मुख्य समाचार
साउदी अरब सरकारले ३३ जना नेपाली कैदीलाई आममाफी
साउदी अरब सरकारले ३३ जना नेपाली कैदीलाई आममाफी

: साउदी अरब सरकारले ३३ जना नेपाली कैदीलाई आममाफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीहरूलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

नेपाल सरकारले साउदी अरब सरकारको यस निर्णयप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा यो कदम नेपाल र साउदी अरबबीचको लामो समयदेखिको मित्रता, सद्भाव र सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको प्रतीक भएको उल्लेख गरिएको छ।

मन्त्रालयका अनुसार साउदी अरबस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको अनुरोधपछि ती नेपाली नागरिकलाई शाही आममाफी प्रदान गरिएको हो।

आममाफी पाएका नेपालीहरू साउदी अरबको कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेलायत अन्तर्राष्ट्रिय विद्यार्थीका लागि लोकप्रिय गन्तव्यहरूमध्ये एक मानिन्छ । तर, सरकारको कठोर अध्यागमन नीतिका कारण अहिले यहाँ आउने विदेशी विद्यार्थी क्रमशः घट्न थालेको तथ्यांकले देखाएका छन् । बेलायत पढ्न आउने नेपालीसहित अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्यामा ठूलो गिरावट आएको छ । बेलायती गृह मन्त्रालय (होम अफिस) का अनुसार, यस वर्ष अक्टोबर २०२६ अन्त्यसम्म अध्ययन भिजा मुख्य आवेदक संख्या ...
। लन्डनमा शनिबार सम्पन्न प्रतिष्ठित ‘लर्ड मेयर शो’ परेडमा गोर्खाली विरासत र नेपाली कला, संस्कृति तथा परम्पराको विशेष प्रदर्शनी गरिएको छ। लन्डन सिटीका नयाँ लर्ड मेयरको नियुक्तिको अवसरमा आयोजित ऐतिहासिक परेडमा प्रतिभा नक्षत्रको संयोजनमा नेपाली समुदायले गोर्खाली इतिहास, वीरता र नेपालको सांस्कृतिक विविधता झल्काउने प्रस्तुति गरेको हो। करिब सात हजार जना सहभागी उक्त परेडको करिब तीन माइल ...
— बेलायतको रश्मूर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले एकैदिन गोर्खाली सैनिकहरूको वीरताको स्मरण गर्दै देउसी–भैलो खेलेर तिहार मनाएका छन् । ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी) को आयोजनामा यस वर्ष पहिलोपटक उनीहरूले कुकुर तिहारसमेत मनाएका छन् । रश्मूर क्षेत्रको अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा नोभेम्बर ७ मा रिमेम्बरेन्स डे (स्मृति दिवस) को औपचारिक कार्यक्रम आयोजना गरी वीर गोर्खालीको योगदान, ...
। अमेरिकाको भर्जिनिया राज्यमा ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । १० नोभेम्बर २०२६ मा जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव विकृत बनाएको अभियोगमा दोषी ठहर गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । सीएनएनका अनुसार भट्टले आफ्नी पत्नीको हत्या गरेको अभियोग अस्वीकार गर्दै आएकामा जुरीले उनको दाबी अस्वीकार ...
। भूतपूर्व ब्रिटिश गोर्खाहरू आफ्नो समान अधिकार सुनिश्चित गर्न एकपटक पुनः तातेका छन् । भूतपूर्व गोर्खाहरूले अन्तिम दबाब स्वरूप नेपाल र बेलायत सरकारसँग छलफल जारी राख्दै आफ्ना माग पूरा नभए फेरि सशक्त आन्दोलनको चेतावनी दिएका छन् । काठमाडौंमा परराष्ट्रमन्त्री शिशिर खनाललाई अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउँदा यता लन्डनस्थित दूतावासमा समेत छलफल भएको छ । नेपाल सरकारले भूतपूर्व गोर्खा मुद्दाको समाधानका ...