मुख्य समाचार
भाद्र २३ र २४ गते भएको तोडफोड, हिंसा, हत्या र लुटपाटका घटनालाई वैधानिकता दिने काम भएको
भाद्र २३ र २४ गते भएको तोडफोड, हिंसा, हत्या र लुटपाटका घटनालाई वैधानिकता दिने काम भएको

: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाद्र २३ र २४ गते भएको तोडफोड, हिंसा, हत्या र लुटपाटका घटनालाई वैधानिकता दिने काम भएको बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विभिन्न शक्तिहरूले संवैधानिक रूपमा नसकेपछि असंवैधानिक तवरले तोडफोड, हिंसा, हत्या र लुटपाट जस्ता उपद्र मचाएर सरकार ढाल्ने बाटो रोजेको र त्यसलाई अहिले वैधानिकता दिने काम भएको बताएका हुन् ।

उनले भूकम्प, कोभिड–१९ महामारीका कारण ध्वस्त भएको अर्थतन्त्रलाई माथि उठाउनुका साथै शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रलाई अगाडि बढाउने प्रयत्न गरेको तर कसैलाई त्यो कुरा सह्य नभएको तर्क गरे । उनले सबै जनताले न्याय पाउने र भयमुक्त, शान्तिपूर्ण नेपाल निर्माणको प्रणालीबाट आफूहरू पुनः अगाडि बढ्ने उल्लेख गरे ।

त्यस्तै अध्यक्ष ओलीले विश्वकप फुटबलमा नेपालभन्दा साना र भर्खरै विकासशील चरणमा प्रवेश गरेका देशहरुले उत्कृष्ट प्रदर्शन गर्दा नेपालमा भने सरकारको हस्तक्षेपका कारण एन्फा कारवाहीमा परेको तर्क गरे । उनले नेपालमा खेलकुदको बिकासका लागि खेलाडीले उपयुक्त शारीरिक विकास गर्न नपाउने जस्तो स्थिति हुन नहुने बताए । खेलकुद महासंघले खेल मात्र खेल्ने नभई, देशको अवस्था बुझ्ने र देशप्रति जिम्मेवार नागरिकका रूपमा खेलाडीहरू उत्पादन गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गुणस्तर परीक्षणको बहानामा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि ठप्प रहेको नेपाली चियाको निर्यात अन्ततः फेरि सुरु भएको छ । सरकारको उच्च तहबाट भएको निरन्तरको कूटनीतिक पहल र भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले परीक्षण प्रणालीमा खुकुलो मापदण्ड (एसओपी) लागु गरेसँगै पूर्वी नाका काँकडभिट्टा हुँदै चियाका गाडीहरू भारततर्फ जान ...
। नेकपा एमालेका अध्यक्ष के‍पी शर्मा ओलीले नेपाली खेलाडीको शारीरिक विकासमा ध्यान दिनुपर्ने बताएका छन् । नेपाल खेलकुद विकास महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले सरकारले खेल विकासमा ध्यान नदिएको टिप्पणी गरे । ‘खेल विकासका लागि सिंगै नेपालीको हाइट बढाउनुपर्ने छ । खेलाडी खान नपाएर कमजोर हुने स्थिति हुनुहुँदैन। यतापट्टि सरकारले ध्यान दिनुपर्ने हो,’ उनले भने, ...
। त्रिभुवन विश्वविद्यालयले दलीय संगठनलाई कुनै पनि संरचना उपभोग गर्न नदिएको स्पष्ट पारेको छ । विश्वविद्यालय अनुदान आयोगमाफर्त सरकारलाई पत्र पठाउँदै त्रिविले स्वतन्त्र विद्यार्थी युनियन रहेको तर दलीय विद्यार्थी संठनहरूलाई आधिकारिक रुपमा कुनै पनि संरचना उपभोग गर्न नदिएको बताएको हो । ‘क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन रहेको तर दलीय विद्यार्थी संठनहरूलाई आधिकारिक रुपमा कुनै पनि संरचना उपभोग ...
। धनकुटाको पाख्रीबास नगरपालिका-८ स्थित सुनवालुवाको सोनवर्षा जंगलमा अन्दाजी ४५ वर्षका एक पुरुषको बेवारिसे शव फेला परेको छ । जंगलमा एक व्यक्ति मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर हेर्दा नाम, थर र ठेगाना नखुलेको तथा पहाडी मूलको जस्तो देखिने पुरुषको शव सडेको अवस्थामा फेला परेको धनकुटाका प्रहरी ...
। १० वटा विद्यार्थी संगठनहरूले दलीय विद्यार्थी संगठनका संरचना हटाउने त्रिविको निर्णयको विरोध जनाएका छन् । विज्ञप्ति निकालेर १० वटा विद्यार्थी संगठनले विद्यार्थीको अधिकारमाथि हस्तक्षेप भएको बताएका छन् । ‘सरकार, अनुदान आयोग र त्रिभुवन विश्वविद्यालय प्रशासनलाई चेतावनी दिन चाहन्छौँ– आफ्नो निरंकुश, स्वेच्छाचारी तथा न्यायालयको अवज्ञा गर्ने निर्णय तत्काल फिर्ता गरियोस् । विद्यार्थी अधिकारमाथिको हस्तक्षेप, न्यायालयको अवहेलना र ...