्रेको काम अलपत्र परेको छ । निर्माण कम्पनीले काम नगर्दा चालु आर्थिक वर्षको २० करोड रकम फिर्ता हुन लागेको छ । पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जंगबहादुर थापाका अनुसार निर्माण कम्पनीले समयमै काम नगरेपछि धरौटी वापतको ३ करोड ६ लाख रुपैयाँ बैंकबाट तानिसकिएको छ भने १२ करोड रुपैयाँ असुलीका लागि ...