मुख्य समाचार
अमेरिकी दूतावासले प्रहरीलाई दियो डिजिटल फरेन्सिक सम्बन्धी विभिन्न उपकरण
अमेरिकी दूतावासले प्रहरीलाई दियो डिजिटल फरेन्सिक सम्बन्धी विभिन्न उपकरण

: नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरी डिजिटल फरेन्सिक ल्याबलाई डिजिटल फरेन्सिक सम्बन्धी विभिन्न प्रकारका सफ्टवेयर तथा हार्डवेयर लगायतका उपकरणहरू हस्तान्तरण गरिएको छ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्की र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रमका बीच उक्त उपकरणहरू हस्तान्तरण गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले अमेरिकी दूतावासले डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धि एवम् विकासको लागि उन्नत डिजिटल फरेन्सिक उपकरणहरू, विशेष सफ्टवेयर र प्राविधिक सहयोग समेत प्रदान गर्दै आइरहेको चर्चा गर्दै यस किसिमका सहयोगहरू दुई देश बीचको विश्वास, मित्रता र साझा प्रतिबद्धताको प्रतिबिम्ब समेत भएको बताए।

प्रहरी महानिरीक्षक कार्कीले हस्तान्तरण भएका आधुनिक उपकरणहरूले डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धि हुने उल्लेख गर्दै यस उपकरणहरूको सहयोगबाट डिजिटल प्रमाणहरूको प्राप्ति, संरक्षण तथा विश्लेषणमा थप स्पष्टता एवम् सहजीकरण हुने बताए। यस्ता उपकरणहरूको सहयोगबाट प्रविधिजन्य अपराध अनुसन्धानमा थप मद्दत पुग्ने र आपतकालीन अवस्थामा छिटो छरितो परिणाम संकलनमा समेत मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे।

कार्यक्रममा नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले हस्तान्तरण गरिएका आधुनिक उपकरणहरूले नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै अपराधको अनुसन्धान एवम् प्रमाण संकलनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्ले, अमेरिकी राजदूतावासका प्रतिनिधिहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं महानगरपालिका–२३ सामाखुसी टाउन प्लानिङ नजिक आत्मज्ञान अगाडिको सडकमा युवकमाथि खुकुरी प्रहार भएको ११ औं दिनपछि एक जना पक्राउ परेका छन् । खुकुरी प्रहार गरेको आरोपमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ घर भएका टाइगर भनिने २५ वर्षीय गोविन्द चन्द पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टाइगरलाई बाँकेबाट पक्राउ गरी काठमाडौं ल्याएको छ । ...
। गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा बँदैलका लागि राखेको करेन्टमा परेर एक जनाको मृत्यु भएको छ । बँदेल नियन्त्रण गर्नका लागि राखिएको करेन्ट लागेर ६० वर्षीया हुमकला भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । ६६ वर्षीय भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा बारीमा बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी राखेका थिए । सोही करेन्टमा परेर उनकी श्रीमती ...
। सरकारले वैदेशिक रोजगार ऐन, २०६४ मा व्यापक संशोधनको तयारी गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले ऐनमा तेस्रो पटक व्यापक संशोधन तयारी अघि बढाएको हो । ऐन संशोधन गर्नका लागि विधेयकको मस्यौदा तयार पारिएको छ । विधेयकको मस्यौदा तयार पारेर सर्वसाधारण तथा सरोकारवालासँग आफ्नो राय सुझाव माग गरिएको छ । सात दिनभित्रमा राय सुझाव ...
। कैलालीको गोदावरीमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–४ को बाँस्कोटामा निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्टोमा डुबेर ५ वर्षीया बालिका शशिका मल्ल केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार बाजुराको बुढीगंगा नगरपालिका-७ घर भई केसी हाल मामा घरमा बस्दै आएकी थिइन् । मंगलबार दिउँसो खेल्ने क्रममा निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्टोमा खसेर डुबेको अवस्थामा ...
। त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पस र विभागहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दियो । सोमबार त्रिवि, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सूचना जारी गरी सरकारको निर्णयअनुसार संरचना हटाउन भनेको हो । ‘दलीय विद्यार्थीको संगठनका संरचना भए हटाउन भनेको हो,’ रजिस्ट्रार प्रा.डा. महानन्द चालिसेले भने । त्रिविको निर्णयमा विद्यार्थी संगठनले भने असन्तुष्टि जनाएका छन् । सरकारले ६० दिनभित्र ...