मुख्य समाचार
उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा जोड
उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा जोड

। उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा जोड दिएका छन्।

मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उनले कृत्रिम बौद्धिकता र आधुनिक प्रविधिलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षासँग जोड्नुपर्ने बताएका हुन्।

उनले शिक्षा क्षेत्रमा नवप्रवर्तनको कमी रहेको उल्लेख गर्दै डिजिटल शिक्षामार्फत त्यसको परिपूर्ति गर्नुपर्नेमा जोड दिए। शिक्षालाई अनुशासन, अनुसन्धान र नवप्रवर्तनसँग जोडेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

‘शिक्षाले विनम्रता, अनुशासन र सामाजिक उत्तरदायित्वको भावना विकास गर्छ । बहुजातीय मुलुकमा शिक्षा नै सद्भावको आधार हो । राष्ट्र निर्माणमा शिक्षाले महत्वपूर्ण योगदान दिन सक्नुपर्छ । भविष्य निर्माणका लागि शिक्षा क्षेत्रमा सुधार आवश्यक छ,’ उनले भने, ‘युवालाई स्वरोजगारतर्फ उन्मुख बनाउन शिक्षाले सहयोग गर्नुपर्छ । प्रमाणपत्र प्राप्तिमा मात्र सीमित नभई गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ । शिक्षक राष्ट्र निर्माणका अभियन्ता हुन् र विश्वविद्यालयलाई अनुसन्धानको केन्द्रका रूपमा विकास गरिनुपर्छ ।’

कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले सहज र सुलभ रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने आफ्नो अभियानलाई मदन भण्डारी मेमोरियल कलेजले निरन्तरता दिएको बताए ।

कलेजलाई आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्ने उनको प्रतिबद्धता थियो ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति दीपक अर्यालले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त करिब ४५० सामुदायिक क्याम्पसमध्ये मदन भण्डारी मेमोरियल कलेजको स्थान उच्च दशमा उत्कृष्ट शैक्षिक प्रतिष्ठानमा रहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो ‘विधेयकलाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । उक्त विधेयकमाथिको दफावार छलफमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले ऋण लिएर उत्पादनमूलक आयोजनामा खर्च गरिने बताए । ‘विदेशी ऋण पूर्वाधार आयोजनाका लागि तोकिएर आउँछन्, ती आयोजनाले ...
। नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने कमजोरी आफूहरूभित्रै रहेको स्वीकार गरेका छन् । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले यस्तो स्वीकार गरेका हुन् । ‘मदन भण्डारी र उहाँको बारेमा चर्चा गरिरहँदा जीवराज आश्रित कमरेडलाई छुट्याउनै मिल्दैन । उहाँहरूको हत्या ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैदेशिक ऋण लिने विषय हरेक पटक संसदबाट अनुमोदन गराउन व्यवहारिक नहुने बताएका छन् । राष्ट्र ऋण उठाउने विधेयकबारे प्रतिनिधि सभामा जारी छलफलमा उठेका विषयबारे जवाफ दिँदै डा. वाग्लेले अर्थ मन्त्रालयले ऋण परिचालन गर्ने विषय बजेटमा स्पष्ट राखिने भन्दै हरेक पटक अनुमोदन गराउन नपर्ने बताए । उनले ऋण आउँछ भन्ने लिखित प्रतिबद्धता नभएसम्म ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी एकता अत्यन्तै आवश्यक रहेको बताएका छन् । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले समयले कम्युनिस्टहरूलाई हिर्काएको र अहिले बाध्यात्मक परिस्थिति खडा भएको स्वीकार गरे । साथै, उनले आजको उपस्थितिले कतिलाई आश्चर्य लागेको हुनसक्ने बताउँदै वामपन्थी एकता ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मध्यपूर्व द्वन्द्वका कारण बढेको डिजेल, पट्रोललगायतका इन्धनको मूल्य अब घट्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले मध्यपूर्वको द्वन्द्व सहज भएकाले अब ती वस्तुहरूको मूल्य पनि घटने बताएका हुन् । अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय बजारमा उक्त वस्तुको मूल्य घटेको भए पनि नेपालमा भारतीय ...