मुख्य समाचार
गुगलले आफ्नो ‘जेमिनी स्पार्क’ लाई अझ बढी उपयोगी र शक्तिशाली बनाउनका लागि नयाँ अपडेटहरू सार्वजनिक
गुगलले आफ्नो ‘जेमिनी स्पार्क’ लाई अझ बढी उपयोगी र शक्तिशाली बनाउनका लागि नयाँ अपडेटहरू सार्वजनिक

। गुगलले आफ्नो ‘जेमिनी स्पार्क’ लाई अझ बढी उपयोगी र शक्तिशाली बनाउनका लागि नयाँ अपडेटहरू सार्वजनिक गरेको छ।

यस अन्तर्गत म्याक कम्प्युटरका लागि नयाँ डेस्कटप एक्सपेरियन्स, विभिन्न लोकप्रिय एपहरूसँगको आबद्धता र रियल-टाइम इन्फरमेसन ट्र्याक गर्ने जस्ता उत्कृष्ट सुविधाहरू थपिएका छन्।




पहिलो मुख्य अपडेट अन्तर्गत गुगलले म्याक प्रयोगकर्ताका लागि ‘जेमिनी म्याकओएस’ एपमा स्पार्कलाई समावेश गरेको छ। यसले कम्प्युटरभित्र धेरै समय लाग्ने झन्झटिला कामहरूलाई अटोमेट गर्न मद्दत गर्नेछ।

अब जेमिनी स्पार्क सामान्य च्याट विन्डोभन्दा बाहिर निस्केर कम्प्युटरमा रहेका फाइल र एपहरूमा सिधै काम गर्न सक्षम भएको छ।



उदाहरणका लागि प्रयोगकर्ताले आफ्नो डाउनलोड फोल्डरमा रहेका विभिन्न पीडीएफ फाइलहरूलाई वर्गीकरण गरी छुट्टाछुट्टै फोल्डरमा राख्न जेमिनी स्पार्कलाई निर्देशन दिन सक्छन्। यसले घण्टौँ लाग्ने सो काम तुरुन्तै गरिदिनेछ।

यसका साथै जेमिनी स्पार्कले कम्प्युटरको डेस्कटप र गुगल वर्कस्पेसलाई आपसमा जोड्नेछ। प्रयोगकर्ताले कम्प्युटरमा सेभ गरिएका पछिल्ला बिल वा इन्भोइसहरू प्रयोग गरेर बजेट स्प्रेडसिट बनाउन र त्यसलाई नियमित अपडेट गर्ने तालिका मिलाउन जेमिनी स्पार्कलाई भन्न सक्छन्।

प्रयोगकर्ताको डेटा सुरक्षित राख्नका लागि जेमिनी स्पार्कले अनुमति दिएका फाइलहरूमा मात्र पहुँच पाउनेछ।

यो फिचरमा छिट्टै ‘रिमोट टास्क’ सुविधा पनि थपिँदै छ। प्रयोगकर्ताले आफ्नो मोबाइल फोनबाटै कम्प्युटरका लागि विभिन्न चरणका कामहरू सुम्पन सक्नेछन्। जस्तै आफ्नो म्याक कम्प्युटरमा रहेको कुनै निश्चित सेल्स रिपोर्ट खोज्न, त्यसबाट कुल आम्दानीको विवरण निकाल्न र सो विवरण इमेलमार्फत आफूलाई पठाउन मोबाइलबाटै निर्देशन दिन सकिनेछ।

प्रयोगकर्ता बाहिर रहेको अवस्थामा पनि कम्प्युटरले सो काम आफैँ सम्पन्न गर्नेछ। म्याकओएसका लागि जेमिनी स्पार्क अहिले अमेरिकामा १८ वर्षभन्दा माथिका ‘गुगल एआई अल्ट्रा’ सब्सक्राइबरहरूका लागि बिटा भर्सनमा उपलब्ध गराइएको छ।


दोस्रो अपडेट अन्तर्गत जेमिनी स्पार्कलाई प्रयोगकर्ताले दैनिक प्रयोग गर्ने अन्य धेरै लोकप्रिय एपहरूसँग जोडिएको छ। अब यसले गुगल टास्क्स र गुगल किपसँग मिलेर काम गर्नेछ।

यसले गर्दा गुगल किपमा केरमेट गरिएका वा टिपिएका विभिन्न नोटहरूलाई स्क्यान गरी गुगल टास्क्समा गर्नुपर्ने कामको सूची (एक्सन आइटम्स) मा परिणत गर्न सहज हुनेछ। यसका साथै क्यानभा, ड्रपबक्स , इन्स्टाकार्ट, ओपनटेबल र जिलो रेन्टल्ससँग पनि यसको इन्टिग्रेशन सुरु गरिएको छ।

यसबाट प्रयोगकर्ताले सजिलै कस्टम फ्लायर डिजाइन गर्न, फाइलहरू सेयर गर्न, रेष्टुरेन्टमा डिनर टेबल बुक गर्न, साप्ताहिक खाद्यान्न अर्डर गर्न वा कोठा तथा अपार्टमेन्ट हेर्नका लागि समय बुक गर्न सक्नेछन्।

