मुख्य समाचार
नकआउट चरणको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे राउन्ड १६ मा प्रवेश
नकआउट चरणको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे राउन्ड १६ मा प्रवेश

: फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरणको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे राउन्ड १६ मा प्रवेश गरेको छ।
डालास स्टेडियममा भएको खेलमा आइभरी कोस्टलाई २-१ ले पराजित गर्दै नर्वे विजयी भएको हो।

खेलको पहिलो हाफमा नर्वेले आइभरी कोस्ट विरुद्ध १-० को अग्रता लिएको थियो। दोस्रो हाफमा नर्वेले १ गोल बेहोर्दै १ गोल फर्कायो।

खेलको ३९ औं मिनेटमा एन्टोनियो नुसाको गोल मार्फत नर्वेली सुरुवाती अग्रता बनाएको थियो। यो अग्रता सहित पहिलो हाफ १-० मा सकियो।

दोस्रो हाफमा आइभरी कोस्ट केही सुधारिएको प्रदर्शनसहित मैदानमा उत्रियो। केही आक्रमक प्रहारहरु पनि आइभरी कोस्टले गर्‍यो । जसको फलस्वरूप खेलको ७४ औं मिनेटमा अमाद डियालोले गोल गरे ।‌ १-१ बराबरीमा रहेको खेललाई खेलको ८६ औं मिनेटमा नर्वेले २-१ बनायो। नर्वेका लागि एर्लिङ हालान्डले राम्रो फिनिस गरे।

खेलको ९० मिनेटमा थप गरिएको समयको छैंटौं मिनेटमा नर्वेका गोलकिपरले उत्कृष्ट बचाउ गरे। आइभरी कोस्टसँग बराबरी गर्ने यो उत्कृष्ट मौका रहेको थियो। नर्वेका कप्तान मार्टिनले पेनाल्टी बक्स अगाडिलाई फाउल गर्दा आइभरि कस्टले बराबरी गर्ने राम्रो मौका पाएको थियो। तर, आमद डियालोले फ्रि किक प्रहार गर्दा नर्वेका गोलकिपरले उत्कृष्ट बचाउ गरे। खेलको अन्तिम मिनेटमा गरिएको यो बचाउले नै नर्वेका लागि अनुकुल रह्यो।

यो जितसँगै राउन्ड अफ १६ मा नर्वेले ब्राजिलको सामना गर्नेछ। यी दुई टोलीले न्यूयोर्कको न्यु जर्सी स्टेडियममा राउन्ड अफ १६ को खेल खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम