। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले कम्युनिस्टहरूले गरेका गल्तीको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् ।
नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
मदन भण्डारीले भनेजस्तै कुरा गरेर मात्रै चिउरा नभिज्ने उदाहरण उनले दिए ।
‘हामीले जनताको बदलिंदो मनोविज्ञानलाई बुझ्न सकेनौं, या हामीमा के के विकृति आए रु यसको आत्मसमीक्षा गरौं,’ सहसंयोजक नेपालले भने, ‘ यो एउटा पार्टीको मात्रै कुरा होइन । नेपालका जति पनि कम्युनिस्ट घटक छन्, त्यसको आत्ममन्थन गर्न सक्नुपर्छ । त्यो गर्न सक्यौं भने मात्रै हामीले कम्युनिस्टहरूलाई एक बनाउन सक्छौं ।’
साथै, उनले मिल्नसक्ने कुरामा मिलेर अघि बढ्नुपर्ने आवश्यकता आजको रहेको जिकिर गरे । ‘मदन भण्डारीले भन्नुहुन्थ्यो, कुरा गरेर मात्रै चिउरा भिज्नेवाला छैन । कुरो मात्रै गरेर हुनेवाला केही छैन,’ नेपालले भने, ‘हामीले अहिले मिल्नसक्ने कुरामा मिलेर अघि बढ्नुपर्ने छ ।’
उनले आत्मकेन्द्रित चिन्तनलाई पराजित गर्न नसक्ने बेलासम्म गफाडीको गफमात्रै हुने उनले बताए ।
‘अब हामी कसरी अघि बढ्ने रु समाजवादी क्रान्तिको यो चरणमा प्रवेश गरेपछि कसरी नेपाली समाजलाई अघि बढाएर लैजाने हो रु त्यसका निम्ति कहाँबाट हामी चुक्यौं रु कहाँ गल्ती गर्यौं रु यो उचाइमा पुगेको कम्युनिस्ट पार्टी आज किन कमजोर भएको छ रु हामी सबैले आत्मसमीक्षा गरौं,’ नेपालले भने, ‘के हुन कारणहरू रु विचार, सिद्धान्त या हाम्रो व्यक्तिवादीताले रु मै हुँ भन्ने प्रवृत्तिले, भ्रष्टाचार गर्ने प्रवृत्तिले रु के के कारणले हो रु’
उनले मदन भण्डारीलाई स्मरण गर्दै उनको विचार पछ्याउन आग्रह गरे ।
‘उहाँले परसम्मको दृष्टिकोण राखेर चल्नुहुन्थ्यो । समस्याको पहिचान गर्न खोज्नुहुन्थ्यो । वास्तविकताको धरातललाई जोड दिनुहुन्थयो । चुनौतीको सामना गर्ने आँट गर्नुपर्छ भन्नुहुन्थ्यो । उहाँले पार्टीको अनुशासन कहिले पनि तोड्नुभएन । थुप्रै संस्मरणका शृंखला छन्,’ नेपालले भने, ‘कुनै पनि प्रतिस्पर्धामा श्रेष्ठ हुने कुरामा उहाँले जोड दिनुभएको छ । जबजका कतिपय पक्ष हामीले अहिले पनि ग्रहण गर्नुपर्ने हुन्छ ।’