मुख्य समाचार
विश्वकपबाट बाहिरिएपछि नेदरल्यान्ड्सका प्रशिक्षक कोम्यानले दिए राजीनामा
विश्वकपबाट बाहिरिएपछि नेदरल्यान्ड्सका प्रशिक्षक कोम्यानले दिए राजीनामा

। फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ बाट बाहिरिएपछि नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले पदबाट राजीनामा दिएका छन् ।

मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि डच टोलीका तीन खेलाडीमाथि सामाजिक सञ्जालमा जातीय तथा घृणायुक्त टिप्पणी भएको घटनापछि यो निर्णय आएको हो ।

मोन्टेरेमा भएको खेल निर्धारित र अतिरिक्त समयसम्म १–१ को बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा जस्टिन क्लुइभर्ट, क्विन्टेन टिम्बर र क्राइसेन्सियो समरभिलले पेनाल्टी गोल गर्न सकेनन् । त्यसपछि उनीहरू सामाजिक सञ्जालमा जातीय विभेद, घृणायुक्त र अपमानजनक टिप्पणीको सिकार बनेका थिए ।

६३ वर्षीय कोम्यानले नेदरल्यान्ड्सको प्रशिक्षकका रूपमा आफ्नो दोस्रो कार्यकाल पनि टुंग्याएका हुन् । इन्स्टाग्राममार्फत उनले विश्वकपमा इतिहास रच्ने सपना पूरा हुन नसकेको भन्दै आफू सबैभन्दा बढी निराश भएको उल्लेख गरेका छन् ।

उनले पछिल्ला केही वर्षले फुटबलभन्दा जीवनका अन्य पक्ष महत्वपूर्ण हुने महसुस गराएको पनि बताएका छन् । उनकी पत्नी बार्टिना कोम्यान स्तन क्यान्सरसँग संघर्ष गरिरहेकी छन् ।

यता, नेदरल्यान्ड्स फुटबल संघ (केएनभीबी) ले खेलाडीमाथि जातीय दुर्व्यवहार गर्ने व्यक्तिविरुद्ध कानुनी कारबाही अघि बढाउने जनाएको छ । संघले यस्ता टिप्पणीहरूलाई ‘अत्यन्तै घृणित’ भन्दै उजुरी परेपछि कानुनी टोलीले ती अभिव्यक्ति दण्डनीय अपराध भए/नभएको मूल्यांकन गर्ने र आवश्यक परे सरकारी अभियोजन कार्यालयमार्फत फौजदारी अनुसन्धान अघि बढाइने जनाएको छ ।

यसअघि पनि सन् २०२१ को युरो कपको फाइनलमा पेनाल्टी गुमाएका इङ्ल्यान्डका मार्कस रासफोर्ड, बुकायो साका र जेडन सान्चोमाथि यस्तै जातीय दुर्व्यवहार भएको थियो । त्यस घटनामा दुई जनालाई जेल सजाय नै सुनाइएको थियो ।

केएनभीबीले फुटबलले विभिन्न समुदायका मानिसलाई एकताबद्ध गर्ने खेल भएकाले कुनै पनि प्रकारको विभेद फुटबलको मूल मूल्यविपरीत हुने स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम