मुख्य समाचार
प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित
प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित

। प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ । आइतबार बसेको संसद बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको उक्त विधेयक पारित गरियोस भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।

त्यसअघि उक्त विधेयकमाथि प्राप्त संशोधनमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लले बजेट कार्यान्वयनमा सरकारले विशेष जोड दिने भन्दै पूँजीगत खर्च कम हुने अवस्थाको अन्त्य आगामी आर्थिक बर्षबाट हुने धारणा राखे । उनले सरकारले लगाएको करले न्यून आय भएका नागरिकलाई कुनै असर नपर्ने स्पष्ट पारे ।

सरकारले अर्थतन्त्र सुधारका लागि महत्वकांक्षी बजेट ल्याएकाले आगामी बर्षदेखि त्यसको सकारात्मक असर देखिने उनको भनाइ छ ।

अर्थमन्त्री वाग्लेले भ्याटको बहुदरका विषयमा अध्ययन गर्न उच्चस्तरीय अध्ययन समिति गठन गरिने र त्यसको सिफारिसका आधारमा मन्त्रालयले आवश्यक निर्णय गर्ने जानकारी दिए ।

उनले बजेट खर्च मुलुककै आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने भन्दै केहि कारणले राजस्व संकलनमा समस्या भए आपतकालिन व्यवस्था हुनसक्ने तर्क गरे ।

उनले राइड सेयरिङको कारोवार अरवौंमा रहेकाले उनीहरुलाई पनि करको दायरामा ल्याउने गरी सरकारले आवश्यक नीति बनाउन खोजिएको जानकारी दिए ।

आर्थिक विधेयकमाथि आएका केहि सशोधन फिर्ता भएका छन् भने अन्य संशोधन प्रस्ताव अस्वीकृत भएको छ । त्यस्तै केहि संशोधन प्रस्तावलाई स्वीकार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो ‘विधेयकलाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । उक्त विधेयकमाथिको दफावार छलफमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले ऋण लिएर उत्पादनमूलक आयोजनामा खर्च गरिने बताए । ‘विदेशी ऋण पूर्वाधार आयोजनाका लागि तोकिएर आउँछन्, ती आयोजनाले ...
। नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने कमजोरी आफूहरूभित्रै रहेको स्वीकार गरेका छन् । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले यस्तो स्वीकार गरेका हुन् । ‘मदन भण्डारी र उहाँको बारेमा चर्चा गरिरहँदा जीवराज आश्रित कमरेडलाई छुट्याउनै मिल्दैन । उहाँहरूको हत्या ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैदेशिक ऋण लिने विषय हरेक पटक संसदबाट अनुमोदन गराउन व्यवहारिक नहुने बताएका छन् । राष्ट्र ऋण उठाउने विधेयकबारे प्रतिनिधि सभामा जारी छलफलमा उठेका विषयबारे जवाफ दिँदै डा. वाग्लेले अर्थ मन्त्रालयले ऋण परिचालन गर्ने विषय बजेटमा स्पष्ट राखिने भन्दै हरेक पटक अनुमोदन गराउन नपर्ने बताए । उनले ऋण आउँछ भन्ने लिखित प्रतिबद्धता नभएसम्म ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी एकता अत्यन्तै आवश्यक रहेको बताएका छन् । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले समयले कम्युनिस्टहरूलाई हिर्काएको र अहिले बाध्यात्मक परिस्थिति खडा भएको स्वीकार गरे । साथै, उनले आजको उपस्थितिले कतिलाई आश्चर्य लागेको हुनसक्ने बताउँदै वामपन्थी एकता ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मध्यपूर्व द्वन्द्वका कारण बढेको डिजेल, पट्रोललगायतका इन्धनको मूल्य अब घट्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले मध्यपूर्वको द्वन्द्व सहज भएकाले अब ती वस्तुहरूको मूल्य पनि घटने बताएका हुन् । अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय बजारमा उक्त वस्तुको मूल्य घटेको भए पनि नेपालमा भारतीय ...