यी कनेक्टेड एपहरू यसै हप्ता वेब र मोबाइलमा उपलब्ध हुनेछन् भने आगामी हप्ताहरूमा म्याकओएस एपमा पनि जोडिनेछन्। यसका साथै यसमा कस्टम ‘मोडल कन्टेक्स्ट प्रोटोकल’ को सपोर्ट पनि थपिएको छ, जसले प्रयोगकर्तालाई आफ्नो इच्छा अनुसारका एपहरू सिधै स्पार्कसँग जोडेर व्यक्तिगत असिस्टेन्ट बनाउने सुविधा दिनेछ।



अन्तिम अपडेट अन्तर्गत जेमिनी स्पार्कलाई विभिन्न विषय र घटनाहरू रियल-टाइममा ट्र्याक गर्ने बौद्धिक क्षमता दिइएको छ। उदाहरणका लागि आफ्नो मनपर्ने फुटबल टोलीको खेल सकिने बित्तिकै खेलको हाइलाइट्स र विश्लेषणको ताजा जानकारी यसले तुरुन्तै उपलब्ध गराउनेछ।

त्यस्तै कुनै कम्पनीको स्टक निश्चित बिन्दुमा पुग्ने बित्तिकै विस्तृत वित्तीय रिपोर्ट पठाउन पनि यसलाई कमान्ड दिन सकिनेछ। प्रयोगकर्ताले अब आफ्नो इमेलका साथै विभिन्न ब्लग, न्युज साइट, सामाजिक सञ्जाल, फाइनान्स, सपिङ, मौसम र खेलकुदका गतिविधिमा नजर राख्न जेमिनी स्पार्कलाई भन्न सक्छन्, जसले गर्दा जानकारीका लागि बारम्बार स्क्रिन रिफ्रेस गरिरहनु पर्ने झन्झट हट्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
गुगलले आफ्नो नयाँ ल्यापटप ‘गुगलबुक’ सार्वजनिक रूपमा प्रस्तुत गर्ने मिति तय गरेको छ । कम्पनीले आगामी १५ सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्क शहरमा प्रत्यक्ष मिडिया कार्यक्रम आयोजना गर्ने जनाएको छ । कार्यक्रममा गुगलले गुगलबुकको सफ्टवेयर, जेमिनी एआईसँगको एकीकरण तथा यसको मूल एन्ड्रोइड कोडबेसबारे विस्तृत जानकारी दिनेछ । सहभागी पत्रकारहरूले लेनोभो, एएसयूएस र एचपीलगायत साझेदार कम्पनीहरूले तयार पारेका गुगलबुक ...
। फेसबुकको माउ कम्पनी मेटाले आफ्ना स्मार्ट चश्माहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र फेस रिकग्निसन प्रविधि जोड्ने तयारी गरिरहेको छ । अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयमा हालै सार्वजनिक भएको एक नयाँ पेटेन्ट आवेदनबाट मेटाले यसमा काम अघि बढाइरहेको खुलासा भएको हो । गत फेब्रुअरीमा दर्ता गरिएको र हालै सार्वजनिक भएको ४४ पानाको उक्त पेटेन्ट कागजातमा मेटाको नयाँ प्रणालीले ...
। मेटा (फेसबुकको माउ कम्पनी) ले विश्वभर किशोरकिशोरीहरूलाई सामाजिक सञ्जालबाट रोक लगाउने कानुनको विरोध गर्न र आफ्नो ‘टीन अकाउन्ट’ लाई सुरक्षित देखाउन इन्फ्लुएन्सरहरूलाई पैसा तिरेर प्रचार गरेको एक नयाँ रिपोर्टले खुलासा गरेको छ । डिजिटल अधिकार समूह ‘टेक ट्रान्सपरेन्सी प्रोजेक्ट’ (टीटीए) को रिपोर्ट अनुसार, जब–जब कुनै देशमा १६–१८ वर्षमुनिका किशोरहरूलाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुनको ...
: सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाविरुद्ध बालबालिकाको गोपनीयता उल्लंघन र मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको अभियोगमा अमेरिकाको क्यालिफोर्नियास्थित अदालतमा औपचारिक सुनुवाइ सुरु भएको छ। क्यालिफोर्नियाको अकल्यान्डस्थित फेडरल कोर्टमा न्यायाधीश इभोन गोन्जालेज रोजर्सको इजलासमा यो ऐतिहासिक मुद्दाको प्रक्रिया अघि बढेको हो। अमेरिकाका विभिन्न २९ राज्यहरूले दर्ता गरेको यो संयुक्त याचिकाको नेतृत्व क्यालिफोर्निया, कोलोराडो, ...
युट्युबले आफ्नो भ्युज गन्ने तरिका परिवर्तन गरेको छ । पहिले भिडियो कम्तीमा ३० सेकेन्ड हेरेपछि मात्र एक भ्यू गनिन्थ्यो । अब भने भिडियो प्ले हुनेबित्तिकै वा लाइभ स्ट्रिममा कसैले जोडिने बित्तिकै तुरुन्तै भ्यू गणना हुन्छ । विभिन्न प्रकारका सामग्री (लामो भिडियो, सर्ट्स, लाइभ) मा फरक फरक तरिकाले भ्यू गनिँदा धेरै अन्योल हुने गुनासो क्रियटरहरूले गरेका थिए । ...