मुख्य समाचार
एस्टन भिल्ला, चेल्सी नटिङहम र न्युकासललाई यूईएफएको जरिवाना
एस्टन भिल्ला, चेल्सी नटिङहम र न्युकासललाई यूईएफएको जरिवाना

। युरोपेली फुटबल महासंघ (यूईएफए) ले आर्थिक नियम उल्लंघन गरेको भन्दै इंग्लिस क्लब एस्टन भिल्लालाई २ करोड २५ लाख युरो (करिब १९.४ मिलियन पाउन्ड) जरिवाना गरेको छ ।

यूईएफएको स्क्वाड–कस्ट नियमको सन् २०२५ मा ‘गम्भीर उल्लंघन’ गरेको निष्कर्षपछि भिल्लामाथि जरिवानासँगै अर्को सिजनको च्याम्पियन्स लिगका लागि नयाँ खेलाडी दर्तामा पनि प्रतिबन्ध लगाइएको हो ।

जरिवानामध्ये १ करोड ५० लाख युरो (१२.९ मिलियन पाउन्ड) भने शर्तसहित स्थगित गरिएको छ । यदि क्लबले सन् २०२६ सम्म आफ्नो स्क्वाड खर्चको अनुपात उल्लेखनीय रूपमा घटाउन सकेन भने यो रकम पनि तिर्नुपर्नेछ ।

यो निर्णय गत वर्ष लगाइएको शर्तसहितको सजायकै निरन्तरता हो । जुलाई २०२५ मा पनि भिल्लालाई १ करोड १० लाख युरो जरिवाना गरिएको थियो भने थप १ करोड ५० लाख युरो तीन वर्षभित्र आर्थिक नियम पालना गरेमा मात्र छुट हुने व्यवस्था गरिएको थियो ।

यस्तै, आर्थिक नियम उल्लंघन गर्ने अन्य तीन प्रिमियर लिग क्लब पनि कारबाहीमा परेका छन् । चेल्सीलाई ३० लाख युरो जरिवाना गरिएको छ, जसमध्ये २० लाख युरो सर्तसहित स्थगित गरिएको छ।

नटिङहम फरेस्टले २५ लाख युरो जरिवाना तिर्नुपर्ने भएको छ भने न्युक्यासल युनाइटेडलाई ३० लाख युरो जरिवाना गरिएको छ ।

यसबाहेक, यूईएफएको फुटबल आम्दानी सीमा भन्दा बढी खर्च गरेको विषयमा न्युक्यासलले छुट्टै सम्झौता गरेको छ । त्यसअनुसार क्लबले थप १ करोड युरो जरिवाना तिर्नुपर्नेछ, जसमध्ये ७० लाख युरो आगामी तीन वर्षसम्म शर्तसहित स्थगित रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम