मुख्य समाचार
मन्त्री गीता चौधरी थाइल्यान्डको राजधानी बैंककमा आयोजना हुने वातावरण तथा दिगो विकाससम्बन्धी दुई अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान
मन्त्री गीता चौधरी थाइल्यान्डको राजधानी बैंककमा आयोजना हुने वातावरण तथा दिगो विकाससम्बन्धी दुई अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान

। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी थाइल्यान्डको राजधानी बैंककमा आयोजना हुने वातावरण तथा दिगो विकाससम्बन्धी दुई अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकी छिन् । मन्त्रिपरिषद्को २९ जेठको निर्णयानुसार मन्त्री चौधरीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो ।

मन्त्री चौधरीले जुन २९ देखि ३० (असार १५ र १६ गते) सम्म बैंककमा आयोजना हुने ‘पेरिस सम्झौता र दिगो विकासका लागि सन् २०३० को कार्यसूची (एजेन्डा) बीचको आपसी तादात्म्य सुदृढीकरण सम्बन्धी सातौं विश्व सम्मेलन’ को सत्रमा सहभागिता जनाउने छिन् ।




यस सम्मेलनको मुख्य उद्देश्य जलवायु परिवर्तन नियन्त्रणका लागि गरिएको पेरिस सम्झौता र संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरूबीच कसरी प्रभावकारी समन्वय र सहकार्य गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहनेछ ।

उक्त सत्रमा मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुकले भोग्नुपरेका विशिष्ट चुनौतीहरू र हरित विकासका लागि नेपालले गरेका प्रयासहरूबारे विश्व समुदायको ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ ।



त्यसैगरी, मन्त्री चौधरीले आगामी जुलाई १ देखि ३ (असार १७ देखि १९ गते) सम्म बैंककमै आयोजना हुने ‘वातावरण तथा विकास सम्बन्धी समितिको मन्त्रीस्तरीय नवौँ सत्र’ मा समेत नेपालको तर्फबाट सम्बोधन गर्नेछिन् ।

मन्त्रीस्तरीय यस बैठकमा क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा वातावरण संरक्षण, जलवायु अनुकूलन, हरित अर्थतन्त्रको प्रवद्र्धन र दिगो विकासका साझा चुनौतीहरूका विषयमा घनीभूत छलफल हुनेछ ।

नेपालले अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त गरेका वातावरणीय प्रतिबद्धताहरू र दिगो विकासका लक्ष्य प्राप्तिमा हासिल गरेका उपलब्धिहरूलाई मन्त्री चौधरीले प्रस्तुत गर्नेछिन् । यस भ्रमणमा मन्त्री चौधरीका साथमा मन्त्रालयका सहसचिव (प्राविधिक) डा. राजेन्द्र केसी समेत सहभागी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। हिमाली जिल्ला डोल्पामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्लाको ठूलीभेरी नगरपालिका-०९ खारखोलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् । सोमबार राति करिब साढे ८ बजे सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको बा ४५ प ६४८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेर दुर्घटनाहुँदा चालक जुम्ला स्थायी घर भई ...
: नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले वामपन्थी दलहरूलाई छिटोभन्दा छिटो सहकार्य गर्न आह्वान गरेका छन्। मदन भण्डारीको जन्मजयन्तीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले नेकपा एमालेलाई पनि सहकार्यका निम्ति आह्वान गरे। वामपन्थीहरू सहकार्य गर्न ढिलाइ गरे ठूलो दुर्घटना हुने उनको भनाइ छ। 'ढिलो नगरी, राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंकुशताका विरुद्ध, फासीजमका विरुद्ध र वैदेशिक दबाबका ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री समेत रहेकी रास्वपा उपसभापति सोबिता गौतमले आफूले पाएको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको बताएकी छिन् । आइतबार साँझ सामाजिक सञ्जालमार्फत पार्टीको पहिलो महाधिवेशनबाट पाएको जिम्मेवारीप्रति धन्यवाद व्यक्त गर्दै थप जिम्मेवारी र उत्तरदायित्व महसुस गरेको बताएकी हुन् । महाधिवेशनका क्रममा भएका भेटघाट, संवाद र लोकतान्त्रिक अभ्यास अत्यन्त प्रेरणादायी र महत्त्वपूर्ण रहेको ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले देश बर्बाद पारेको भन्ने भाष्य गलत भएको दावी गरेका छन् । जननेता मदन भण्डारीको ७५ औं जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफूहरुले देश बर्बाद पारेको नभई अगाडि बढाएको बताए । उनले देश विकास कसरी अगाडि ...
। यातायात कार्यालय एकान्तकुनाबाट तीन जना बिचौलिया पक्राउ परेका छन् । सवारी चालक अनुमतिपत्र,सवारी दर्ता/नवीकरण लगायतका सेवाका नाममा सेवाग्राहीलाई भ्रममा पार्ने अनावश्यक रकम असुल्ने बिचौलियाको रुपमा कार्य गर्ने गरेको आरोपमा प्रहरीले ती व्यक्तिहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ओखलढुङ्गा रागादिप गाउँपालिका–६ घर भइ ललितपुर महानगरपालिका–१३ बस्ने ३७ वर्षीय अर्जुन रसाईली, ललितपुर महानगरपालिका–७ पाटनसुन्धारा घर भएका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम