मुख्य समाचार
निकुञ्जले वर्षात्को समयमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द
निकुञ्जले वर्षात्को समयमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द

। चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने भएको छ । निकुञ्जले वर्षात्को समयमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अर्को सूचना नगरिएसम्मका लागि सफारी सेवा बन्द गरिएको हो । उनले भने, ‘वन्यजन्तु र चराचुरुङ्गीको प्रजननका लागि वर्षायाम उपयुक्त समय हुने, निकुञ्जभित्रका कच्ची वनपथहरू बिग्रिने, जङ्गलमा भएका स–साना खोलाखोल्सीमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले गर्दा सफारी बन्द गरेका हौँ ।’

निकुञ्जले हरेक वर्ष वर्षात्को समयमा सफारी बन्द गर्दै आएको छ । वर्षात्को अवस्था हेरेर दसैँको आसपासबाट निकुञ्जभित्रको सफारी खोल्ने विगतको परम्परा छ ।

निकुञ्जभित्र हुने सफारी रोकिएको भए पनि सामुदायिक वनहरूमा हुने सफारी भने नरोकिने उनले बताए । चितवनको सौराहा, कसरा, मेघौली, माडी र नवलपरासीका विभिन्न ठाउँबाट जीप व्यावसायिक सफारीका लागि निकुञ्ज प्रवेश गर्ने गर्दछ । यहाँ घुम्न आउने पर्यटक जीपमा सफारी गरेर वन र वन्यजन्तु हेर्न रमाउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं महानगरपालिका–२३ सामाखुसी टाउन प्लानिङ नजिक आत्मज्ञान अगाडिको सडकमा युवकमाथि खुकुरी प्रहार भएको ११ औं दिनपछि एक जना पक्राउ परेका छन् । खुकुरी प्रहार गरेको आरोपमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ घर भएका टाइगर भनिने २५ वर्षीय गोविन्द चन्द पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टाइगरलाई बाँकेबाट पक्राउ गरी काठमाडौं ल्याएको छ । ...
। गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा बँदैलका लागि राखेको करेन्टमा परेर एक जनाको मृत्यु भएको छ । बँदेल नियन्त्रण गर्नका लागि राखिएको करेन्ट लागेर ६० वर्षीया हुमकला भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । ६६ वर्षीय भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा बारीमा बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी राखेका थिए । सोही करेन्टमा परेर उनकी श्रीमती ...
। सरकारले वैदेशिक रोजगार ऐन, २०६४ मा व्यापक संशोधनको तयारी गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले ऐनमा तेस्रो पटक व्यापक संशोधन तयारी अघि बढाएको हो । ऐन संशोधन गर्नका लागि विधेयकको मस्यौदा तयार पारिएको छ । विधेयकको मस्यौदा तयार पारेर सर्वसाधारण तथा सरोकारवालासँग आफ्नो राय सुझाव माग गरिएको छ । सात दिनभित्रमा राय सुझाव ...
। कैलालीको गोदावरीमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–४ को बाँस्कोटामा निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्टोमा डुबेर ५ वर्षीया बालिका शशिका मल्ल केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार बाजुराको बुढीगंगा नगरपालिका-७ घर भई केसी हाल मामा घरमा बस्दै आएकी थिइन् । मंगलबार दिउँसो खेल्ने क्रममा निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्टोमा खसेर डुबेको अवस्थामा ...
। त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पस र विभागहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दियो । सोमबार त्रिवि, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सूचना जारी गरी सरकारको निर्णयअनुसार संरचना हटाउन भनेको हो । ‘दलीय विद्यार्थीको संगठनका संरचना भए हटाउन भनेको हो,’ रजिस्ट्रार प्रा.डा. महानन्द चालिसेले भने । त्रिविको निर्णयमा विद्यार्थी संगठनले भने असन्तुष्टि जनाएका छन् । सरकारले ६० दिनभित्र ...