मुख्य समाचार
मार्कीचोक–भरतपुर खण्डमा २३ असारदेखि विद्युत् परीक्षण सेवा सुरु हुने
मार्कीचोक–भरतपुर खण्डमा २३ असारदेखि विद्युत् परीक्षण सेवा सुरु हुने

। मार्कीचोक–भरतपुर खण्डमा २३ असारदेखि विद्युत् परीक्षण सेवा सुरु हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत सो सेवा परीक्षणका रूपमा सुरु गर्न लागिएको हो ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै आगामी २३३ असारदेखि उक्त प्रसारण लाइनमा २२० किलो भोल्ट क्षमताको विद्युत् प्रवाह गरी परीक्षण गरिने जनाएको छ ।

युरोपियन बैंकको ऋण सहयोग तथा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मार्कीचोक–भरतपुर खण्डको निर्माण सम्पन्न भएको छ ।

राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्ने उद्देश्यले तनहुँको मार्कीचोकस्थित न्यू मस्र्याङ्दी सबस्टेसनदेखि चितवनको आँपटारीस्थित न्यू भरतपुर सबस्टेसनसम्म २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत विद्युत् प्रवाह गरी परीक्षण गरिने आयोजना प्रमुख नारायण रेग्मीले जानकारी दिए ।

विद्युत् प्रवाह सुरु भएसँगै प्रसारण लाइन तथा त्यससँग सम्बन्धित संरचना उच्च जोखिमयुक्त हुने भएकाले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्राधिकरणले प्रसारण लाइनका टावरमा नचढ्न, कुनै वस्तुले नछुन, टावर वरपर अनावश्यक रूपमा नजान तथा चौपायलाई टावर नजिक चराउन वा छोड्न नदिन अनुरोध गरेको छ ।

प्रसारण लाइनको रुट तनहुँ, गोरखा र चितवन जिल्लाका विभिन्न क्षेत्र हुँदै गएको छ । तनहुँमा आँबुखैरेनी गाउँपालिका वडा नम्बर २, ३, ४ र ५, गोरखामा गोरखा नगरपालिका–१४ याङ्कोट क्षेत्र तथा चितवनमा भरतपुर महानगरपालिका–२९ अन्तर्गत जुगेडी, चौकीडाँडा क्षेत्र र इच्छाकामना गाउँपालिका–६ अन्तर्गत रिग्दीखोला क्षेत्र प्रसारण लाइनको प्रभाव क्षेत्रभित्र पर्नेछन् ।

मार्कीचोक–भरतपुर प्रसारण लाइन खण्डको ठेक्का लिएको चिनियाँ कम्पनी पिङ्गाओ ग्रुप अफ कम्पनीले छनोट गरेको ‘सब– कन्ट्र्याक’बाट समयमै काम सम्पन्न गरी लाइन सञ्चालनमा ल्याउने अवस्था नदेखिएपछि निजी क्षेत्रका जलविद्युत् आयोजनाले आफैँ ‘सब–कन्ट्र्याक’ लिएर निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले सो क्षेत्रमा खानी उत्खनन सम्बन्धमा कुनै पनि पक्षसँग कुनै प्रकारको सहमति वा सम्झौता नभएको जानकारी गराएका हुन् । मन्त्री खनालले केही डिजिटल ...
। राष्ट्रिय मानव अधिकार आयोगले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टीको सदस्यता बाँडेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सँग स्पष्टिकरण सोधेको छ । विभिन्न ठाँउबाट आयोगलाई त्यसबारेमा जानकारी आएको भन्दै आयोगले गत सोमबार जानकारी पेस गर्न रास्वपाको केन्द्रिय कार्यालयमा पत्राचार गरेको हो । आयोगले पत्रमा ‘बालबालिकाहरूलाई पार्टी सदस्यको रूपमा संगठित गरेको’ भन्ने समाचारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रकाशित समाचारका ...
। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले संसदीय शासन प्रणाली असफल भइसकेको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नेपालको सन्दर्भमा उपयुक्त विकल्प भएको बताएका छन् । बुधबार पूर्वसांसद मञ्च, नेपालको ६६ औँ वार्षिक साधारणसभामा बोल्दै उनले २०१५ सालदेखि हालसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षे कार्यकाल पूरा गर्न नसकेको र संसदसमेत पूर्ण कार्यकाल चल्न नसकेको भन्दै संसदीय ...
। सर्वोच्च अदालतले दुग्ध विकास संस्थानका तत्कालीन प्रबन्ध निर्देशक शत्रुघ्नप्रसाद साहलाई गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा दोषी ठहर गरेको छ । न्यायाधीशहरू विनोद शर्मा र शान्तिसिंह थापाको इजलासले साहलाई गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर गर्ने विषय अदालतको फैसलालाई सदर गरेको हो । अख्तियारले वैशाख, २०७३ मा दुग्ध विकास संस्थानका प्रबन्धक शत्रुघ्न प्रसाद साह ...
। नेकपा (एमाले)का पूर्वउपाध्यक्ष युवराज ज्ञवालीले बालेन शाह नेतृत्वको सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोजेको आरोप लगाउँदै यसका विरुद्ध खबरदारी आवश्यक रहेको बताएका छन् । बुधबार पूर्वसांसद मञ्च, नेपालको ६६ औँ वार्षिक साधारणसभामा सभामा बोल्दै उनले सरकारको कार्यशैली र गतिविधिले संविधान र लोकतान्त्रिक व्यवस्था संकटमा पर्नसक्ने देखिएको टिप्पणी गरे । सत्तारुढ दलले संघीयता ...