मुख्य समाचार
सरकारले सुकुमवासीको नाममा समाजमा डोजर आतंक सिर्जना गरिएको
सरकारले सुकुमवासीको नाममा समाजमा डोजर आतंक सिर्जना गरिएको

। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले सुकुमवासीको नाममा समाजमा डोजर आतंक सिर्जना गरिएको बताएका छन ।

मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् ।

समाजमा आतंक सिर्जना गरेर सुकुमवासी समस्या समाधान नहुने उनको भनाइ छ । क्रान्तिकारी भूमि सुधार बिना वास्तविक भूमिहीन, गरिब किसान सुकुमवासीको समस्या समाधान हुने उनले बताए ।

खनालले भने, ‘सुकुमवासीको नाममा जुन प्रकारको डोजर आतंक समाजमा सिर्जना गरिएको छ । सुकुमवासी समस्या त्यसरी समाधान गरिँदैन । क्रान्तिकारी भूमि सुधार बिना वास्तविक भूमिहीन, गरिब किसान सुकुमवासीको समाधान हुन सक्दैन । हामीले लामो समयदेखि जनतालाई भन्दै आइरहेका छौं । त्यसरी सुकुमवासी समस्या समाधान हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो ‘विधेयकलाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । उक्त विधेयकमाथिको दफावार छलफमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले ऋण लिएर उत्पादनमूलक आयोजनामा खर्च गरिने बताए । ‘विदेशी ऋण पूर्वाधार आयोजनाका लागि तोकिएर आउँछन्, ती आयोजनाले ...
। नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने कमजोरी आफूहरूभित्रै रहेको स्वीकार गरेका छन् । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले यस्तो स्वीकार गरेका हुन् । ‘मदन भण्डारी र उहाँको बारेमा चर्चा गरिरहँदा जीवराज आश्रित कमरेडलाई छुट्याउनै मिल्दैन । उहाँहरूको हत्या ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैदेशिक ऋण लिने विषय हरेक पटक संसदबाट अनुमोदन गराउन व्यवहारिक नहुने बताएका छन् । राष्ट्र ऋण उठाउने विधेयकबारे प्रतिनिधि सभामा जारी छलफलमा उठेका विषयबारे जवाफ दिँदै डा. वाग्लेले अर्थ मन्त्रालयले ऋण परिचालन गर्ने विषय बजेटमा स्पष्ट राखिने भन्दै हरेक पटक अनुमोदन गराउन नपर्ने बताए । उनले ऋण आउँछ भन्ने लिखित प्रतिबद्धता नभएसम्म ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी एकता अत्यन्तै आवश्यक रहेको बताएका छन् । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले समयले कम्युनिस्टहरूलाई हिर्काएको र अहिले बाध्यात्मक परिस्थिति खडा भएको स्वीकार गरे । साथै, उनले आजको उपस्थितिले कतिलाई आश्चर्य लागेको हुनसक्ने बताउँदै वामपन्थी एकता ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मध्यपूर्व द्वन्द्वका कारण बढेको डिजेल, पट्रोललगायतका इन्धनको मूल्य अब घट्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले मध्यपूर्वको द्वन्द्व सहज भएकाले अब ती वस्तुहरूको मूल्य पनि घटने बताएका हुन् । अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय बजारमा उक्त वस्तुको मूल्य घटेको भए पनि नेपालमा भारतीय ...