मुख्य समाचार
फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरणका खेलहरु आज राती देखि सुरु हुँदै
फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरणका खेलहरु आज राती देखि सुरु हुँदै

। अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरणका खेलहरु आज राती देखि सुरु हुँदैछ ।

समूह चरणका ७२ खेलपछि नकआउट चरणमा पुग्ने ३२ टोलीको टुङ्गो लागिसकेको छ र अब नकआउट चरणको खेलहरु हुनेछ । अहिलेसम्मकै ठुलो विश्वकपमा ४८ टोलीले प्रतिस्पर्धा गरेका थिए । त्यसबाट ३२ टोली अगाडि बढ्दा १६ टोली समूह चरणबाटै बाहिरिए ।

नकआउट चरणमा यसै संस्करणबाट थप भएको राउण्ड अफ ३२ चरणको खेलहरु सुरुमा हुनेछन् । राउण्ड अफ ३२ को पहिलो खेलमा सहआयोजक क्यानडाले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ ।

दुवै टोलीले आफ्नो फुटबल इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनाएका हुन् । दुवै टोली आफ्नो समूहमा उपविजेता बनेका थिए ।

विश्वकपमा पहिलो पटक नआउट चरण खेल्न लागेका यी दुई टोली पहिलो पटक विश्वकपमा आमने सामने हुन लागेका हुन् भने समग्रमा यो दोस्रो भेट हुनेछ ।

सन् २००७ मा डर्बानमा भएको मैत्रीपूर्ण खेलमा दक्षिण अफ्रिकाले क्यानडलाई २-० ले पराजित गरेको थियो ।

बफाना बफाना उपनामले चिनिने दक्षिण अफ्रिका समूह ए को उपविजेताको रुपमा नकआउट चरण पुगेको हो भने क्यानडा समूह बी को उपविजेताको रुपमा समूह चरणबाट अघि बढेको हो ।

यसै विश्वकपबाट थपिएको नयाँ राउण्ड राउण्ड अफ ३२ मा दुई नयाँ टोली दक्षिण अफ्रिका र क्यानडा इतिहास रच्दै पहिलो पटक पुगेका छन् र अब प्रिक्वाटरफाइनल पुग्दै अर्को इतिहास रच्ने लक्ष्यमा छन् ।

यो खेल नेपाली समय अनुसार सोमबार बिहान पौने १ बजे सुरु हुनेछ । यो खेल अमेरिकाको लस एन्जलस स्टेडियममा हुनेछ ।

यस खेलको विजेता नेदरल्यान्ड्स र मोरक्कोबीचको खेलको विजेतासँग अन्तिम १६ अर्थात प्रिक्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

राउण्ड अफ ३२ को समीकरण

नकआउट चरणमा सुरुमा राउण्ड अफ ३२ का खेलहरु हुनेछन् । जसमा विजयी हुने टोली अन्तिम १६ मा प्रवेश गर्नेछन् भने पराजित हुने टोली बाहिरिनेछ । नकआउट चरणमा पराजित टोली बाहिरिने हुँदा हरेक खेल फाइनल जस्तै हुनेछ ।

राउण्ड अफ ३२
असार १५ गते (जुन २९)
दक्षिण अफ्रिका भर्सेस क्यानडा, विहान १२:४५ बजे
ब्राजिल भर्सेस जापान, राति २२:४५ बजे

असार १६ गते (जून ३०)
जर्मनी भर्सेस पाराग्वे, विहान २:१५ बजे
नेदरल्यान्ड्स भर्सेस मोरक्को, विहान ६:४५ बजे
आइभरी कोस्ट भर्सेस नर्वे, राती २२:४५ बजे

असार १७ गते (जुलाई १)
फ्रान्स भर्सेस स्वीडेन, विहान २:४५ बजे
मेक्सिको भर्सेस इक्वेडर, विहान ६:४५ बजे

इंग्ल्यान्ड भर्सेस डीआर कंगो, राती २१:४५ बजे

असार १८ गते (जुलाई २)
बेल्जिया भसेस सेनेगेल, विहान १:४५ बजे
अमेरिका भर्सेस बोस्निया एण्ड अर्जगोभिना, विहान ५:४५ बजे

असार १९ गते (जुलाई ३)
स्पेन भर्सेस अस्ट्रिया, विहान १२:४५ बजे
पोर्चुगल भर्सेस क्रोएसिया, विहान ४:४५ बजे
स्वीट्जरल्यान्ड भर्सस अल्जेरिया, विहान ८:४५ बजे
अस्ट्रेलिया भर्सेस इजिप्ट, राती ११:४५ बजे

असार २० गते (जुलाई ४)
अर्जेन्टिना भर्सेस केप भर्डे, विहान ३:४५ बजे
कोलम्बिया भर्सेस घाना, विहान ७:१५ बजे

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम