मुख्य समाचार
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा

: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् ।

एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका लागि राजनीति गर्दिनँ । म बंगलादेशका जनताको हितका लागि राजनीति गर्छु । सबै अवरोध र षड्यन्त्र पार गर्दै म यसै वर्ष आफ्नो देश फर्किने छु ।’

उनले आफ्नो पार्टी अवामी लिग कुनै साधारण राजनीतिक दल नभई बंगालको इतिहास, पहिचान र जनताको शक्तिसँग जोडिएको संगठन भएको दाबी गरिन् । साथै, आफ्ना पिता बंगबन्धु शेख मुजिबुर रहमानले देखेको ‘सोनार बांग्ला’ निर्माणको सपना पूरा गर्न आफू राजनीतिमा आएको उल्लेख गरिन् ।

मृत्युदण्डको सजायलाई भनिन् ‘गैरकानुनी’
शेख हसिनाले आफूलाई बंगलादेशमा सुनाइएको मृत्युदण्डको सजायलाई गैरकानुनी, असंवैधानिक र राजनीतिक प्रतिशोधबाट प्रेरित भएको आरोप लगाइन् । उनका अनुसार न्यायपालिकालाई अवामी लिगको नेतृत्वविरुद्ध बदला लिन प्रयोग गरिएको छ । उनले भनिन्, ‘म मृत्युसँग डराउँदिनँ । सन् १९७५ मा मैले आफ्ना पिता, दाजुभाइ र परिवारका अधिकांश सदस्य गुमाएकी थिएँ । ममाथि पटक–पटक षड्यन्त्र र आक्रमण भए, तर हरेक पटक त्यसलाई पार गरेकी छु ।’

हसिनाले आफू पाँच पटक जनमतबाट प्रधानमन्त्री निर्वाचित भएको र देशको विकासका लागि निरन्तर काम गरेको उल्लेख गर्दै अवामी लिग विगत ७७ वर्षदेखि अनेकौं प्रतिबन्ध, हमला र रक्तपातका बाबजुद जनताको समर्थनका कारण बारम्बार उठ्न सफल भएको दाबी गरिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम