मुख्य समाचार
नवलपरासी सुस्ता क्षेत्रका बासिन्दाले आफूहरु नेपाली नागरिक भएको प्रमाणपत्र दिन माग गर्दै काठमाडौं केन्द्रीत आन्दोलन सुरु
नवलपरासी सुस्ता क्षेत्रका बासिन्दाले आफूहरु नेपाली नागरिक भएको प्रमाणपत्र दिन माग गर्दै काठमाडौं केन्द्रीत आन्दोलन सुरु

: नवलपरासी सुस्ता क्षेत्रका बासिन्दाले आफूहरु नेपाली नागरिक भएको प्रमाणपत्र दिन माग गर्दै काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका छन्।आफूहरुसँग नेपाली नागरिक भएको कुनै प्रमाणपत्र र लालपूर्जा नहुँदा सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीले निरन्तर दुःख दिएको भन्दै उनीहरुले काठमाडौं आएर आन्दोलन सुरु गरेका हुन् ।

उनीहरुले भारतीय अतिक्रमण रोक्न ठोस कुटनीतिक पहल र सीमा सुरक्षा सुदृढ गर्नुपर्ने, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता प्रदान गर्नुपर्ने र भोगचलन गरिरहेको जग्गाको लालपूर्जा बितरण गर्नुपर्ने लगायतका तीन बुँदे माग अघि सारेका छन् । आन्दोलनका लागि काठमाडौं आएका सुस्तावासीहरुले जेठ १३ गते पछि भारतीय सुरक्षाकर्मीले हातहतियारसहित पटक–पटक नेपाली भूमि सुस्तामा प्रवेश गरेर नेपाली भूमि मिच्ने प्रयास गरिरहेको जनाएका छन् ।

भारतीय पक्षको सामना गर्न सुस्ताको लालपुर्जा, नेपाली नागरिकता र सीमानामा ‘जङ्गे पिलर’ कायम हुनुपर्ने उनीहरुले माग गरेका छन् । भारतीय सुरक्षाकर्मीले पटक–पटक नेपाली नागरिकको प्रमाणपत्र र जग्गा नेपालको भएको लालपूर्जा देखाउन दवाव दिने गरेको उनीहरुको भनाइ छ । ‘सुस्ता बचाउ अभियान’ को आव्हानमा सुस्ताको माटोसहित काठमाडौं आएका नागरिकहरुले आफूहरुको माग सुनुवाई नभएसम्म घर नफर्कने जनाएका छन् । सरकारले आफूहरुको मागप्रति कुनै सुनुवाई नगरे आन्दोलनलाई थप सशक्त र क्रमिक रूपमा बढाउँदै लैजाने चेतावनी उनीहरुले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गुणस्तर परीक्षणको बहानामा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि ठप्प रहेको नेपाली चियाको निर्यात अन्ततः फेरि सुरु भएको छ । सरकारको उच्च तहबाट भएको निरन्तरको कूटनीतिक पहल र भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले परीक्षण प्रणालीमा खुकुलो मापदण्ड (एसओपी) लागु गरेसँगै पूर्वी नाका काँकडभिट्टा हुँदै चियाका गाडीहरू भारततर्फ जान ...
। नेकपा एमालेका अध्यक्ष के‍पी शर्मा ओलीले नेपाली खेलाडीको शारीरिक विकासमा ध्यान दिनुपर्ने बताएका छन् । नेपाल खेलकुद विकास महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले सरकारले खेल विकासमा ध्यान नदिएको टिप्पणी गरे । ‘खेल विकासका लागि सिंगै नेपालीको हाइट बढाउनुपर्ने छ । खेलाडी खान नपाएर कमजोर हुने स्थिति हुनुहुँदैन। यतापट्टि सरकारले ध्यान दिनुपर्ने हो,’ उनले भने, ...
। त्रिभुवन विश्वविद्यालयले दलीय संगठनलाई कुनै पनि संरचना उपभोग गर्न नदिएको स्पष्ट पारेको छ । विश्वविद्यालय अनुदान आयोगमाफर्त सरकारलाई पत्र पठाउँदै त्रिविले स्वतन्त्र विद्यार्थी युनियन रहेको तर दलीय विद्यार्थी संठनहरूलाई आधिकारिक रुपमा कुनै पनि संरचना उपभोग गर्न नदिएको बताएको हो । ‘क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन रहेको तर दलीय विद्यार्थी संठनहरूलाई आधिकारिक रुपमा कुनै पनि संरचना उपभोग ...
। धनकुटाको पाख्रीबास नगरपालिका-८ स्थित सुनवालुवाको सोनवर्षा जंगलमा अन्दाजी ४५ वर्षका एक पुरुषको बेवारिसे शव फेला परेको छ । जंगलमा एक व्यक्ति मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर हेर्दा नाम, थर र ठेगाना नखुलेको तथा पहाडी मूलको जस्तो देखिने पुरुषको शव सडेको अवस्थामा फेला परेको धनकुटाका प्रहरी ...
। १० वटा विद्यार्थी संगठनहरूले दलीय विद्यार्थी संगठनका संरचना हटाउने त्रिविको निर्णयको विरोध जनाएका छन् । विज्ञप्ति निकालेर १० वटा विद्यार्थी संगठनले विद्यार्थीको अधिकारमाथि हस्तक्षेप भएको बताएका छन् । ‘सरकार, अनुदान आयोग र त्रिभुवन विश्वविद्यालय प्रशासनलाई चेतावनी दिन चाहन्छौँ– आफ्नो निरंकुश, स्वेच्छाचारी तथा न्यायालयको अवज्ञा गर्ने निर्णय तत्काल फिर्ता गरियोस् । विद्यार्थी अधिकारमाथिको हस्तक्षेप, न्यायालयको अवहेलना र ...