मुख्य समाचार
पेनाल्टी सुटआउटमा जर्मनलाई पराजित गर्दै पराग्वे राउन्ड अफ १६ मा
पेनाल्टी सुटआउटमा जर्मनलाई पराजित गर्दै पराग्वे राउन्ड अफ १६ मा

: फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरण ( राउन्ड अफ ३२) को तेस्रो खेलमा चार पटकको विश्वविजेता जर्मनी पराजित भएको छ। पेनाल्टी बोस्टन स्टेडियममा पेनाल्टी सुटआउटमा जर्मनलाई पराजित गर्दै पराग्वे राउन्ड अफ १६ मा प्रवेश गरेको हो।

खेलको पहिलो हाफमा जर्मनीविरूद्ध पराग्वेले १-० को अग्रता बनाएको थियो । दोस्रो हाफमा जर्मनीले गोल फर्कायो। खेल बराबरी भइरहँदा दुईपटक ३०/३० मिनेटको अतिरिक्त समय थपियो त्यसमा पनि दुवै टोलीले गोल निकाल्न सकेनन्। जसको फलस्वरूप खेल पेनाल्टी सुटआउटमा गएर निर्णायक बनेको थियो।

खेलमा पराग्वेका गोलकिपर ओर्लान्डो गिल निकै उत्कृष्ट प्रदर्शन गरे। उनले दुईवटा पेनाल्टी बचाउँदै अन्तिम १६ को यात्रा तय गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे।

भराग्वेका लागि माउरिसियो, गोस्ताभो गेमेज, माथियस गालार्ज र जोस कालोनेले पेनाल्टी सुटआउटमा गोल गरे। जर्मनीका लागि कप्तान जोसुअ किम्मिच, जमाल मुसिएला र नादिम अमिरीले गोल गरे।

खेलको ४२ औं मिनेटमा पराग्वेले जर्मनी विरुद्ध गोल गरेको छ। पराग्वेका लागि मातियसको उत्कृष्ट क्रसमा जुलियो एनसीसोले हेडरमार्फत गोल गरे। पहिलो हाफमा ७८ प्रतिशत बल पोजिसन राखेर खेलेको जर्मनीले गोल भनेर निकाल्न सकेन।

दोस्रो हाफमा जर्मनीले गोल फर्कायो खेलको ५४ औं मिनेटमा जर्मनीले गोल फर्काएको हो। जर्मनीका काइ हार्भाटले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

यो खेल निर्धारित ९० मिनेटसम्म बराबरीमा सकिँदा अतिरिक्त समयमा लम्बिएको थियो। अतिरिक्त समयको १०२ औं मिनेटमा जर्मनीले गोल गरेको थियो। तर यो गोल भिडियो असिस्टेन्ट रेफ्री (भिआर)ले अनाधिकृत घोषणा गरिदियो। कर्नर प्रहार गर्नुअघि पराग्वेका गोलकिपरलाई जर्मनीका खेलाडीले फाउल गरेको भन्दै यो गोललाई अनाधिकृत घोषित गरिएको हो।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप जिते यता जर्मनीले विश्वकपको नकआउट चरण पार गर्न सकेको छैन। यद्यपि यसपटक राउन्ड अफ ३२ मा स्थान बनाएको जर्मनीसँग पराजित हुँदै बाहिरिनु पर्‍यो।

पराग्वेले भने सन् २०१० यता दोस्रो पटक विश्वकपको नकआउट चरण पार गरेको हो। सन् २०१० मा दक्षिण अफ्रिकालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वाटर फाइनलसम्म पुगेको थियो।

सोमबार राति भएको खेलमा ब्राजिलले जापानलाई पराजित गर्दै राउन्ड अफ १६ मा स्थान बनाएको छ। सोमबार बिहान भएको राउन्ड अफ ३२ को पहिलो खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई पराजित गर्दै राउन्ड अफ १६ मा प्रवेश गरेको थियो ‌ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम