मुख्य समाचार
सरकारले खेल विकासमा ध्यान नदिएको टिप्पणी
सरकारले खेल विकासमा ध्यान नदिएको टिप्पणी

। नेकपा एमालेका अध्यक्ष के‍पी शर्मा ओलीले नेपाली खेलाडीको शारीरिक विकासमा ध्यान दिनुपर्ने बताएका छन् । नेपाल खेलकुद विकास महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले सरकारले खेल विकासमा ध्यान नदिएको टिप्पणी गरे ।

‘खेल विकासका लागि सिंगै नेपालीको हाइट बढाउनुपर्ने छ । खेलाडी खान नपाएर कमजोर हुने स्थिति हुनुहुँदैन। यतापट्टि सरकारले ध्यान दिनुपर्ने हो,’ उनले भने, ‘यहाँ त सरकार हस्तक्षेप गरेर एन्फालाई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध गर्नेतिर लागेको छ । यसलाई टुप्पोमा परिवर्तन खोजेर हुँदैन । जरैदेखि हुनुपर्छ ।’

उनले एन्फालाई प्रतिबन्धबाट मुक्त गरेर नेपाली खेलाडीको नाम विश्वमा चम्काउनेतर्फ ध्यान दिन पनि महासंघलाई आग्रह गरे । देशै बर्बाद भएको कारण खेलाडीले मात्रै देशलाई अगाडि लैजान नसक्ने ओलीको भनाइ छ ।

उनले जेनजी आन्दोलनलाई हिंसाको रुपमा टिप्पणी गरे ।

‘देशै बर्बाद भएको छ भने खेलमात्रै कसरी अगाडि जान्छ । नेपालको हालत त्यही भएको त हो,’ उनले भने, ‘भूइँचालो, कोभिडले ध्वस्त पार्‍यो हामीले उकास्ने प्रयास गर्‍यौं । तर यो कुरा सैह्य भएन । तर तोडफोड हत्या हिंसा मच्याइयो । यसलाई वैधानिकता दिने काम भइरहेको छ।’

उनले सबैभन्दा माथि देश रहेको बताए । ‘हामी विस्तारै साँच्चै सबै नेपालीले न्याय पाउने नेपाल, सबैलाई माया गर्ने व्यवस्था प्रणालीबाट अघि बढ्नेछौं । लभ आवर कन्ट्री, लभ आवर नेशन,’ उनले भने,’देशभन्दा ठूलो केही छैन । त्यस पहिले हो । देशभन्दा माथि केही छैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गुणस्तर परीक्षणको बहानामा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि ठप्प रहेको नेपाली चियाको निर्यात अन्ततः फेरि सुरु भएको छ । सरकारको उच्च तहबाट भएको निरन्तरको कूटनीतिक पहल र भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले परीक्षण प्रणालीमा खुकुलो मापदण्ड (एसओपी) लागु गरेसँगै पूर्वी नाका काँकडभिट्टा हुँदै चियाका गाडीहरू भारततर्फ जान ...
। त्रिभुवन विश्वविद्यालयले दलीय संगठनलाई कुनै पनि संरचना उपभोग गर्न नदिएको स्पष्ट पारेको छ । विश्वविद्यालय अनुदान आयोगमाफर्त सरकारलाई पत्र पठाउँदै त्रिविले स्वतन्त्र विद्यार्थी युनियन रहेको तर दलीय विद्यार्थी संठनहरूलाई आधिकारिक रुपमा कुनै पनि संरचना उपभोग गर्न नदिएको बताएको हो । ‘क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन रहेको तर दलीय विद्यार्थी संठनहरूलाई आधिकारिक रुपमा कुनै पनि संरचना उपभोग ...
। धनकुटाको पाख्रीबास नगरपालिका-८ स्थित सुनवालुवाको सोनवर्षा जंगलमा अन्दाजी ४५ वर्षका एक पुरुषको बेवारिसे शव फेला परेको छ । जंगलमा एक व्यक्ति मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर हेर्दा नाम, थर र ठेगाना नखुलेको तथा पहाडी मूलको जस्तो देखिने पुरुषको शव सडेको अवस्थामा फेला परेको धनकुटाका प्रहरी ...
। १० वटा विद्यार्थी संगठनहरूले दलीय विद्यार्थी संगठनका संरचना हटाउने त्रिविको निर्णयको विरोध जनाएका छन् । विज्ञप्ति निकालेर १० वटा विद्यार्थी संगठनले विद्यार्थीको अधिकारमाथि हस्तक्षेप भएको बताएका छन् । ‘सरकार, अनुदान आयोग र त्रिभुवन विश्वविद्यालय प्रशासनलाई चेतावनी दिन चाहन्छौँ– आफ्नो निरंकुश, स्वेच्छाचारी तथा न्यायालयको अवज्ञा गर्ने निर्णय तत्काल फिर्ता गरियोस् । विद्यार्थी अधिकारमाथिको हस्तक्षेप, न्यायालयको अवहेलना र ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासनबिना खेलकुद सम्भव नहुने बताएका छन् । नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले खेल भावनालाई फराकिलो बनाउँदै अनुशासनमा बाँधिन आग्रह गरेका हुन् । ‘खेलाडीहरू अनुशासित हुन्छन् । विनाअनुशासन खेल हुनै सक्दैन । अनुशासनको पालना नभए खेल खत्तम भइहाल्छ, बिग्रिहाल्छ,’ उनले भने, ‘यसै त यो प्रकृति नै अनुशासनमय ...