मुख्य समाचार
नेदरल्यान्ड्सलाई पेनाल्टीसुटमा हराउँदै मोरक्को अन्तिम १६ मा
नेदरल्यान्ड्सलाई पेनाल्टीसुटमा हराउँदै मोरक्को अन्तिम १६ मा

। नेदरल्यान्ड्सलाई पेनाल्टीसुटआउटमा हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

नाटकिय बनेको पेनाल्टीसुटआउटमा मोरक्कोले नेदरल्यान्ड्सलाई ३-२ ले हरायो । जसमा मोरक्कोका गोलकिपर यासिन बोनो नायक बन्दै एक सेभ गरे ।

दुवै टोलीका दुई-दुई खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन् ।

सन् २०२२ को विश्वकपमा सेमिफाइनल पुग्दे इतिहास रचेको मोरक्कोले अन अन्तिम १६ मा सहआयोजक क्यानडासँग खेल्नेछ ।



निर्धारित र अतिरिक्त समयमाको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो ।

मोरक्कोका लागि सौउफिन रहिमी, चेम्सडाइन ताल्बी, इस्माइला साइबरीले पेनाल्टीमा गोल गरे ।

मोरक्कोका नेइल एल आइनाउइको प्रहार बाहिरिँदा कप्तान असरफ हाकिमीको प्रहार पोस्टमा लागेर फर्कियो ।

नेदरल्यान्ड्सका लागि टिउन कुपमेइनर्स र वाउट वेघोस्टले मात्र गोल गर्न सफल भए ।

नेदरल्यान्ड्सका जस्टिन क्लुइभर्टले पनि पेनाल्टी पोस्टमा लागेर बाहिरियो भने क्विन्टन टिम्बरको प्रहार पनि बाहिरियो । क्रइसेन्सियो समरभिलको प्रहार मोरक्कोका गोलकिपर यासिन बोनोले बचाए ।

त्यसअघि ग्वाडालाजार स्टेडियममा कोडी गाक्पोको ७२औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । उनको क्राईसेन्सियो समरभिलको पासमा गोल गरेका हुन् ।

तर नेदरल्यान्ड्सले अन्तिम ससमयमा अग्रता जोगाउन नसक्दा मोरक्कोले इन्जुरी टाइममा गोल फर्काएको थियो ।

इसा डिओपले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याएका हुन् । उनले चेम्सडाइन ताल्बीको पासमा गोल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम