मुख्य समाचार
चार वर्षपछि विम्बल्डनमा सनसनीपूर्ण पुनरागमन गरेकी अमेरिकी टेनिस महान खेलाडी सेरेना विलियम्स पहिलो चरणबाटै बाहिरिए
चार वर्षपछि विम्बल्डनमा सनसनीपूर्ण पुनरागमन गरेकी अमेरिकी टेनिस महान खेलाडी सेरेना विलियम्स पहिलो चरणबाटै बाहिरिए

। चार वर्षपछि विम्बल्डनमा सनसनीपूर्ण पुनरागमन गरेकी अमेरिकी टेनिस महान खेलाडी सेरेना विलियम्स पहिलो चरणबाटै बाहिरिएकी छन् ।

४४ वर्षीया सेरेना मंगलबार भएको पहिलो चरणको प्रतिस्पर्धामा अस्ट्रेलियाकी २० वर्षीया माया जोइन्टसँग ६-३, ६-७ (८-६), ६-३ ले पराजित भइन् ।

सन् २०२२ मा पहिलो चरणमै हार बेहोरेपछि सेन्टर कोर्टलाई अन्तिम बिदाइ गरेको अनुमान गरिएको सेरेना १,४६२ दिनपछि पुनः विम्बल्डनको कोर्टमा फर्किएकी थिइन् । सात पटककी विम्बल्डन एकल तथा छ पटककी महिला युगल च्याम्पियन सेरेनाले दर्शकबाट भव्य स्वागत पाएकी थिइन् ।

खेलमा उनले एक म्याच प्वाइन्ट जोगाउँदै दोस्रो सेट टाइब्रेकमा जितेर खेल निर्णायक सेटमा पुर्‍याएकी थिइन् । तर अन्तिम सेटमा माया जोइन्टले संयमित प्रदर्शन गर्दै ऐतिहासिक जित निकालिन् ।

२४ वर्ष जेठी सेरेनालाई हराएपछि जोइन्टले खेलअघि निकै तनावमा रहेको बताइन् ।

‘हिजो राति २ बजेसम्म निदाउन सकिनँ। कोर्टमा प्रवेश गर्दा वार्मअप नै बिर्सिएँ, खुट्टा चलिरहेका थिएनन् । अहिले के भयो भन्ने नै थाहा छैन,’ उनले भनिन् ।

यता सेरेनाले अनिवार्य पत्रकार सम्मेलनमा सहभागी नभई विज्ञप्तिमार्फत विम्बल्डनमा फर्किन पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिइन् ।

‘विम्बल्डनमा फेरि फर्किन पाउँदा निकै राम्रो लाग्यो। म यहाँ फेरि खेल्नेछु भन्ने सोचेकी थिइनँ। वातावरण अद्भुत थियो र कोर्टमा फर्किएको क्षणलाई मैले पूरा रूपमा महसुस गरें’ सेरेनाले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम