मुख्य समाचार
जर्सी बेचेर परिवार चलाएका गिल, जो बने जर्मनीलाई नकआउट गर्दाका नायक
जर्सी बेचेर परिवार चलाएका गिल, जो बने जर्मनीलाई नकआउट गर्दाका नायक

। केही वर्षअघि परिवारको खर्च धान्न आफ्नै जर्सी र फुटबल सामग्री बेच्न बाध्य भएका पाराग्वेका गोलरक्षक ओरलान्डो गिल अहिले फिफा विश्वकप २०२६ का नायक बनेका छन् ।

जर्मनीविरुद्ध राउन्ड अफ ३२ को खेलमा ६ फिट ६ इन्च अग्ला गिलले पेनाल्टी सुटआउटमा दुई प्रहार बचाउँदै पाराग्वेलाई विश्वकप इतिहासकै दोस्रो नकआउट जित दिलाए । उत्कृष्ट प्रदर्शनपछि उनले ‘प्लेयर अफ द म्याच’ अवार्ड पनि जिते ।

२६ वर्षीय गिलले जनवरी २०२५ सम्म सिनियर क्लब फुटबलमा जम्मा तीन खेल मात्रै खेलेका थिए । तर अहिले उनी विश्वकपकै उत्कृष्ट गोलरक्षकमध्ये एकका रूपमा चिनिएका छन् ।

गिलले पाराग्वेका क्लब १३ दे जुनियोर र सीएस सान लोरेन्जोको युवा टोलीबाट खेल्दै सन् २०१९ मा यू–२० दक्षिण अमेरिकी च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । उनले सन् २०२० मा सिनियर टोलीबाट डेब्यु गरे पनि त्यसपछि लामो समय अवसर पाएनन् ।

सन् २०२२ मा उनकी पत्नी मेलिसा अवालोस गर्भवती भइन् । बच्चा समयअघि जन्मिने अवस्था आएपछि पत्नीको जटिल शल्यक्रिया गर्नुपर्‍यो भने नवजात छोरा लाउटारोलाई सघन उपचार कक्ष (आईसीयू) मा राख्नुपर्‍यो ।

त्यो कठिन समयमा परिवारको उपचार खर्च जुटाउन गिलले आफ्ना खेल सामग्री, जुत्ता र पाराग्वे यू–२० टोलीको सम्झनास्वरूप राखेको जर्सीसमेत बेच्नुपरेको थियो । उनकी पत्नीले पछि सामाजिक सञ्जालमार्फत ‘हामीसँग केही थिएन, ओरलान्डोले परिवारका लागि सबै कुरा बेचिदिए’ भन्दै त्यस समयको पीडा सुनाएकी थिइन् ।

छोराको जन्म भएको करिब एक वर्षपछि अर्जेन्टिनी शीर्ष डिभिजन क्लब सान लोरेन्जोले उनलाई ऋण सम्झौतामा अनुबन्ध गर्‍यो । सन् २०२४ मा रिजर्भ टोलीबाट खेलेका गिल सन् २०२५ मा पहिलो रोजाइका गोलरक्षक बने र त्यही प्रदर्शनका आधारमा पाराग्वेका प्रशिक्षक गुस्ताभो अल्फारोको नजरमा परे ।

मार्च र जुनमा राष्ट्रिय टोलीमा बोलाइएका गिलले सेप्टेम्बरमा पेरुविरुद्ध विश्वकप छनोटको अन्तिम खेलबाट सिनियर अन्तर्राष्ट्रिय डेब्यू गरे । त्यसपछि पाँच मैत्रीपूर्ण खेल खेलेर उनले विश्वकपअघि पहिलो रोजाइको गोलरक्षकको स्थान सुरक्षित बनाए ।

विश्वकपको पहिलो खेलमा अमेरिकासँग ४–१ ले पराजित भए पनि त्यसयता गिलले तीन खेलमा अतिरिक्त समयसहित केवल एक गोल मात्र खाएका छन् । उनले विपक्षीका १७ अन टार्गेट प्रहारमध्ये १६ वटा बचाएका छन् ।

जर्मनीविरुद्धको पेनाल्टी सुटआउटमा दुई उत्कृष्ट बचाउ गर्दै पाराग्वेलाई अगाडि पुर्‍याएका गिलले ‘प्लेयर अफ द म्याच’ अवार्ड आफ्ना परिवारलाई समर्पण गरेका छन् ।

विशेषगरी अस्पतालमा उपचाररत आफ्ना भतिजा अलेक्जेन्डरलाई सम्झँदै उनले भने, ‘अलेक्जेन्डर, यो अवार्ड तिम्रो लागि हो। छिट्टै निको होऊ। तिम्रो गडफादर टाढाबाट पनि तिम्रो साथमा छ ।’

परिवार बचाउन आफ्ना सबै सम्झनाहरू बेच्न बाध्य भएका गिल अहिले भने विश्व फुटबलकै सबैभन्दा ठूलो मञ्चमा पाराग्वेको आशा बनेर चम्किरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम