मुख्य समाचार
प्रतिनिधिसभाको निर्वाचनमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलाइएको पाइएको एक अनुसन्धानले देखाएको छ
प्रतिनिधिसभाको निर्वाचनमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलाइएको पाइएको एक अनुसन्धानले देखाएको छ

। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलाइएको पाइएको एक अनुसन्धानले देखाएको छ । सेन्टर फर मिडिया रिसर्च (सिएमआर)ले गरेको अनुसन्धान प्रतिवेदनअनुसार निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत सबैभन्दा बढी मिथ्या सूचना प्रवाह भएको थियो ।

आज यहाँ आयोजित कार्यक्रममा सिएमआरका कार्यकारी निर्देशक तिलक पाठकले निर्वाचनका समयमा गरिएको अनुसन्धानमा सबैभन्दा बढी अर्थात् ८७ प्रतिशत मिथ्या सूचना सामाजिक सञ्जालले फैलाएको पाइएको जानकारी दिए।

सामाजिक सञ्जालमा पनि सबैभन्दा ठूलो मिथ्या सूचनाको बाहक फेसबुक रहेको पनि उक्त अनुसन्धानबाट खुलेको उनको भनाइ छ । त्यसपछि सबैभन्दा बढी मिथ्या सूचनाको बाहक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) निर्मित सामग्रीहरू पाइएको पनि सो अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

यस्ता सामग्रीको बाहक पनि अधिकांश सामाजिक सञ्जाल नै रहेको र कतिपयले अन्य माध्यमबाट पनि सम्प्रेषण एवं प्रचारप्रसार गर्ने गरेका पाइएको छ । यस्ता कतिपय भिडियो या सामग्री मनगढन्ते र सन्दर्भ बङ्ग्याइएको अवस्थामा पाइएका पनि भेटिएको थियो ।



पूरै काल्पनिक या कृत्रिम सामग्री निर्माण, नयाँ घटनाजस्तो बनाएर पुराना फुटेजहरूको प्रयोग, घटना भएकै जस्तो गरी निर्माण गरिएका दृश्यहरू मिथ्या सूचनाका रूपमा प्रयोगमा ल्याइएको अनुसन्धानका क्रममा पाइएको थियो ।

सो अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै कार्यकारी निर्देशक पाठकले एआई अहिलेको अवस्थामा हेर्दा मिथ्या सूचना निर्माणकर्ता जस्तो देखिए पनि यो प्रमुख नभएर हाल उदाउँदो अवस्थामा रहेको र मुख्य बाहक त फेसबुकसहितका सामाजिक सञ्जालहरू देखिएको बताए ।

त्यस क्रममा आएका मिडियाका सामग्रीको तथ्य जाँच भएको भए पनि तथ्यजाँचकर्तासँग पर्याप्त मात्रामा एआई पहिचान गर्ने उपकरण नभएको सम्पादित भिडियो नै प्रयोग हुने गरेकाले त्यो बढी चूनौतीपूर्ण रहेको उनले बताए।

पत्रकारिताका सामग्रीहरू पनि मिथ्या सूचनालाई प्रवर्द्धन गर्नेगरी उत्पादन भएका पाइएको तर ती समाचार सामग्रीको भने तथ्या जाँच गर्ने काम भएको पनि सो अनुसन्धानमा पाइएको छ ।

राज्यका तर्फबाट, निर्वाचन आयोग, नागरिक समाज, मिडिया, स्वयं राजनीतिक दल र उम्मेदवारहरूले पनि यस्ता मिथ्या सूचनाको तथ्यजाँच गर्ने गरेका तर ती प्रयास पनि अपुग रहेका सो अनुसन्धानमा पाइएको छ ।

त्यस्तै सामाजिक सञ्जालमा प्रयोग गरिएका कतिपय पोष्टहरू पछि मेट्ने गरिएकाले तिनलाई पछि पुनःपुष्टि गर्न सजिलो नभएको पाइएको छ । यसरी तथ्य जाँचपछि कतिपय सामग्री सामाजिक सञ्जालबाट हटाइएको र यसका लागि मेटा कम्पनीसँग निर्वाचन आयोगले सम्झौता पनि गरेको थियो ।

साथै सो अनुसन्धानले निर्वाचनपूर्व दू्रत प्रतिक्रिया संयन्त्र स्थापना गर्न, सामाजिक सञ्जाल प्लेटफर्म जवाफदेहिताको आधिकारिक र अधिकारसहितको ढाँचा निर्माण गर्न, मिथ्या सूचनालाई द्वन्द्व सूचकका रूपमा लिएर त्यसमाथि आवश्यक कारबाहीको प्रक्रिया निर्माण गर्न पनि सुझाव दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आर्थिक सङ्कटका कारण कोशी प्रदेशका ४४ वटा एफएम रेडियो स्टेशन बन्द भएका छन् । पत्रकार महासङ्घ कोशी प्रदेशले आयोजना गरेको मिडिया सम्मेलनमा प्रस्तुत कार्यक्रममा १२९ वटा रेडियोमध्ये ४४ वटा बन्द भएको जनाइएको छ । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य मोहन काजीले १६ वटा सामुदायिक रेडियोसहित ४४ वटा बन्द भएको बताए । उनले कार्यक्रममा आर्थिक अस्थिरता ...
एलन मस्कलाई विश्वकै पहिलो र एकमात्र ट्रिलेनियर व्यक्ति बनाउन भूमिका खेलेको स्पेस एक्स कम्पनी अमेरिकाको चौथो ठूलो कम्पनी बन्न सफल भएको छ । मंगल प्रविधि जगतको दिग्गज कम्पनी माइक्रोसफ्टलाई पछि पार्दै स्पेस एक्सले इतिहास रचेको हो । मंगलबार कम्पनीको शेयर मूल्यमा भएको उल्लेखनीय वृद्धिसँगै स्पेसएक्सले बजार पूँजीकरण (मार्केट क्याप) का आधारमा माइक्रोसफ्ट र अमेजनलाई उछिनेको थियो । करिब ...
। सामाजिक सञ्जालका कारण युवाहरूको मानसिक स्वास्थ्यमा परेको असर सम्बन्धी क्यालिफोर्नियामा दोस्रो चरणको अदालती सुनुवाइ सुरु हुन अघि युट्युबले एउटा मुद्दामा मिलापत्र गरेको छ। प्लेटफर्मले आफ्नो मानसिक स्वास्थ्यमा गम्भीर क्षति पुर्‍याएको भन्दै एक नाबालकले दर्ता गरेको मुद्दामा युट्युबले मिलापत्र गरेको जानकारी उनका वकिलहरूले मंगलबार दिएका हुन्। राज्य अदालतमा दर्ता भएको यस मुद्दाको मिलापत्रका सर्तहरू भने गोप्य राखिएका ...
। मेटा कम्पनीले आफ्नो ‘फेसबुक क्रिएटर स्टुडियो’ प्लेटफर्मलाई नयाँ रूपमा फिर्ता ल्याएको छ। कम्पनीले क्रिएटरहरूलाई आकर्षित गर्न यो कदम चालेको हो। नयाँ फेसबुक क्रिएटर स्टुडियोलाई एआई सुविधासहित रिडिजाइन गरिएको छ। यो प्लेटफर्मले क्रिएटरहरूको कामलाई छिटो बनाउन र फेसबुकमा उनीहरूको उपस्थिति बलियो बनाउन नयाँ अवसरहरू देखाउनेछ। मेटाका अनुसार फेसबुक क्रिएटरहरूले आफ्नो कामका लागि एउटा छुट्टै स्पेस खोजिरहेका थिए। ...
। मेटाले कम्पनीका प्राविधिकहरूलाई नयाँ स्मार्टफोन एप बनाउन निर्देशन दिएका छन् । यो एप हाल बजारमा सञ्चालित ‘पोलिमार्केट’ र ‘काल्सी’ जस्ता प्रेडिक्सन मार्केट प्लेटफर्मसँग मिल्दोजुल्दो हुनेछ । न्यूयाेर्क टाइम्सले उल्लेख गरेअनुसार, कम्पनीभित्र हाल ‘एरेना’ नाम दिइएको यो एप फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र मेसेन्जरभन्दा छुट्टै र स्वतन्त्र रूपमा सञ्चालन हुनेछ । सुरुवाती चरणमा यस एपमा वास्तविक पैसाको सट्टा ...