मुख्य समाचार
आर्थिक सङ्कटका कारण कोशी प्रदेशका ४४ वटा एफएम रेडियो स्टेशन बन्द
आर्थिक सङ्कटका कारण कोशी प्रदेशका ४४ वटा एफएम रेडियो स्टेशन बन्द

। आर्थिक सङ्कटका कारण कोशी प्रदेशका ४४ वटा एफएम रेडियो स्टेशन बन्द भएका छन् । पत्रकार महासङ्घ कोशी प्रदेशले आयोजना गरेको मिडिया सम्मेलनमा प्रस्तुत कार्यक्रममा १२९ वटा रेडियोमध्ये ४४ वटा बन्द भएको जनाइएको छ ।

नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य मोहन काजीले १६ वटा सामुदायिक रेडियोसहित ४४ वटा बन्द भएको बताए । उनले कार्यक्रममा आर्थिक अस्थिरता र बजार अभावका कारण रेडियोसहितका सञ्चारमाध्यम बन्द हुन थालेको सम्मेलनमा प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख गरे ।

उनले यहाँका सञ्चारमाध्यमलाई प्रोत्साहन गर्न कोशी प्रदेश सरकारले आदिवासी, जनजाति र लोपोन्मुख समुदायले मातृभाषामा सञ्चालन गरेका मिडियालाई विशेष सहयोगको नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गर्न आवश्यक देखिएको बताए ।

प्रदेशको पत्रकारिता क्षेत्रमा अभूतपूर्व अवसर र गम्भीर चुनौतीको दोबाटोमा उभिएको हुँदा पेसागत असुरक्षा र प्रविधिगत चुनौतीहरूलाई सही नीति र तत्परताका साथ सम्बोधन गर्न सकिए मात्र मोफसलको पत्रकारिता अझ सशक्त र आत्मनिर्भर बन्नसक्ने उनको भनाइ छ ।

विश्वसनीयता र स्वतन्त्रतालाई कायम राख्दै आधुनिक डिजिटल प्रविधिसँग अनुकूलन हुनसके कोशी प्रदेशको पत्रकारिता क्षेत्र मुलुककै लागि एक अनुकरणीय र उदाहरणीय नमुना बन्नसक्ने उनले बताए ।

कोशी प्रदेशमा नियमित प्रकाशित पत्रपत्रिका ९६ वटा रहेका छन् । जसमा दैनिक १७ वटा, साप्ताहिक ७३ वटा, मासिक चार वटा, द्वैमासिक एक र त्रैमासिक एक रहेका छन् ।

इलेक्ट्रोनिक मिडियाअन्तर्गत टेलिभिजन सात वटा, एफएम रेडियो कूल दर्ता भएका १२९ वटामध्ये ८५ वटा सञ्चालनमा रहेको काजीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय तहमा दर्ता रहेको एउटै मात्र एफएम रेडियो आठराई हो । प्रदेशमा अनलाइन सञ्चारमाध्यम ३९७ वटा रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले आफ्ना करिब ६० हजार कर्मचारीलाई स्वेच्छिक अवकाश (भोलिन्टरी बाइआउट) को प्रस्ताव गरेको छ । कम्पनीले कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा ठूलो लगानी गर्न आवश्यक स्रोत जुटाउने र सञ्चालन खर्च नियन्त्रण गर्ने उद्देश्यले सोमबार स्वेच्छिक अवकाशको प्रस्ताव ल्याएको हो । माइक्रोसफ्टले क्यानडा, भारत, बेलायत र अमेरिकामा रहेका कर्मचारीलाई यो सुविधा उपलब्ध गराउने जनाएको छ ...
। इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आईएसपीएएन) ले अब सुपथ मूल्य र कम स्पिडका इन्टरनेट प्याकेजहरू उपलब्ध नगराउने घोषणा गरेको छ । संघ अध्यक्ष सुधीर पराजुलीका नामबाट आइतबार जारी विज्ञप्ति अनुसार इन्टरनेट सेवा प्रदायकले १९ असोज सोमबारदेखि लागु हुने गरी सुपथ मूल्य र कम स्पिडका इन्टनेट प्याकेज उपलब्ध नगराइने उल्लेख छ । विगतका वर्षहरूका मूल्यवृद्धि, मध्यपूर्वको ...
: च्याटजीपीटीको मातृ कम्पनी ओपनएआईले आन्तरिक नियम उल्लंघन गरेको आरोपमा आफ्ना तीन अनुसन्धानकर्तालाई बर्खास्त गरेको छ। कम्पनीका प्रवक्ताले अनुसन्धानका क्रममा ती व्यक्तिहरूले कम्पनीले तय गरेका प्रक्रियाबाहिर संवेदनशील जानकारीको दुरुपयोग गरेको, कम्पनीका नीतिहरू उल्लंघन गरेको र आफ्नो सञ्चालनका लागि आवश्यक विश्वास कमजोर बनाएको पुष्टि भएको बताएका छन्। ओपनएआईले ती अनुसन्धानकर्ताहरूले कुन जानकारी प्राप्त गरेका थिए वा त्यसको कसरी ...
। मेटाका सीईओ मार्क जुकरबर्गले आफ्ना प्रतिस्पर्धी कम्पनी एप्पलमाथि कटाक्ष गर्दै ‘म्युज चार्म’ नामको नयाँ एआई डिभाइस सार्वजनिक गरेका छन्। स्टिभ जब्सको शैलीमा आयोजित मेटाको वार्षिक ‘मेटा कनेक्ट’ सम्मेलनमा पकेट वाच आकारको यो नयाँ ग्याजेट प्रस्तुत गरिएको हो । जसले मेटाको भाइरल एआई एजेन्ट ‘म्युज’लाई भौतिक रूपमा मानिसको हातसम्म पुर्‍याउनेछ। ग्याजेटको मद्दतले प्रयोगकर्ताहरूले स्मार्टफोनका एआई एपहरू ...
। अमेरिकी एआई कम्पनीहरू एन्थ्रोपिक र ओपनएआईले मंगलबार एकै दिन नयाँ, सस्तो एआई मोडलहरू सार्वजनिक गरेका छन्। दुवै कम्पनीका कार्यकारीहरूले केही दिनअघि मात्र एआई विकासमा ढिलाइ र कडा सुरक्षा उपायको आह्वान गरेपछि नै यो मोडल सार्वजनिक गरेका हुन्। एन्थ्रोपिकले क्लड ओपस ५.५ सार्वजनिक गरेको छ, जसले कम्पनीको फ्ल्यागसिप मोडल क्लड फेबल ५.१ जस्तै पर्फमेन्स दिने र अघिल्लो ...