मुख्य समाचार
गाँजा (क्यानाबिस) को सेवन गर्दा युवावस्थामा पुग्दै गर्दा गम्भीर मानसिक रोगहरू लाग्न सक्ने उच्च जोखिम रहेको एक अध्ययनले देखाएको छ
गाँजा (क्यानाबिस) को सेवन गर्दा युवावस्थामा पुग्दै गर्दा गम्भीर मानसिक रोगहरू लाग्न सक्ने उच्च जोखिम रहेको एक अध्ययनले देखाएको छ

। किशोरकिशोरी अवस्थामा गाँजा (क्यानाबिस) को सेवन गर्दा युवावस्थामा पुग्दै गर्दा गम्भीर मानसिक रोगहरू लाग्न सक्ने उच्च जोखिम रहेको एक अध्ययनले देखाएको छ।

‘जामा हेल्थ फोरम’ जर्नलमा प्रकाशित यस अनुसन्धानले गाँजा सेवन गर्ने किशोरकिशोरीहरूमा पछिल्लो समय मानसिक सन्तुलन गुम्ने (साइकोटिक डिसअर्डर) र ‘बाइपोलर डिसअर्डर’ जस्ता गम्भीर मानसिक स्वास्थ्य समस्याहरूको जोखिम करिब दोब्बर हुने खुलासा गरेको हो।

कैजर पर्मोनेन्टे, पब्लिक हेल्थ इन्स्टिच्युटको ‘गेटिंग इट राइट फ्रम द स्टार्ट’ कार्यक्रम, युनिभर्सिटी अफ क्यालिफोर्निया स्यान फ्रान्सिस्को र युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्नियाका अनुसन्धानकर्ताहरूले संयुक्त रूपमा यो अध्ययन गरेका हुन्।

यस अनुसन्धानका लागि १३ देखि १७ वर्ष उमेर समूहका ४ लाख ६३ हजार ३ सय ९६ जना किशोरकिशोरीहरूको २६ वर्षसम्मको स्वास्थ्य स्थितिको गम्भीरतापूर्वक ट्र्याकिङ गरिएको थियो। नेशनल इन्स्टिच्युट अन ड्रग एब्यूजको आर्थिक सहयोगमा भएको यस अध्ययनमा सन् २०१६ देखि २०२३ सम्मका बालस्वास्थ्य परीक्षणका इलेक्ट्रोनिक स्वास्थ्य रेकर्डहरूको विश्लेषण गरिएको थियो।

अनुसन्धानका क्रममा गाँजा सेवन गरेको रिपोर्ट आएको औसतमा १.७ देखि २.३ वर्षपछि मात्र किशोरकिशोरीहरूमा मानसिक रोगको लक्षण देखिएर पहिचान भएको पाइएको थियो। लामो समयसम्म गरिएको यस अनुसन्धानले किशोर अवस्थामा गाँजाको संसर्गमा आउनाले नै पछि गएर मानसिक रोग निम्त्याउन मद्दत पुर्‍याउँछ भन्ने बलियो प्रमाण दिएको छ। यसले साइकोटिक र बाइपोलर डिसअर्डरका साथै डिप्रेसन र एन्जाइटीको जोखिमलाई पनि उल्लेख्य रूपमा बढाउने देखाएको छ।

पछिल्ला दशकहरूको तुलनामा अहिलेका गाँजा जन्य उत्पादनहरू निकै कडा र शक्तिशाली भएका छन्। हाल क्यालिफोर्नियाको गाँजाको फूलमा टिएचसीको मात्रा २० प्रतिशतभन्दा बढी पाइएको छ भने केही कन्सन्ट्रेटहरूमा त यसको मात्रा ९५ प्रतिशतभन्दा बढी पुगेको छ। संयुक्त राज्य अमेरिकामा किशोरकिशोरीहरू माझ गाँजा सबैभन्दा बढी प्रयोग हुने अवैध लागुऔषध बनेको छ, जहाँ सन् २०२४ को राष्ट्रीय सर्वेक्षण अनुसार १२ देखि १७ वर्षका १० प्रतिशतभन्दा बढी अमेरिकी किशोरकिशोरीले गत वर्ष गाँजा सेवन गरेका थिए।

यसअघिका धेरैजसो अध्ययनहरू गाँजाको अत्यधिक लत वा ‘क्यानाबिस युज डिसअर्डर’ मा मात्र केन्द्रित हुने गरेका थिए तर यस अध्ययनले सामान्य रूपमा वा कहिलेकाहीँ मात्रै गाँजा सेवन गर्ने किशोरकिशोरीहरूलाई पनि समेटेर वृहत् दृष्टिकोण राखेको छ।

अध्ययनकी मुख्य लेखिका तथा कैजर पर्मोनेन्टेकी वरिष्ठ अनुसन्धान वैज्ञानिक डा. केली योङ-वुल्फका अनुसार अघिल्लो मानसिक स्वास्थ्य अवस्था र अन्य लागुऔषधको प्रयोगलाई ध्यानमा राख्दा पनि गाँजा सेवन गर्ने किशोरकिशोरीहरूमा मानसिक रोगको जोखिम अत्यधिक बढी पाइएको छ। त्यसैले अभिभावक र बालबालिकाहरूलाई गाँजा सेवनका दीर्घकालीन र हानिकारक स्वास्थ्य प्रभावहरूबारे सही र तथ्यमा आधारित सूचना दिनु आवश्यक भइसकेको छ।

अनुसन्धानकर्ताहरूले आर्थिक रूपमा विपन्न र सामाजिक सुरक्षा (मेडिकेड) मा निर्भर परिवारका किशोरकिशोरीहरूमा गाँजाको प्रयोग बढी देखिएको समेत औंल्याएका छन्। यसले गाँजाको व्यावसायिक विस्तारले समाजमा मानसिक स्वास्थ्यको असमानतालाई अझ बढाउन सक्ने चिन्ता थपिदिएको छ।

जनस्वास्थ्य विज्ञहरूले अब गाँजाको बढ्दो शक्तिलाई नियन्त्रण गर्न, यसको विज्ञापन र बजारीकरणमा रोक लगाउन र किशोर अवस्थाको गाँजा सेवनलाई सामान्य व्यवहार नलगाएर एक गम्भीर स्वास्थ्य समस्याका रूपमा लिएर तत्कालै जनस्वास्थ्य प्रतिकार्यका कदमहरू चाल्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा ...
। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो । भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान ...
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८३र८४–२०८७र८८) स्वीकृत गरेको छ। रणनीतिले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ। नेपालमा रेबिज प्राणघातक जुनोटिक रोगका रूपमा रहेको र समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्णरूपमा रोक्न सकिने रणनीति दस्तावेजमा उल्लेख छ। आर्थिक वर्ष २०८१र८२ ...
। नेपालमा खाना पकाउने ग्यासको अभाव चुलिदै गएको र उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै ग्यास विक्रेता महासंघ नेपालले आयल निगमको ध्यानाकर्षण गराएको छ । महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै उद्योगहरूबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्र बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेको हो । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकभन्दा धेरै ...