मुख्य समाचार
एस्टन भिल्ला, चेल्सी नटिङहम र न्युकासललाई यूईएफएको जरिवाना
एस्टन भिल्ला, चेल्सी नटिङहम र न्युकासललाई यूईएफएको जरिवाना

। युरोपेली फुटबल महासंघ (यूईएफए) ले आर्थिक नियम उल्लंघन गरेको भन्दै इंग्लिस क्लब एस्टन भिल्लालाई २ करोड २५ लाख युरो (करिब १९.४ मिलियन पाउन्ड) जरिवाना गरेको छ ।

यूईएफएको स्क्वाड–कस्ट नियमको सन् २०२५ मा ‘गम्भीर उल्लंघन’ गरेको निष्कर्षपछि भिल्लामाथि जरिवानासँगै अर्को सिजनको च्याम्पियन्स लिगका लागि नयाँ खेलाडी दर्तामा पनि प्रतिबन्ध लगाइएको हो ।

जरिवानामध्ये १ करोड ५० लाख युरो (१२.९ मिलियन पाउन्ड) भने शर्तसहित स्थगित गरिएको छ । यदि क्लबले सन् २०२६ सम्म आफ्नो स्क्वाड खर्चको अनुपात उल्लेखनीय रूपमा घटाउन सकेन भने यो रकम पनि तिर्नुपर्नेछ ।

यो निर्णय गत वर्ष लगाइएको शर्तसहितको सजायकै निरन्तरता हो । जुलाई २०२५ मा पनि भिल्लालाई १ करोड १० लाख युरो जरिवाना गरिएको थियो भने थप १ करोड ५० लाख युरो तीन वर्षभित्र आर्थिक नियम पालना गरेमा मात्र छुट हुने व्यवस्था गरिएको थियो ।

यस्तै, आर्थिक नियम उल्लंघन गर्ने अन्य तीन प्रिमियर लिग क्लब पनि कारबाहीमा परेका छन् । चेल्सीलाई ३० लाख युरो जरिवाना गरिएको छ, जसमध्ये २० लाख युरो सर्तसहित स्थगित गरिएको छ।

नटिङहम फरेस्टले २५ लाख युरो जरिवाना तिर्नुपर्ने भएको छ भने न्युक्यासल युनाइटेडलाई ३० लाख युरो जरिवाना गरिएको छ ।

यसबाहेक, यूईएफएको फुटबल आम्दानी सीमा भन्दा बढी खर्च गरेको विषयमा न्युक्यासलले छुट्टै सम्झौता गरेको छ । त्यसअनुसार क्लबले थप १ करोड युरो जरिवाना तिर्नुपर्नेछ, जसमध्ये ७० लाख युरो आगामी तीन वर्षसम्म शर्तसहित स्थगित रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...