मुख्य समाचार
पौडेललाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबीसहित परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुँदै
पौडेललाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबीसहित परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुँदै

। एमाले नेता एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबीसहित परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

न्यायाधीशहरु टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले निवेदनमाथि सुनुवाइ गर्नेछ ।

विशेष अदालतले पौडेललाई थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमती दिएपछि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन परेको थियो ।

पदमा हुँदखा गैरकानूनी रुपमा लाभ लिएको र अपराधबाट सम्पत्ति जोडेको आरोपमा अनुसन्धानका लागि भन्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पौडेललाई गतसाता पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: विशेष अदालतले राहदानी छपाइ प्रकरणमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल लगाएत ५ जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको छ। सामेबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा भएको थुनछेक बहसपछि उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले राहदानी विभागका महानिर्देशक अर्याललाई पाँचलाख र निर्देशक सुनिलकुमार केसीलाई ४ लाख ...
। बढ्दो सहरीकरणसँगै काठमाडौं उपत्यकामा धान रोप्ने ठाउँका अभाव भइरहेको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन्। टोखा नगरपालिकाले आज वडा नम्बर-२ को लबुमा आयोजना गरेको २३ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा स्थानीय किसानले बढ्दो सहरीकरणले गर्दा खेतीयोग्य जमिन घट्दै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन्। टोखाका स्थानीय कृषक केदार बिडारी जनघनत्व बढ्दै जाँदा टोखा ...
: विपदमा परेका नागरिकको उद्धारका लागि कोशीमा ९९ स्वयंसेवक तयार गरिएको छ। सशस्त्र प्रहरी बलको बराह बाहिनी मुख्यालय सुनसरीको आयोजना तथा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा सञ्चालन गरिएको समुदाय स्तरमा विपद् प्रतिकार्यमा खटिने ९९ जना स्वयंसेवक तयार गरिएको हो। असार ९ गतेदेखि झापा, मोरङ, सुनसरी र धनकुटा जिल्लाका स्थानीय तहमा कार्यरत नगर ...
। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रमको लागत अनुमान तथा बोलपत्र तयारीको काम असार मसान्तभित्रै सक्ने लक्ष्य राखेको छ । २ असारमा बसेको सचिव बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा बसेको बैठकले बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि यस्तो निर्णय गरेको हो । बैठकले सबै ...
। सर्वोच्च अदालतले कुनै त्रुटिवश सरकारी वा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता हुँदैमा त्यसले निरन्तरता पाउन नसक्ने व्याख्या गरेको छ । बुढानीलकण्ठ नगरपालिकास्थित बुढानीलकण्ठ स्कुलले २०२५ सालमा अधिग्रहण गरेको जग्गा त्रुटिवश व्यक्तिको नाममा दर्ता हुँदैमा त्यो जग्गा व्यक्तिको स्वामित्वमा हुन नसक्ने फैसला सर्वोच्चले गरेको हो । सर्वोच्चले व्यक्तिकै नाममा दर्ता भएका त्यस्ता जग्गा थाहा हुना साथ पुनः ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम