मुख्य समाचार
नकआउट चरणको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे राउन्ड १६ मा प्रवेश
नकआउट चरणको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे राउन्ड १६ मा प्रवेश

: फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरणको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे राउन्ड १६ मा प्रवेश गरेको छ।
डालास स्टेडियममा भएको खेलमा आइभरी कोस्टलाई २-१ ले पराजित गर्दै नर्वे विजयी भएको हो।

खेलको पहिलो हाफमा नर्वेले आइभरी कोस्ट विरुद्ध १-० को अग्रता लिएको थियो। दोस्रो हाफमा नर्वेले १ गोल बेहोर्दै १ गोल फर्कायो।

खेलको ३९ औं मिनेटमा एन्टोनियो नुसाको गोल मार्फत नर्वेली सुरुवाती अग्रता बनाएको थियो। यो अग्रता सहित पहिलो हाफ १-० मा सकियो।

दोस्रो हाफमा आइभरी कोस्ट केही सुधारिएको प्रदर्शनसहित मैदानमा उत्रियो। केही आक्रमक प्रहारहरु पनि आइभरी कोस्टले गर्‍यो । जसको फलस्वरूप खेलको ७४ औं मिनेटमा अमाद डियालोले गोल गरे ।‌ १-१ बराबरीमा रहेको खेललाई खेलको ८६ औं मिनेटमा नर्वेले २-१ बनायो। नर्वेका लागि एर्लिङ हालान्डले राम्रो फिनिस गरे।

खेलको ९० मिनेटमा थप गरिएको समयको छैंटौं मिनेटमा नर्वेका गोलकिपरले उत्कृष्ट बचाउ गरे। आइभरी कोस्टसँग बराबरी गर्ने यो उत्कृष्ट मौका रहेको थियो। नर्वेका कप्तान मार्टिनले पेनाल्टी बक्स अगाडिलाई फाउल गर्दा आइभरि कस्टले बराबरी गर्ने राम्रो मौका पाएको थियो। तर, आमद डियालोले फ्रि किक प्रहार गर्दा नर्वेका गोलकिपरले उत्कृष्ट बचाउ गरे। खेलको अन्तिम मिनेटमा गरिएको यो बचाउले नै नर्वेका लागि अनुकुल रह्यो।

यो जितसँगै राउन्ड अफ १६ मा नर्वेले ब्राजिलको सामना गर्नेछ। यी दुई टोलीले न्यूयोर्कको न्यु जर्सी स्टेडियममा राउन्ड अफ १६ को खेल खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...